धादिङ । गोरखाको सामागाउँबाट काठमाडौं जाँदैगर्दा सम्पर्कविहीन भएको अल्टिच्युड एअरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर–१, बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरकाअनुसार घटनास्थलमा पाँचजनाको शव भेटिएको छ । एकजनालाई अचेत अवस्थामा उद्धार गरिएको छ । घटनास्थलमा पाँचजनाको शव भेटिएपनि कसैको सनाखत हुन नसकेको कुँवरले टेलिफोनमा […]
काठमाडौं । गोरखाको सामागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा दुर्घटनामा परेको छ । नुनाकोटको मेघान नामक जङ्गलमा हेलिकप्टर दुर्घटनामा परेको अल्टिच्युड एयरका सञ्चालक सिताराम सापकोटाले बताए । उद्धारका लागि चार वटा हेलिकप्टर परिचालन गरिएको छ । श्री एयरलाइन्सका २ र नेपाली सेना र अल्टिच्युडकै १÷१ वटा हेलिकप्टर उद्धारका […]
पोखरा । पोखरा महानगरको लेखनाथस्थित बेगनासतालमा आज डुङगा दुर्घटना भएको छ । डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भन्ने ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुङ्गा पल्टिएको खबर पाउने बित्तिकै प्रहरी टोली उद्धारका लागि बेगनास तालमा पुगेको थियो । सोही क्रममा ४ जनाको उद्धार गरिएको हो । अन्यको खोजी […]
चर्चित अमेरिकी र्यापर म्याक मिलर क्यालिफोर्नियाको लस एञ्जलसमा रहेको आफ्नै घरमा मृत भेटिएका छन् । २६ वर्षीय म्याकको मृत्यु अत्याधिक लागुपर्दाथ सेवनका कारण भएको बताइएको छ । उनले पहिले पनि आफूले अत्याधिक मात्रामा लागुपदार्थ सेवन गर्ने गरेको स्वीकारेका थिए । हालसालै उनको एउटा एलबम ‘स्विमिङ’ रिलिज भएको थियो, जसका लागि उनी सांगीतिक भ्रमणमा पनि थिए […]
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१२ काँसकोटमा तिजको दर खाँदा ३०० जना भन्दा धेरै बिरामी भएका छन् । स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आज बिहान तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी ३ सय जना भन्दा दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपामा […]
मोरङ । विराटनगर महानगरवासी चापाकल (ट्युवेल) को पानी खान बाध्य छन् । खानेपानी संस्थानको धारामा दूषित पानी आउने गरेकाले महानगरवासी ट्युवेलको पानी खान बाध्य भएका हुन् । विराटनगर ११ की लक्ष्मी अधिकारीले ६ महिनादेखि धाराको पानी चलाएकी छैनन् । १ हजार ५ रुपैयाँ महसुल भने बुझाएको उनले बताइन् । ‘धारामा आएको पानीमा हात धुँदासमेत रातो भएर फोहोर बस्ने गरेकाले […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भन, “केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।” […]
पुतली जस्तो देखिने यी महिलाले मेकअपमार्फत यस्तो रुप पाएकी होइनन् । उनी वास्तविक रुपमा यस्तै छिन् । उनी हुन् अमेरिकाकी चर्चित मोडल मेलनी गेडोस । २८ वर्षीया गेडोस एक्टोडर्मल डिस्प्लेशिया नामक एक दुर्लभ अनुवांसिक विकारका कारण यस्ती छिन् । उनको न त कपाल छ न नै नङ । यो रोगका कारण उनको कपाल, दाँत, […]
काठमाडौं । यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’को माग छ । विभागले भने एक हजार ४०० मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताए । यसले गर्दा सेवाग्राही एक वर्षदेखि ‘स्मार्ट […]
विराटनगर। प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकले विधेयक सर्वसम्मतले परित गरेको हो । कानुन निर्माणको चरणमा रहेको प्रदेशसभाले योसँगै १७ ओटा विधेयक पारित गरिसकेको छ । बैठकमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले साउन महिनाभित्रै […]