Sajhamanch Archive

गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने.

काठमाडौं । युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो । गुगलको प्यारेन्ट कम्पनी […]

बालक प्रयास कुँवर हत्यामा संलग्न जीवित रहेसम्म कैद बस्नुपर्ने फैसला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बालक प्रयास कुँवर हत्यामा संलग्न जीवित रहेसम्म कैद बस्नुपर्ने फैसला.

काठमाडौँ । गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो । अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो […]

काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थपिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थपिँदै.

काठमाडौं । काठमाडौंको १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । सडक विभागले बागबजार, पद्यमदोय मोड, सिंहदरवार, तीनकुने (तीन ठाउँ), कालिमाटी (दुई ठाउँ), पुरानोवानेश्वर, गौशला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । ९७ लाख लगानीमा दस स्थानमा ट्राफिक […]

विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा.

रुपन्देही। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको पाल्पारोेडस्थित ‘रातो घर’ले चिनिएको नेकपा कार्यालयमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैकका कर्मचारी पुगेर पार्टी कार्यालयको ताला फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाइदिएको छ । सरकारले विप्लव पार्टीमाथि प्रतिबन्ध लगाएसँगै वाणिज्य […]

सुकुम्बासीका नाममा कार्यकर्तालाई जग्गा बाँड्ने सरकारको तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सुकुम्बासीका नाममा कार्यकर्तालाई जग्गा बाँड्ने सरकारको तयारी.

काठमाडौं । काठमाडौं ९ सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ । राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो । अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्गा बाँड्ने चलाखी गरेको हो । कानुनी प्रक्रिया […]

अम्बानी सर्वाधिक धनाढ्य मालिक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अम्बानी सर्वाधिक धनाढ्य मालिक.

काठमाडौं। मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोर्ब्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसैसाता आफ्नो भाइको करोडौँ डलर ऋण तिरेर जेल जानबाट जोगाएका भारतीय धनाढ्या व्यवसायी मुकेश अम्बानी यस वर्षको उक्त सूचीको शीर्ष स्थानमा रहेको छ । मुकेश इन्डियन प्रिमियर लिग (आईपीएल)को अहिलेसम्मका सर्वाधिक विजेता मुम्बई इन्डियन्स टिमका […]

मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा.

यस्ता महिला सायदै हुन्छन्, जसलाई मेकअपको आधारभूत ज्ञान हुँदैन । यस्ता महिला सायदै हुन्छन्, जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन् । अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ । तर, धेरैलाई थाहा हुँदैन, कस्तो सौन्दर्य प्रशाधन बढी उपयोगी र प्रभावकारी हुन्छ रु कसरी गरिने मेकअप दीगो र आकर्षक हुन्छ रु जस्तो मस्कराको कुरा गरौं […]

मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने.

काठमाडौं । मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी आकर्षित किन हुन्छन् भन्ने चाहिँ खुलेको छैन । लामखुट्टेले रक्सी कसरी पत्ता लगाउँछन् ? लामखुट्टेले मानिसहरुको पहिचान दुई केमिकलबाट गर्दछन् । पहिलो, […]

रंगको साइड इफेक्टबाट बच्ने तरीका

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on रंगको साइड इफेक्टबाट बच्ने तरीका.

होलीमा प्रयोग गरिने विभिन्न केमिकल्सयुक्त रंगको प्रयोगले छालामा विभिन्न किसिमको समस्या निम्त्याउने गर्छ । छालाको संक्रमण, छाला चिलाउने, पोल्ने लगायतका समस्या निम्त्याउन गर्छ । यो समस्या नहोस् भन्नका लागि होलीमा छाला सम्बन्धि विशेष सर्तकता अपनाउन जरुरी छ । ताकी छालालाई सुरक्षा प्रदान होस् । यसको लागि होली खेल्नु पूर्व छालामा यस्ता कुरा लगाउनु पर्छ, जसले […]

नक्कली नोटको कारोबार गर्ने दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली नोटको कारोबार गर्ने दुई जना पक्राउ.

काठमाडौं । नक्कली नोटको कारोबार गर्ने दुई जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुंगा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको प्रहरीले बताएको छ। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा […]