झापा । सहकारी अन्तर्राष्ट्रिय सिद्धान्त र मूल्य मान्यतामा सञ्चालन हुने व्यवसाय हो । यसको छहारीमुनी धेरै प्रकारका व्यवसाय गर्न पाइन्छ । झापाका सहकारी संस्थाहरु पनि वित्तीय कारोबार गर्दै कृषि उपज एवम् उपभोग्य बस्तुहरुको उत्पादन, प्रशोधन, बजारीकरणमा लागेका छन् । योसँगै सामाजिक उत्तरदायित्वप्रति पनि अत्यन्त सकारात्मक एवम् रचनात्मक ढंगबाट प्रस्तुत हुन थालेका छन् । सेरोफेरोका वाणिज्य […]
झापा बिर्तामोडको कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक जयनारायण ढुङ्गानाको कल्पनाशीलताको अर्को उपजले यही वर्ष मूर्तरुप पाउन लागेको छ । बिर्तामोड नगरपालिका ३ मा रहेको रुमाले आकारको करिब ८ विगाहा जमिनमा आकर्षक पार्क निर्माण गरेर उनले परिकल्पनालाई साकार बनाउन लागेका हुन् । ‘श्रीजय ड्रिमल्याण्ड पार्क’ नामाकरण गरिएको सो आयोजनालाई बिर्तामोड क्षेत्रकै प्रदुषणरहित, कोलाहलमुक्त, हरियाली एवम् प्राकृतिक वातावरणमा […]
झापा । अमेरिका निवासी झमक कार्की र नारायणी कुँवरकी छोरी सिज्जू कार्कीसँग नेपालमा आएर फागुन २६ गते सौरभ पौड्यालको विवाह भयो । अमेरिकाको बोस्टन सहरमा बस्ने शिवप्रकाश पौड्याल र ज्योत्सना मिश्रका छोरा सौरभको काठमाडौंमा आएर विवाह गरेकोमा चाहिँ समाचार बनाइएको पक्कै होइन । छोराको विवाहका अवसरमा पौडेल परिवारले प्रस्तुत गरेको समाचारयोग्य रचनात्मक कार्यले यसतर्फ पक्कै […]
झापा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सहकारी अभियानमा एनएमसीको चर्चा बारम्बार हुने गरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले पनि यो संस्थाको कार्यक्रमप्रति विभिन्न स्थानमा प्रेरक चर्चा गर्ने गरेको उनको भनाई छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २६औं वार्षिकोत्सव समारोहमा आज आफ्नो मन्तब्य राख्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका […]
झापा । नेपालको राजनीतिक परिवर्तनका लागि जीवन आहुती दिने नेत्र घिमिरेको परिवार यतिबेला सांस्कृतिक परिवर्तनका लागि पनि अग्रसर देखिएको छ । शहीद नेत्र घिमिरेका सहोदर भाइ देवी घिमिरेको माघ १० गते ६२ वर्षको उमेरमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा असामयिक निधन भएपछि उनका तीनजना छोरीहरुले यतिबेला कोरो ढिकुरो गरेर दशगात्र कर्म गरिरहेको छन् । साविक गरामनी गाविसका […]
नेपाल सहकारी अभियानका लागि उर्वर भूमि बनेको छ । नेपाल सरकारले सहकारीको अवधारणा अघिसारेको ६५ वर्ष बितेपनि सहकारी संस्था खुलेको मितिले ६२ वर्षमा अभियान यात्रारत छ । यो अवधिको सहकारी यात्रामा अनेकन उतार चढावहरु अभियानले भोगेको इतिहास हामीसँग छ । सहकारी कहिले पञ्चहरुको कमाई खाने साधन बन्यो त कुनै समयमा पारिवारिक व्यापारको औजार पनि । […]
बिर्तामोड । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलको पुष ६ गते बसेको बैठक र यसले निर्धारण गरेको कार्यतालिका अनुसार आजदेखि सरोकारवालाहरुसँग दृष्टिकोण संकलनको सुरुवात गरेको हो । कार्यदलले आज बिर्तामोडको कोहेड कलेजमा झापाका विभिन्न राजनीतिक दलको नेतृत्व, सांसदहरु, पूर्वमन्त्री, स्थानीय तहका […]
झापा । विश्वका थोरै मानिसहरुमा मात्र हुने स्वास्थ्य समस्याहरुको पनि सहज र सरल विधिबाट शल्यक्रिया गरेर बिरामीको ज्यान बचाउन यहाँस्थित बि एण्ड सी अस्पताल सफल बन्दै गएको छ । हुन त चिकित्सकको काम भनेकै बिरामीको उपचार गर्नु र निको बनाएर आ–आफ्नो घर पठाउनु हो । दक्ष एवम् आँटिलो चिकित्सक टोली र अत्याधुनिक प्रविधियुक्त शल्यक्रिया कक्षको […]
झापा । मुलुक संघीय संरचनामा गएको उपहारस्वरुप झापाका सहकारीले १७ वटा ऐनको अधिनमा रहेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता थपिएको छ । यो बोझ झापाका सहकारीका लागि मात्र नभई नेपालका हरेक सहकारी संघ–संस्थाको थाप्लामा धेरथोर भोग्नैपर्ने बाध्यता बनेको हो । सहकारी अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त र व्यवहारबाट सञ्चालन हुने एउटा सामुदायिक सेवा व्यवसायको रुप हो । जसको […]
बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले सबल सहकारी अभियानका लागि ‘झापा कुप्स स्टेण्डर्ड’ तयार गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि कार्यान्वयन गर्ने गरी तय गरिएको मापदण्ड पत्रकार सम्मेलन गरी संघले सोमबार सार्वजनिक गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको अध्ययन र झापाली सहकारी आन्दोलनको विष्लेषण गरी मापदण्ड तयार पारिएको जिल्ला संघका अध्यक्ष गणेश ढकालले […]