काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा रहेको विद्युतीय शवदाह गृहमा शवको चाप अत्याधिक बढेको छ । चाप बढेपछि भ्याईनभ्याई भएको छ । शवदाह गृहमा उपलब्ध मेसिनरी सामानको अभावका कारण त्यहाँ आएका सबै शव विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न सकिएको छैन । शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापाको शव धेरै आउने भएकाले समस्या परेको बताए । […]
काठमाडौँ । सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ । सूचना तथा सञ्चार प्रविधि […]
लामो समयदेखि बलिउड सुपरस्टार सलमान खानका फ्यान उनको ‘दबंग ३’ को प्रतिक्षा गरिरहेका छन् । बीच-बीचमा फिल्मसँग सम्बन्धित खबरहरु पनि बाहिर आइरहेको छ । अब यस फिल्मलाई लिएर एक खुसीको खबर बाहिर आएको छ । हालै फिल्मको कास्टिङमा भिलेनको नाम आएको थियो अब सपोर्टिङ रोलमा एक स्टारको नाम सार्वजनिक भएको छ । बलिउडका एक्सन सुपरस्टार […]
दम्पतीबीच जब गुनासो बढ्छ, मनमुटाब हुन्छ, फाटो आउँछ । तर, जीवनभर एकअर्काको साथ दिने बाचा गरेर जोडिएका सम्बन्धहरु कुनै मोडमा पुगेपछि दुई चिरा पर्छ। दाम्पत्य जीवनका लागि यो एक भयानक ‘दुर्घटना’ हो। यस किसिमको दुर्घटनाले केवल ति दम्पतीको जीवनमा मात्र ठेस लाग्दैन, उनीहरुका छोराछोरी यसबाट सबैभन्दा बढी विक्षिप्त हुन्छन् । आफ्ना आमा र बुवाबीच आउने […]
हिजोआज सामाजिक संजालमा मानिसहरु निकै सक्रिय छन् । सामाजिक संजालमा अरुको बिषयमा चर्चा परिचर्चा गर्नु धेरैको दैनिकी पनि बनेको छ । अझै, स्टारहरुको बिषयमा त सामाजिक संजाल सधै नै रंगिएको हुन्छ । हालैमात्र, बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर सार्वजनिक भयो । भ्यालेन्टाइन डेको दिनमा प्रियंकाले इन्स्टाग्राममा राखेको एक तस्बिरमा उनको पेट केही ठूलो […]
बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । झण्डै ४० जना गम्भीर घाइते भएका छन् । राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको हो । ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको हो । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रकले बताएका […]
काठमाडौँ। नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसिया रोजगार अनिश्चिततातर्फ धकेलिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो […]
रोल्पा। बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे । विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । सानाठूला बिद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्यार्थीको टाउको माथि मन्तर गर्दै धामीले ‘पाती र चँवर’ चलाउन सुरु […]
चितवन । बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको वृद्धाश्रम नै खोलिएको छ । सफारीमा जान नसक्ने बूढा हात्ती वृद्धाश्रममा स्याहार गरी राखिन्छ। उसै पनि हात्ती पालनपोषणमा खर्च बढी लाग्छ । आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु झन् चुनौतीपूर्ण कार्य हो । वृद्धाश्रमले काम गर्न नसक्ने अवस्थाका हात्ती […]
काठमाडौँ । चीनको बिवाइडी अटो इन्डन्स्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ । ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनाअघि दुईवटा बस सञ्चालनको उद्घाटन गरेका थिए । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको ढिलासुस्तीका कारण सफा सवारीसाधन त्यत्तिकै थन्किएको हो […]