Sajhamanch Archive

नेतृत्व टुङ्ग्याउने जिम्मा यि दुई नेताका काँधमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेतृत्व टुङ्ग्याउने जिम्मा यि दुई नेताका काँधमा.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को  प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित केही कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य गर्नुपर्ने भएको छ । तत्कालीन एमाले र तत्कालीन माओवादी बीचको नेतृत्वको बाँडफाँडमा दुई अध्यक्षबीच सहमति बनेपछि मात्र नेतृत्वको विवाद टुंगिने देखिएको छ । दुई अध्यक्षबीचको […]

दिनभरी काम गर्नेहरु भन्दा अल्छीहरु धेरै बाँच्छन् : शोधकर्ताको दाबी

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on दिनभरी काम गर्नेहरु भन्दा अल्छीहरु धेरै बाँच्छन् : शोधकर्ताको दाबी.

चार्ल्स डार्विनको ‘सर्भाइभल अफ द फिटेस्ट’ नियम विपरित वैज्ञानिकले एउटा नयाँ खोजी गरेको छ । केही समुन्द्री जीवमाथि गरिएको अनुसन्धान अनुसार जुन प्रजाती दैनिक रुपमा धेरै ऊर्जा खर्च गर्छन् उनीहरु कम ऊर्जा खर्च गर्ने आफ्ना समकक्षीको तुलनामा कम बाँच्ने तथ्य खुलेको छ । अर्थात्, दिनभरी काम गर्ने प्रजातीभन्दा अल्छी प्रजाती लामो समयसम्म बाँच्छन् । वैज्ञानिकले […]

शुक्रबार दिनार, दिर्हाम र रियालको मूल्य बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on शुक्रबार दिनार, दिर्हाम र रियालको मूल्य बढ्यो.

शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा छ […]

कञ्चनपुरमा गोली चल्यो आठ घाइते, एक जना लाई उपचारका लागि भारत लगियो

Published: in प्रदेश तह by . Leave a Comment on कञ्चनपुरमा गोली चल्यो आठ घाइते, एक जना लाई उपचारका लागि भारत लगियो.

कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका छन् । आज कञ्चनपरको महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सन्तोष कुमार कठरिया, तेजराज भट्ट र अर्जुन भण्डारा घाइते भएका छन् । भण्डारालाई थप उपचारको लागि भारत पठाइएको छ भने […]

दुई वर्षे बालकले दिनमा ४० वटा चुरोट पिउँछन्,  (भिडियो)

Published: (Updated: ) in विविधा by . Leave a Comment on दुई वर्षे बालकले दिनमा ४० वटा चुरोट पिउँछन्,  (भिडियो).

धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर रापी पामुङ्गकासको उमेरमा भने सायदै कसैलाई बानी परेको होला । इन्डोनेशियाका दुई वर्षे बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका  ठुटा तानेर चुरोट पिउने  बानी लाग्यो । अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन । उनले चुरोट पिउन थालेलगत्तै रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । […]

मनकामना मन्दिर बनाउन १५ किलो सुनले पुगेन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मनकामना मन्दिर बनाउन १५ किलो सुनले पुगेन.

गोरखा । गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा अहिलेसम्म १५ किलो सुन खर्च भएको छ । त्यतिले पनि मन्दिरको छानामा सुनको जलप लगाउन नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको छ । ‘अहिले सम्म १५ किलो सुन खर्च भइसक्यो,’ जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘तीन किलो सुन नपुगेर काम रोकिएको थियो, अहिले सुन ल्याइसक्यौं, काम […]

वैदेशिक रोजगारीमा जाने घटे रेमिट्यान्स भने बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on वैदेशिक रोजगारीमा जाने घटे रेमिट्यान्स भने बढ्यो.

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि कामदारले विदेशबाट पठाउने रकम विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक तथ्याँकअनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको छ । कामदारको तलब तथा अमेरिकी डलरको भाउ बढेकाले रेमिट्यान्स रकम बढेको हो […]

एकल पुरुषलाई पनि भत्ता

Published: in स्थानीय तह by . Leave a Comment on एकल पुरुषलाई पनि भत्ता.

बैतडी । बैतडीमा मेलौली नगरपालिकाले विधुर ९एकल पुरुष० लाई पनि मासिक भत्ता दिने भएको छ । सामाजिक सुरक्षा भत्ताअन्तर्गत मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई बाच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताउनुभयो […]

आठ छोरासहित अपराधिक गिरोह गर्न ‘मम्मी’ पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on आठ छोरासहित अपराधिक गिरोह गर्न ‘मम्मी’ पक्राउ.

गडमदर, जो दिल्लीको संगम बिहार गल्ली बस्थिन्। खास नाम बसरिन भए पनि उनी त्यो क्षेत्रमा गडमदरका नामले चर्चित छ। गत आइतबार बिहान जब पत्रिका अायो तब पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचार देखेपछि ६२ वर्षीया ‘मम्मी’ बसरिन गिरफ्तार भएको थाहा पाए। त्यो क्षेत्रमा मानिसले उनलाई गडमदरका रुपमा चिन्ने गरेका थिए।  त्यस क्षेत्रमा उनको दबदबा थियो। उनको बारेमा त्यहाँका कोही केसैले केही बोल्न सक्दैन […]

खाना खानेबित्तिकै नुहाउनु हुँदैन

Published: in स्वास्थ्य by . Leave a Comment on खाना खानेबित्तिकै नुहाउनु हुँदैन.

एजेन्सी । खाना खाने बित्तिकै नुहाउन नहाउनु हुँदैन भनेर तपाईंले धेरैजनाले भनेको सुन्नुभएको हो तर यसलाई वञ्चित गरिनुको कारणबारे भने धेरैलाई थाहा नहुन सक्छ । शरिरको तापक्रम घट्छः खाना खानेबित्तिकै नुहाउँदा तपाईंको शरिरको तापक्रम घट्ने गर्छ त्यसकारण यसलाई नियन्त्रण गर्नका लागि शरिरका अन्य अंग जस्तै हात, खुट्टा, अनुहार आदिको रक्तप्रवाह बढ्ने गर्छ । यसो हुँदा […]