Sajhamanch Archive

जापानमा दुई अमेरिकी लडाकु विमान दुर्घटना, ६ जना बेपत्ता

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on जापानमा दुई अमेरिकी लडाकु विमान दुर्घटना, ६ जना बेपत्ता.

जापानमा दुई अमेरिकी लडाकु विमान ठोक्किँदा छजना बेपत्ता भएका छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा बिहीबार सी–१३० र एफ–१८ लडाकु विमान तेल भर्ने क्रममा दुर्घटना हुँदा छ नौसैनिक बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। वेपत्ता सैनिकहरूको खोजी कार्य जारी छ। यसका लागि चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरूसँगै परिचालित छन्। खोजी […]

रुसले मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता तोडेको नेटोको आरोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रुसले मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता तोडेको नेटोको आरोप.

काठमाडौं । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिएका छन् । पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिएका हुन् । अमेरिका र रुसबीच सन् १९८७ मा छोटो र मध्यम दुरीको परमाणु हतियार नबनाउने […]

पदार्थको मूल्यबृद्धिविरुद्ध भएको प्रदर्शनमा वृद्धाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on पदार्थको मूल्यबृद्धिविरुद्ध भएको प्रदर्शनमा वृद्धाको मृत्यु.

पेरिस । फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै भएको प्रदर्शनका क्रममा एक वृद्धाको मृत्यु भएको छ । मार्से शहरमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासको क्यानले लागेर ८० वर्षीया वृद्धाको मृत्यु भएको हो । प्रदर्शन भइरहेको स्थान नजिकैको अपार्टमेन्टमा बसेकी ती महिलाले झ्याल बन्द गर्न खोज्दा उनको अनुहारमा अश्रुग्यासको क्यानले लागेको थियो […]

फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दै गएपछि संकटकाल घोषणाको तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दै गएपछि संकटकाल घोषणाको तयारी.

काठमाडौं । फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार संकटकाल घोषणाको तयारीमा छ । फ्रान्स सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेअक्सले युरोप वन रेडियोसँग कुराकानी गर्दै शान्ति व्यवस्था कायम राख्न संकटकाल घोषणा गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘सरकार फेरि यस्ता घटना […]

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक.

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा चर्किंदै गएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा १ सय १० जना घाइते भएका छन् । प्रहरीले २ सय ७० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास र […]

सडकमा उत्रिए एक लाख किसान, संसद भवन घेर्ने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on सडकमा उत्रिए एक लाख किसान, संसद भवन घेर्ने तयारी.

नयाँ दिल्ली । ऋण माफी र कृषि उपजको उचित मूल्य माग गर्दै करिब एक लाख किसान भारतको राजधानी नयाँ दिल्लीमा भेला भएका छन् । बिहीबारदेखि उनीहरु भारतका विभिन्न क्षेत्रबाट दिल्लीमा आयोजित ¥याली र सभामा सहभागिताका लागि आएका हुन् । उनीहरु आज संसद भवन घेराउ गर्ने तयारीमा छन् । अखिल भारतीय किसान संघर्ष समन्वय समितिका अनुसार […]

चीनमा रासायनिक प्लान्ट नजिक विस्फोट, २२ जनाको मृत्यु, २२ घाइते

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on चीनमा रासायनिक प्लान्ट नजिक विस्फोट, २२ जनाको मृत्यु, २२ घाइते.

उत्तरी चीनको एक रासायनिक प्लान्ट नजिक भएको विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य २२ जना घाइते भएका छन्। उत्तरी चीनको हेबेई प्रान्तमा भएको विस्फोटका कारण १५ वटा घर पूर्णरूपमा नष्ट भएको छ सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। आसपासका साढे ३०० भन्दा बढी घरमा सामान्य क्षति पुगेको छ। […]

युरोपेली संघ रुसमाथि थप प्रतिबन्ध लगाउने तयारीमा

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on युरोपेली संघ रुसमाथि थप प्रतिबन्ध लगाउने तयारीमा.

बर्लिन । युरोपेली संघ (इयू)ले आगामी महिना रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । पछिल्ला केहीदिन यता युक्रेनमा भएका गतिविधिलाई लिएर इयुले रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो । चक्रीय प्रणालीअन्तर्गत इयुको अध्यक्षता गरेकी करिन नेइसलले युक्रेनमा भएका गतिविधिलाई लिएर रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी भइरहेको बताइन् । उनले युक्रेनमा रुसले गरिरहेका गतिविधि […]

विमान अवतरण गर्ने क्रममा ल्यान्डिङ गीयर भाचिएपछि……

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on विमान अवतरण गर्ने क्रममा ल्यान्डिङ गीयर भाचिएपछि…….

काठमाडौं ।  पेरुको एक विमान कम्पनीको बोइङ ७३७ विमान बोलिभियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गीयर भाँचिएको छ । त्यसले गर्दा लगभग १० घन्टा धावनमार्ग बन्द रह्यो । अधिकारीहरूका अनुसार, यस घटनामा विमानमा रहेका १२२ यात्री वा चालक दलका सदस्य कसैलाई पनि केही हानि भएन । अधिकारीहरूले विमानलाई अघि बढाउन नसकिएको जानकारी दिए । […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा फ्रान्समा प्रदर्शन चर्कियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा फ्रान्समा प्रदर्शन चर्कियो.

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनलाई लज्जास्पदको संज्ञा दिएका छन् । मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीहरुलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले पेट्रोलियम पदार्थमा थप कर वृद्धि आवश्यक रहेको जिकीरसमेत गरेका छन् । यसैबीच फ्रान्सको पेरिसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शन उग्र […]