Sajhamanch Archive

नेकपाले सार्वजनिक गर्‍यो प्रदेश सदस्यहरुको नामावली (सूचीसहित)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेकपाले सार्वजनिक गर्‍यो प्रदेश सदस्यहरुको नामावली (सूचीसहित).

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय गरेको थियो । साेही अनुसार प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुकाे नामावली सार्वजनिक गरिएको हाे । सचिवालय बैठककाे भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको […]

प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’.

काठमाडौ । युनिभर्सल पिस फेडरेशन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । एसिया प्यासिफिक सम्मेलन–२०१८ को आज सम्पन्न अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेकोमा प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ । कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा […]

प्रधानमन्त्री ओलीसँग विभिन्न देशका नेताहरुको शिष्टाचार भेट

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्री ओलीसँग विभिन्न देशका नेताहरुको शिष्टाचार भेट.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले आज शिष्टाचार भेट गरेका छन् । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका पूर्वसरकार प्रमुखसँग आज भएको भेटमा नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेका समृद्धिका योजनाहरुबारे छलफल भएको जनाइएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँग भएको भेटमा सार्कलाई प्रभावकारी बनाउनेबारे […]

एनएमसीमा दोस्रो चरणको साधारणसभा धमाधम

Published: in सहकारी by . Leave a Comment on एनएमसीमा दोस्रो चरणको साधारणसभा धमाधम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी झापाले यो वर्षको साधारणसभालाई चरणगत बनाएर सम्पन्न गरिरहेको छ । मंसीरको पहिलो साता आफ्ना सबै सेवा केन्द्र र कार्यालयहरुमा मातहत सबै शेयर सदस्यहरु बोलाएर सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गराएको थियो । सोही अवसरमा साधारणसभाका लागि प्रतिनिधि पनि चयन गरिएको थियो । साधारणसभामा प्रतिनिधित्व गर्न छानिएका सदस्यहरुका बीचमा आज […]

सिटिएफ नेपाल बिर्तामोडमा बालमैत्री सिकाई अभ्यास तालिम (भिडियोसहित)

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सिटिएफ नेपाल बिर्तामोडमा बालमैत्री सिकाई अभ्यास तालिम (भिडियोसहित).

बिर्तामोड । नेपाल करियर ट्रेनिङ फाउण्डेसन (सिटिएफ नेपाल) बिर्तामोड शाखाले निजी विद्यालयका कोअर्डिनेटर र इन्चार्जहरुका लागि दुई दिनको कार्यशाला शनिबार सम्पन्न गरेको छ । झापाको मेचीनगर, बिर्तामोड, अर्जुनधारा, कनकाई र शिवसताक्षी नगरपालिका क्षेत्रका ४० वटा विद्यालयबाट सहभागी कोअर्डिनेटर र इन्चार्जहरुलाई विषयगत एवम् व्यावसायिक सीप प्रदान गरिएको हो । कार्यशालामा सहभागी कोअर्डिनेटर र इन्चार्जहरुलाई शैक्षिक व्यवस्थापन […]

महिला फुटबलका खेलाडीहरुको छनौट सुरु

Published: in खेलकुद by . Leave a Comment on महिला फुटबलका खेलाडीहरुको छनौट सुरु.

भद्रपुर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा झापाबाट भाग लिने फुटबलका महिला खेलाडीहरुको छनौट शनिबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले प्रदेश नम्बर ५ का विभिन्न स्थानमा आयोजना गर्ने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने झापाली खेलाडीको छनौट सुरु भएको हो । भद्रपुरस्थित मेची रंगशालामा सुरु जिल्लास्तरीय छनौट प्रतियोगितामा झापाबाट ४० जना महिला खेलाडीले सहभागिता जनाएका छनौट […]

थाइराइड रोग सम्बन्धी एनएमसीको स्वास्थ्य शिक्षा कार्यक्रम

Published: in सहकारी by . Leave a Comment on थाइराइड रोग सम्बन्धी एनएमसीको स्वास्थ्य शिक्षा कार्यक्रम.

बुट्टाबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगतको स्वास्थ्य समितिको आयोजनामा आज थाइराइड रोग सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । अर्जुनधारा ११ स्थित जुनकिरी प्राथमिक विद्यालयमा सम्पन्न कार्यक्रममा मेची अञ्चल अस्पताल भद्रपुरका थाइराइड रोग विशेषज्ञ डा. गोविन्द कँडेलले उक्त रोग सम्बन्धी सहजीकरण गरेका थिए । उनले थाइराइड रोग लाग्नुका कारण, हाम्रो खानपान […]

विचौलियाले पार्टी एकतामा सकस पैदा गराए : योगेश भट्टराई

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, by . Leave a Comment on विचौलियाले पार्टी एकतामा सकस पैदा गराए : योगेश भट्टराई.

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ठूलो पंक्ति नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट देखिएको छ। तीनैमध्येका नेता हुन्, स्थायी समिति सदस्य योगेश भट्टराई। स्पष्ट वक्ताका रूपमा पार्टीभित्र पहिचान बनाएका भट्टराई आगामी महाधिवेशनको गणितीय मनोविज्ञानका कारण तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले पूर्णता पाउन नसकेको बताउँछन् । एकता प्रक्रिया, सरकारका काम कारवाहीलगायत विषयमा केन्द्रित रहेर भट्टराईसँग लिइएको अन्तर्वार्ताको […]

मनकामना मन्दिरमा सुनको छानो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनकामना मन्दिरमा सुनको छानो.

गोरखा । पुनर्निर्माण सकिएसँगै गोरखामा रहेको प्रसिद्घ धार्मिक स्थल मनकामना मन्दिर बुधबारबाट भक्तजनका लागि खुला गरिएको छ । यस अघि मन्दिर नजिकैको टहरोमा भगवतीको प्रतिमा स्थापना गरेर पूजाको ब्यवस्था मिलाइएको थियो । २०७२ असारबाट पुनर्निर्माण शुरु भएको मन्दिर निर्माण सकिसँगै मन्दिर भित्रै पूजाको ब्यवस्था मिलाइएको पुजारी इन्सान थापाले जानकारी दिए । मन्दिर भित्र पूजा शुरु […]

बिर्तामोड नगरपालिकामा कार्यविधि लागू

Published: in स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकामा कार्यविधि लागू.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले उक्त कार्यसँगै सञ्चार क्षेत्रको विकासका र सञ्चारकर्मीको हितका लागि सूचना तथा सञ्चार कार्यविधि लागू गरेको छ । सूचना तथा सञ्चार कार्यविधि २०७५ नामक यस कार्यविधि लागू भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको हकहितका लागि नीतिगत व्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ […]