Sajhamanch Archive

मेचीनगरको २ नम्बर वडा पनि खुला दिसामुक्त घोषणा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरको २ नम्बर वडा पनि खुला दिसामुक्त घोषणा.

मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर २ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय भृकुटीबजारमा आयोजित घोषणा सभामा नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले खुला दिसामुक्त वडा घोषणा गरेकी हुन् । मेचीनगर २ नम्बर वडाको आयोजनामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले नगरका १५ वटै वडालाई खुल्ला दिसामुक्त वडाका घोषणाको तयारी अन्तिम चरणमा पुगेको […]

काँकरभिट्टा प्रहरीले घरेलु मदिरा, मरिच र रजनीगन्धा नियन्त्रणमा लियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काँकरभिट्टा प्रहरीले घरेलु मदिरा, मरिच र रजनीगन्धा नियन्त्रणमा लियो.

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगरका विभिन्न स्थानबाट १८५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ । घरमा उत्पादन गरी बिक्रीका लागि भारततर्फ लैजाँदै गर्दा उक्त परिमाणको मदिरा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिएका हुन् । उक्त मदिरा विभिन्न संघ–संस्थाका प्रमुख प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको छ । […]

अनलाइन ट्रेडिङको समाचारले सेयर बजारमा रौनक :नेप्से बढ्दा कारोबार रकममा भने कमी

Published: in अर्थतन्त्र by . Leave a Comment on अनलाइन ट्रेडिङको समाचारले सेयर बजारमा रौनक :नेप्से बढ्दा कारोबार रकममा भने कमी.

  काठमाडौं । मंगलबारदेखि नेप्से अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आयने समाचारले सेयर बजार तताएको छ । सोमबार नेप्से परिसूचकमा ११ दशमलव ९२ अंकको सुधार देखिएको हो । नेप्से परिसूचक दिनेभरी उकालो लाग्दा १ हजार २ सय १९ दशमलव २ अंकमा पुगेर रोकिएको छ । नेप्से बढ्दा सोमबार सेन्सिटिभ इन्डेक्समा पनि २ दशमलव ५१ अंकमा सुधार […]

कांग्रेसमा पौडेल समूहको रणनीति–केन्द्रीय समितिमा विधान मस्यौदा सहमतिमा पारित नभए महासमितिमा फरक मत लैजाने 

Published: in राजनीति by . Leave a Comment on कांग्रेसमा पौडेल समूहको रणनीति–केन्द्रीय समितिमा विधान मस्यौदा सहमतिमा पारित नभए महासमितिमा फरक मत लैजाने .

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आगामी विधान सहमतिका साथ पारित गर्नका लागि साझा धारणा बनाएर केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने तयारी गरेको छ ।  केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बसेको संस्थापन इतर समूहको बैठकले विधानको मस्यौदामाथि हुने छलफलमा सहमतिका साथ पारितका लागि साझा धारणा बनाएर प्रस्तुत हुने सैद्धान्तिक सहमति गरेको छ । पार्टीका […]

अमला खाँदा फाइदै फाइदा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on अमला खाँदा फाइदै फाइदा.

ओन्ली माई हेल्थ अमला शरिरलाई विशेषगरी कपाललाई आवश्यक पर्ने भिटामिन र मिनरल्सको निकै राम्रो स्रोत हो । पाँच हजार वर्ष अघिदेखि संसारको विभिन्न देशमा यसको सेवन गरिँदै आएको छ । यो एक गुणकारी फल हो जसले शरिरमा फाइदै फाइदा पुर्याउँछ । १. भिटामिन सीको राम्रो स्रोतः अमला भिटामिन सीको राम्रो स्रोत हो जसले रुघा खोकीको […]

हाकिमहरुलाई विद्युत प्राधिकरण निर्देशन : चाडबाडका बेला पनि काम गर्नु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on हाकिमहरुलाई विद्युत प्राधिकरण निर्देशन : चाडबाडका बेला पनि काम गर्नु.

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले चाडपर्वको बेला निमित्त प्रमुख राखेर आफ्नो काम नछाड्न ठूला जलविद्युत केन्द्रका प्रमुखलाई निर्देशन दिएको छ । सोमबार पत्र लेखेर प्राधिकरणले चाडबाडको बेला कुनै कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर प्रमुखहरु घर जाने गरेको भन्दै सार्वजनिक बिदाको बेला पनि अत्यावश्यक क्षेत्रमा काम नगर्ने छुट नभएको प्रावधान स्मरण गर्न आग्रह गरेको छ । […]

कलेजोको परिकार सेवन गर्दा स्वास्थ्यमा के असर गर्छ ?

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on कलेजोको परिकार सेवन गर्दा स्वास्थ्यमा के असर गर्छ ?.

मासुका पारखीहरु यसको स्वादमा विविधता खोज्छन् । त्यसैले कसैलाईं खसीको ह्याकुला मनपर्छ, कसैलाई बंगुरको कान । कसैलाई कुखुराको पखेटा स्वादिलो लाग्छ, कसैलाई माछाको टाउको । अर्थात एउटै पशुपंक्षीको पनि भिन्न-भिन्नै भागको मासुमा भिन्न स्वाद खोज्छन् । मासुमा रुची हुनेहरुका लागि पशुपंक्षीको मुटु, कलेजो, फोक्सो पनि निकै स्वाद लाग्छ । यस्तो परिकार बनाउने काइदा पनि फरक […]

मानसिक समस्यामा महिला बढी जोखिम

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on मानसिक समस्यामा महिला बढी जोखिम.

काठमाडौं । अनामनगरकी अञ्जना सापकोटा (नाम परिवर्तन) २५ वर्षीया विवाहित महिला हुन् । उनी मिलनसार स्वाभावकी थिइन् । एकदिन डेरामा बस्ने एक पुरुषसँग उनको भनाभन भएको थियो । उनले त्यो कुरा सामान्यरुपमा लिन सकिनन् । यसको कारण मानसिक तनावले उनको दैनिक जीवनमा निकै परिवर्तन आयो । त्यही मान्छेलाई बारम्बार देख्ने, त्यो मान्छेले कराएजस्तो लाग्ने, एकोहोरो […]

कांग्रेस केन्द्रीय समिति बैठक भोलि, महासमिति अझै अनिश्चित

Published: (Updated: ) in राजनीति by . Leave a Comment on कांग्रेस केन्द्रीय समिति बैठक भोलि, महासमिति अझै अनिश्चित.

काठमाडौं । नेपाली कांग्रेसको भोलि (मंगलबार) बस्ने केन्द्रीय कार्यसमिति बैठकमा विधानको मस्यौदा पेश हुने–नहुने अन्योल देखिएको छ । केन्द्रीय विधान संशोधन मस्यौदा समिति अन्तर्गतको मस्यौदा लेखन उपसमितिले सहमतिमा तयार पारेको मस्यौदामा मस्यौदा समितिमा छलफल हुन बाँकी नै रहेकाले केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने–नहुनेमा अन्योल देखिएको हो । सोमबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय […]

सेक्स कला हो

Published: (Updated: ) in विविधा by . Leave a Comment on सेक्स कला हो.

भनिरहनु नपर्ला– सेक्स दुई देहको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो। यो यस्तो कला हो, जसले जीवनलाई हरिलोभरिलो र रसिलो बनाउँछ। तर, यौनसम्बन्धी सामान्य जानकारीको अभाव र यससम्बन्धी भ्रमले जीवनलाई निरस र रुग्ण बनाइदिन सक्छन् । यौन असन्तुष्टिका कारण सम्बन्धहरू टुटेका छन् । यसकै कारण कुण्ठित र हीनभावले ग्रस्त भएर बाँच्नेहरू पनि छन्। अम्मर […]