Sajhamanch Archive

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते.

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षिय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो । उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको […]

यूएईविरुद्ध ज्ञानेन्द्र, अर्जुन र प्रतिश प्लेइङ इलाभेनमा

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on यूएईविरुद्ध ज्ञानेन्द्र, अर्जुन र प्रतिश प्लेइङ इलाभेनमा.

काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका लागि ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् । कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो । यूएईविरुद्धको खेलमा नेपालले […]

सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो.

काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७० रुपैयाँमा […]

सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक.

काठमाडौं । सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ । बोर्डका अनुसार सन् […]

खुदुनाबारीको साना किसान कृषि सहकारी संस्थालाई प्रदेश उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on खुदुनाबारीको साना किसान कृषि सहकारी संस्थालाई प्रदेश उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार.

झापा । अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ । असार १६ गते अर्थात जुलाई १ का दिन परेको १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा नगद २५ हजार रुपैयाँ र प्रमाण पत्रँसहित सो संस्था सम्मानित भएको हो । […]

कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी.

कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि बढेको अन्यौलसँगै प्रदेश प्रमुखले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गरेका छन । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गरे । प्रदेश प्रमुखले आइतबार बहुमत जुटाएर सरकार गठनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गरर्ने बुझिएको छ । कोशीमा एमाले राप्रपा गठबन्धन र कांग्रेस, माओवादीलगायतको […]

जनतालाई कम्युनिष्ट पार्टीले सुखी बनाउनुपर्छ, प्रचण्डले प्रयास गर्दै हुनुहुन्छ : माधव नेपाल

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on जनतालाई कम्युनिष्ट पार्टीले सुखी बनाउनुपर्छ, प्रचण्डले प्रयास गर्दै हुनुहुन्छ : माधव नेपाल.

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताएका छन् । त्यसका लागि अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज भक्तपुरमा सम्बोधन […]

सुमेरु सहकारीका सञ्चालक १० अर्ब पैसा दुरुपयोग गरी बेलायत पलायन

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सुमेरु सहकारीका सञ्चालक १० अर्ब पैसा दुरुपयोग गरी बेलायत पलायन.

काठमाडौं । धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ नै थियो । आफूलाई स्वयं […]

Landslide disrupts two-way traffic along Narayangadh-Muglin road section

Published: in English by . Leave a Comment on Landslide disrupts two-way traffic along Narayangadh-Muglin road section.

MUGLIN : The Narayangadh-Muglin road has been blocked since last night. The two-way traffic has come to a halt in the road section after a landslide that occurred last night at Bridge No. 3 located in Ichchakamana Rural Municipality-5 of Chitwan. According to the Area Police Office, Muglin, preparations are being made to remove the […]

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आज श्री एयरलाइन्सका सबै उडान स्थगित.

काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो । आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले […]