बिर्तामोड । पतालगंगा बचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभा आज सम्पन्न गरिएको छ । साधारणसभामा संस्थाका अध्यक्ष रेवती खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ५२ लाख ४० हजार शेयर पूँजी रहेको संस्थाले गत आर्थिक वर्षमा ३९ लाख ४३ हजार ८४२ रुपैयाँ आम्दानी गरेको अवगत गराए । २८ जनाबाट एक लाख ३० हजार रुपैयाँ शेयर […]
बिर्तामोड । स्यालडाँगी घण्टीबारी टोल विकास संस्था र वातावरण संरक्षण मञ्च नेपाल (इसिएफ)को आयोजनामा प्रयोग भइसकेको ब्यानरबाट ब्याग बनाउने तालिम प्रदान गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित स्यालडाँगी घण्टीबारी टोल विकास संस्थाको कार्यालयमा भएको तालिममा बिर्तामोड नगरपालिका ६ का वडा सदस्य एनविन्द्र खत्री, स्थानीय समाजसेवी भवेसलाल कर्ण र मित्रबहादुर विश्वकर्मा लगायतको आतिथ्यता […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ मा पर्ने खोपबाडी टोलका २९ घरपरिवारले तिहारमा देउसी भैलो खेलेर संकलित रकम सामाजिक काममा लगाएका छन् । लालीगुराँस समाज नामक संस्थाका गठन गरेका स्थानीयले तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट खर्च कटाई गाउँ समाजमा गरिने विवाह, ब्रतबन्ध अथवा काजकिरियामा आवश्यक पर्ने समान खरिद गरेको सचिव गुडिया लिम्बूले […]
पाँचथर । आजदेखि राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । २०७५ असार ५ गते पाँचथरबाट राष्ट्रिय परिचय पत्र विवरण संकलन सुरु गरिएको थियो । आज पाँचथरको फिदिममा एक समारोह गरेर राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको हो । नेपाल सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका एक लाख १७ हजार नागरिकलाई परिचय पत्र वितरण […]
बिर्तामोड । बिर्तामोड नगरपालिका १ स्थित मनकामना बोर्डिङ स्कूलमा सलिना दाहालको अध्यक्षतामा २७ सदस्यीय बाल क्लब गठन गरिएको छ । नवगठित उज्यालो मनकामना बाल क्लबको उपाध्यक्षमा प्रदिप थापा, सचिव युगेशु श्रेष्ठ, सहसचिव अश्विन दंगाल, कोषाध्यक्षमा गृष्मा थपलिया सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सरोज लिम्बू, सपना विश्वकर्मा, इनु थापा, मेरिना माझी, अर्चना पौडेल, रोहन […]
मेचीनगर । खुला नूनको आयातमा सरकारले प्रतिबन्ध लगाए पनि पूर्वी नाकाबाट तस्करहरुले यसको कालोधन्दा चलाइरहेका छन् । सीमावर्ती भारतीय बजारबाट खरिद गरी नेपाली सुरक्षा अधिकारीहरुको आँखा छलेर कारोबारीहरुले नेपाली बजारमा यस्तो नून भित्र्याउने गरेका हुन् । उपभोक्तामा चेतना अभावका कारण खान अयोग्य बिना आयोडिनको नून खान बाध्य छन् । कारोबारीहरुले चौपायाका लागि भन्दैं नून आयात […]
मेचीनगर । सिद्धिखोला सिंचाई जल उपभोक्ता समिति बाहुनडाँगीको उपभोक्ता समिति र स्थानीयबासीबीचको विवादलाई अन्त्य गर्न जनप्रतिनिधि र सामाजिक अगुवाहरुले सुझाव दिएका छन् । शनिबार सम्पन्न समितिको तेस्रो वार्षिक साधारणसभामा अध्यक्ष हरि चम्लागाईँले प्रस्तुत गरेको प्रतिवेदनमा उपभोक्ता समिति र स्थानीयबासीबीच विवाद भएका कारण यसै साधारणसभाबाट निर्णय गर्ने प्रस्ताव अघि सारेपछि कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समस्याको मुख्य […]
भद्रपुर । कर सप्ताहको अवसर पारेर भद्रपुरमा करसम्बन्धी अन्तरक्रिया गरिएको छ । एक सातासम्म विभिन्न चेतनामूलक क्रियाकलाप तथा करदाता शिक्षासम्बन्धी कार्यक्रमका साथ कर सप्ताह मनाउने शिलशिलामा आन्तरिक राजश्व कार्यालय भद्रपुरले झापा उद्योग वाणिज्य संघ र झापा उद्योग संघसँगको सहकार्यमा आइतबार करसम्बन्धी अन्तरक्रिया गरेको हो । झापा उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा आयोजित […]
भद्रपुर । झापाका सबै स्थानीय तहमा आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन भएका जनस्वास्थ्य सम्बन्धी कार्यहरुको समीक्षा गरिएको छ । स्वास्थ्य कार्यालय भद्रपुरमा आइतबार प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय मोरङले संयुक्तरुपमा आयोजना गरेको ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’मा झापाका १५ स्थानीय तहका स्वास्थ्य शाखा र साझेदार संस्थाहरुले आ–आफ्ना कार्यक्षेत्रमा […]
कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै । उद्घाटन समारोहका आमन्त्रित अतिथिहरु । संस्थाका सचिव भूपाल बस्नेत कार्यक्रम सञ्चालनका क्रममा । संस्थामार्फत् एलआइसी बीमा कम्पनीमा तीन लाख रुपैयाँको जीवन बीमा गराएका पवित्रा यादवका श्रीमानको असामयिक निधन भएकाले तीन लाख १४ हजार ११२ रुपैयाँ बीमा रकम पवित्रा यादवलाई साधारणसभाको उद्घाटन समारोहमा भुक्तानी […]