Sajhamanch Archive

धेरै मुलुकमा बोइङ ७३७ विमान ग्राउन्डेड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on धेरै मुलुकमा बोइङ ७३७ विमान ग्राउन्डेड.

काठमाडौँ । अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन । नेपालका कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको र अन्य मुलुकका जहाजलाई बिना ठोस आधार उडान रोक्न नमिल्ने हुनाले नेपालले यसबारे निर्णय गर्न नसकेको हो । नेपाल […]

प्रधानमन्त्री ओलीले एकवर्षे कार्यकालको मूल्याकंन गर्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले एकवर्षे कार्यकालको मूल्याकंन गर्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने.

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन् । यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन् । मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर […]

बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी.

काठमाडौं । महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन् । गत साउनदेखि पुस मसान्तसम्म एक हजार एक सय आठवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय ८० […]

सरकारी सम्पत्तिको बारेमा सरकार नै अन्योल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारी सम्पत्तिको बारेमा सरकार नै अन्योल.

काठमाडौं । सरकारीले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ । छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि एकीकृत सम्पत्ति विवरण राख्नेबारे स्पष्ट कानुन नहुँदा सरकारी सम्पत्तिको विवरण बारे सरकार बेखबर जस्तै देखिएको छ । हालसम्म नेपाल ट्रष्टको कार्यालय महालेखा नियन्त्रकको कार्यालय, भूमि व्यवस्थापन विभाग […]

प्रदेश लोकसेवा विधेयकः जुनसुकै प्रदेशमा जागिर खान पाइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश लोकसेवा विधेयकः जुनसुकै प्रदेशमा जागिर खान पाइने.

काठमाडौँ । प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रूप पाउँदै छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रदेश निजामती सेवा तथा प्रहरी सेवामा तत् तत् प्रदेशभित्रका नागरिक मात्रै छनोट हुनुपर्ने भनी राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले […]

अमेरिकामा ‘माउन्ट एभरेस्ट’ नामका दुई सडक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकामा ‘माउन्ट एभरेस्ट’ नामका दुई सडक.

न्युयोर्क । अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नाकाकरण गरेको छ । नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो । यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ । न्यूयोर्क राज्य सरकारले एक कार्यक्रमको आयोजना गरी नेपालको बाक्लो बस्ती रहेको ज्याक्सन हाइटस्थित ७५ […]

बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए.

ओखलढुङ्गा। ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् । अर्को बालकले आइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् । आइातबार दिउँसोको यो घटना रिकेश र आकाशले […]

हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे.

मुस्ताङ । झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ । मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु परेको भेटिएका छन् । अझै केही भागमा प्रहरीसमेत पुग्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ । हिउँमा कति […]

सिके राउतको राजनीति अब कता ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सिके राउतको राजनीति अब कता ?.

काठमाडौं । सरकारले पटकपटक उनलाई राज्यद्रोहको अभियोगमा समात्यो, थुन्यो । विखण्डनको आरोपमा अनेकपटक धरपकड गयो । मधेसलाई छुट्टै देश बनाउने राजनीतिक अभियान चलाइरहेका सिके राउतको छवि समाजमा क्रुर अपराधीको जस्तो बन्दैरबनाइँदै थियो । उता उनी आफै चाहिँ स्वतन्त्र मधेसको सपना देखिरहेका थिए । र, त्यसैका लागि खटिरहेका थिए । शुक्रबार अप्रत्यासित लाग्ने गरी सरकार र […]

वैशाखदेखि दैलेख र पाल्पाका पेट्रोलियम खानी उत्खनन हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वैशाखदेखि दैलेख र पाल्पाका पेट्रोलियम खानी उत्खनन हुने.

काठमाडौँ । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो । चीनले २ अर्ब ४० करोड रुपैयाा लगानीमा २ अर्ब वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ […]