विर्तामोड । बिर्तामोड नगरपालिका ३ स्थित अदुवा खोलाको बगरमा रहेको मुसहर वस्तीको विकासका लागि जनप्रतिनिधिहरु अग्रसर देखिएका छन् । राज्यको आधारभुत सुविधाबाट वञ्चित लोपोन्मूख मुसहर समुदायको विकास गर्न एकपछि अर्को जनप्रतिनिधि जुटेका हुन् । बिर्तामोड नगरपालिका वडा न ३ का वडाध्यक्ष भोजराज सिटौलाको अगुवाईमा मुसहर वस्तीमा खानेपानी, ट्युवेल, शौचालय र फलामे पुलको निर्माण गरिएको हो […]
भद्रपुर । भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरकी बासिन्दा दीपा विश्वकर्मा बोनम्यारो (रगत क्यान्सर) बाट पीडित भएपछि आर्थिक अभावले उपचार गर्न समस्यामा परेकी छिन् । आर्थिक अवस्था कमजोर भएकी दलित परिवारकी दीपा उपचारमा लाग्ने खर्च परिवारले धान्न नसक्ने भएपछि समस्यामा परेकी हुन् । उनी पृथ्वीनगर स्थित ज्ञानसरोवर निकेतन माध्यमिक विद्यालयको कक्षा १२ मा निशुल्क छात्र वृद्धिमा […]
भद्रपुर । स्व. प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता आज बुधबारदेखि सुरु हुँदैछ । । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र स्व. प्रकाशको सम्झनामा नेपाल बक्सिङ संघले काठमाण्डौको लैनचौरमा सो प्रतियोगिता गर्न लागेको हो । आगामी आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिने झापाली खेल टोलीलाई भद्रपुरस्थित मेची रङ्गशालामा आयोजित एक कार्यक्रमकाबीच […]
९ वर्षको जासा जासाले यस वर्षको दुनियाँकै कुरुप कुकुरको उपाधि जितेको छ । अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित कुरुप कुकुर प्रतियोगितामा इंगलिस बुलडग जातको यो ९ वर्षको कुकुर विश्वकै कुरुप कुकुर ठहरिएको हो । जासाले वर्षकै कुरुप कुकुरको उपाधि जितेसँगै यसका मालिक मेगन ब्रेइनार्डले १५सय डलर पुरस्कार हात पारिन् । मेगन मिनिसोटाकी बासिन्दा हुन् । मेगनले उक्त […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद, आफ्नो पार्टीका कार्यकर्ता तथा संघीय संसदमा प्रतिनिधित्वका लागि समय तालिका निर्धारण गरेका छन्। प्रधानमन्त्रीको निजी सचिवालयले हरेक शुक्रबार प्रदेश सांसदलाई भेट गर्ने, प्रतिनिधिसभा तथा राष्ट्रियसभामा सहभागिता जनाउने तथा महिनामा दुई दिन कार्यकर्तासँग भेटघाट गर्नेगरी समयतालिका निर्धारण गरेको छ। ओलीलाई अब कार्यकर्ताले महिनाको १ र १५ गते मात्र भेट्न […]
काठमाडौं । सेयर बजार निरन्तर ओह्रालो लाग्दै गएपछि लगानीकर्ताले दुई महिनामै दुई खर्ब ७३ अर्ब रुपैयाँ गुमाएका छन्। वैशाख ९ गते १६ खर्ब ८६ अर्ब ७९ करोड रहेको बजार पुँजीकरण घटेर मंगलबार १४ खर्ब १२ अर्ब ९६ करोड रुपैयाँमा आइपुगेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) पनि यो अवधिमा २४३ विन्दुले घटेको छ। वैशाख ९ गते १४३८.४९ […]
काठमाडौं । मुलुकभरिका अदालतमा २० हजारभन्दा बढी फैसला लेखिन बाँकी रहेको देखिएको छ । पछिल्लो एक प्रतिवेदनअनुसार सर्वोच्च अदालतमा मात्रै अझै चार हजारको संख्यामा फैसला लेखिएका छैनन् । ‘छिटो र प्रभावकारी न्याय’को पञ्चवर्षीय रणनीतिक योजनालाई नै चुनौती दिने गरी न्यायपालिकाको माथिल्लो तह सर्वोच्च अदालतमै फैसला लेखन ढिलाढाला देखिएको हो । सर्वोच्चमा यस आर्थिक वर्षभित्र झण्डै […]
काठमाडौं। पेट्रोलियम पाइपलाइन बिछ्याउन पर्सा राष्ट्रिय निकुञ्जले आयल निगमसँग प्रतिलिटर एक रुपैयाँ क्षतिपूर्ति मागेको छ। निकुञ्ज क्षेत्रको जमिनमुनिबाट पाइपलाइन बिछ्याउँदा वातावरण र वन्यजन्तुमा पर्नसक्ने प्रभावलाई मूल्यांकन गरी प्रतिलिटर एक रुपैयाँ क्षतिपूर्ति माग गरिएको हो। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पर्सा राष्ट्रिय निकुञ्जले क्षतिपूर्ति माग गरेको जानकारी दिए। उनले भने, ‘यो विषयमा निकास दिन उद्योग, […]
काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वशान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले पुर्याएको योगदान अतुलनीय रहेको जनाएको छ । द्वन्द्वग्रस्त मुलुकको शान्ति र स्थायित्वका लाष् िनेपालका सुरक्षाकर्मीले जुनसुकै चुनौतीका बीच पनि इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरेको राष्ट्रसंघका अधिकारीले बताएका हुन् । नेपालको औपचारिक भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ डिपार्टमेन्टका प्रमुख तथा उपमहासचिव जिन पाइरे लाक्रोइक्सले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा […]
विश्वकप को समूह सी मा रहेका फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन्। यी दुई टीमले समूह चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेर अन्तिम १६ मा प्रवेश गरेका हुन्। यो समूहमा फ्रान्सको यसअघि नै ६ अंक थियो भने डेनमार्कको ४ अंक थियो। फ्रान्सलाई अघिल्लो चरण पुग्न सहज भएपनि डेनमार्कलाई कम्तिमा बराबरी खेल्नुपर्ने बाध्यता थियो। […]