Sajhamanch Archive

सहकारीमा साधारणसभाको सिजन शुरु, भद्रपुरको साना किसान सहकारी यो वर्ष पहिलो

Published: in सहकारी by . Leave a Comment on सहकारीमा साधारणसभाको सिजन शुरु, भद्रपुरको साना किसान सहकारी यो वर्ष पहिलो.

भद्रपुर । नयाँ सहकारी ऐनअनुसार आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र सहकारी संघ–संस्थाहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ । सोहीअनुसार नयाँ आर्थिक वर्षको सुरुवातसँगै सहकारी संस्थाहरुमा साधारणसभाको माहोल शुरु भएको छ । साविक चन्द्रगढी गाविसलाई कार्यक्षेत्र बनाई २०७२ सालमा स्थापना गरिएको साना किसान कृषि सहकारी संस्था भद्रपुर १० ले आफ्नो तेस्रो साधारणसभा साउन २७ गते […]

किनोट म्यूजिक एकेडेमीमा उल्लेख्य प्रशिक्षार्थी

Published: in टिप्स/जानकारी by . Leave a Comment on किनोट म्यूजिक एकेडेमीमा उल्लेख्य प्रशिक्षार्थी.

मेचीनगर । नौ महिना अघिदेखि काँकरभिट्टास्थित भट्टराई चोकमा सञ्चालित किनोट म्यूजिक एकेडेमीमा प्रशिक्षार्थीहरुको उल्लेख्य उपस्थितिले संगीतप्रति युवामोह बढ्दै गएको झल्को दिएको छ । स्थानीय युवा हेमकुमार मगरको प्रयासमा सञ्चालित म्यूजिक एकेडेमीमा करिब ५० प्रशिक्षार्थीले संगीत सम्बन्धी प्रशिक्षण प्राप्त गरिरहेको बताइएको छ । सानै उमेरदेखि सांगीतिक क्षेत्रलाई माया गर्ने एकेडेमीका सञ्चालक मगरले संगीत विद्यालयमा ड्रम, पियानो, […]

सचेतनाका लागि एनएमसी शिवगञ्जले गर्यो बजार सरसफाई

Published: in सहकारी by . Leave a Comment on सचेतनाका लागि एनएमसी शिवगञ्जले गर्यो बजार सरसफाई.

शिवगञ्ज । आफ्नो संस्थाका शेयर सदस्यहरुलाई स्वास्थ्य तथा वातावरणीय चेतना जागृत गराउने उद्देश्यले एनएमसी शिवगञ्जले सोमबार शिवगञ्ज बजार सरसफार्इ गरेको छ । आफ्नो कार्यालय परिसरदेखि आसपास सरसफाई गरी छरछिमेकीलाई पनि सरसफार्इ सम्बन्धी सचेतना प्रदान गरिएको संस्थाका प्रदीप लम्सालले जानकारी दिएका छन् । दूधे कार्यालयगत समितिका सदस्यहरु, शिवगञ्ज कार्यालय अन्तर्गतका इकार्इ समितिहरु एवम् शिवगञ्ज कार्यालयका कर्मचारीहरुको […]

प्रज्ञा लामाको  ‘सानो हामो घर ’ सार्वजनिक (हेरौँ भिडियोसहित )

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रज्ञा लामाको  ‘सानो हामो घर ’ सार्वजनिक (हेरौँ भिडियोसहित ).

काठमाण्डौ । गायिका प्रज्ञा लामाको सानो हामो घर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रकाश लामाको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । सरिता नेपालको प्रस्तुति तथा क्यामेरामेन सन्तोष लामा योदीनले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा मोडल रिया लामा र सन्तोष पाण्डेको […]

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा.

जनकपुर  । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसमपर्ण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै ३ घण्टा लगाएर लिइएको थियाे। ११ बजेदेखि लिइएको बयान २ बजे सकिएकोथियाे। बयान सकिएलगत्तै महोत्तरी जिल्ला अदालतका मुख्यन्यायधीश ब्रजेश प्याकुरेलको इजलासमा थुनछेकको बहस भएकाे […]

अाेली सरकारका ५ महिनाका उपलब्धी सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अाेली सरकारका ५ महिनाका उपलब्धी सार्वजनिक.

काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केपी ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका उपलब्धी सार्वजनिक गरेकाे छ । साेमबार सार्वजनिक गरिएकाे ७४ पृष्ठ लामो प्रतिवेदनमा सुन तस्करलार्इ कार्वाहीदेखि सिन्डिकेट अन्त्यसम्मलार्इ उपलब्धीका रूपमा  समेटिएका छन् । बिकास निर्माणकाे ढिलासुस्ती हटाउने कदम, अाैचित्यहीन भ्रमणमा नियन्त्रण, सुरक्षाकर्मी दुरूपयाेगकाे अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रबन्ध, प्रट्राेलियम चुहावट राेक्न लकिङ […]

हँडिया रेगुलेटर गोष्ठी सम्पन्न

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हँडिया रेगुलेटर गोष्ठी सम्पन्न.

चारआली । हँडिया रेगुलेटर सिंचाई जल उपभोक्ता संस्थाको आयोजनामा हिउँदे बाली व्यवस्थापन सम्बन्धी सरोकारवालासंगको अन्तरक्रिया आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शंकरप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सिंचाई कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीको प्रमुख आतिथ्य तथा कृषि सेवा केन्द्र चारआलीका प्राविधिक सहायक कविता पौडेलको विशेष आतिथ्य रहेको थियो । अन्तरक्रियामा संस्थाका ६ वटा समूहका […]

युवा दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on युवा दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री.

भद्रपुर । युवा संघ नेपाल भद्रपुर नगर कमिटीले भद्रपुर–४ स्थित एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्र्री प्रदान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार भद्रपुर ४ स्थित जनकल्याण आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री (कपी, पेन्सिल, इरेजर, सार्पनर) वितरण गरिएको हो । विद्यालय परिसरमा युवा संघ भद्रपुरका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षतामा आयोजित […]

ओली एण्ड एसोसिएट नयाँ गेटअप र सेटअपमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ओली एण्ड एसोसिएट नयाँ गेटअप र सेटअपमा.

बिर्तामोड । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई आइइएलटीएस सम्बन्धी सेवा तथा भिसा सम्बन्धी सेवा प्रवाह गर्दै आएको ओली एण्ड एसोसिएट कन्सलटेन्सीको बिर्तामोड कार्यालय अब नयाँ गेटअप र सेटअपमा सुरु भएको छ । बिर्तामोडस्थित शनिश्चरेरोडमा रहेको केशव गिरी कम्प्लेक्समा सरेको सो कन्सलटेन्सीले अब विद्यार्थीहरुलाई थप प्रभावकारी ढंगले एब्रोड सम्बन्धी जानकारी तथा एसोसिएट सम्बन्धी सेवा प्रदान […]

काशीलालको स्मृतिमा क्याम्पसमा अक्षयकोष स्थापना

Published: in समाज by . Leave a Comment on काशीलालको स्मृतिमा क्याम्पसमा अक्षयकोष स्थापना.

बिर्तामोड । बिर्तामोडका पुराना बासिन्दा सामाजिक तथा राजनीतिक व्यक्ति स्व. काशीलाल चौधरीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको छ । अनारमनी पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोषको स्थापना गरिएको हो । वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल र श्रीमती मिना पोखरेलले स्वर्गीय आमा कृष्णकुमारी पोखरेलको पुण्य तिथिमा अक्षयकोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । […]