जम्मू काश्मिरको पुलवामा बिहीबार भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानका परिवारलाई अमिताभ बच्चनले आर्थिक सहयोग गर्ने भएका छन् । बच्चनले सीआरपीएफ जवानका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । गएको […]
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटना हुंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका–८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरीले जनाएको छ । घाइते सौरभ लामाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना […]
काठमाडौँ। नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ । त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ । सेनाले खोल्सासहितको भागलाई […]
काठमाडौँ। पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेन्ट मदन शर्मा सहितको तीन सदस्यीय आयोग गठन गरेको थियो । विमान खरिद सम्बन्धमा उठेका विषयमा छानबिन गरेर ४५ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल […]
मुगु । मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक ९सई० पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै […]
काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीले ३३ झोले एनजीओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ता निकासा दिन मन्त्रीले दबाब दिएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको दबाबपछि परिषद्का कर्मचारी अप्ठेरोमा छन् । उनी परिषद्की अध्यक्ष पनि हुन्। उनले गत शुक्रबार परिषद्का विभागीय प्रमुखलाई आफ्नो कार्यकक्षमा बोलाएर रकम दिन दबाब दिएकी थिइन्। ‘पहिलो […]
काठमाडौं । भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी […]
काठमाडौँ । देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ । भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र […]
काठमाडौँ । नेकपाका दुई अध्यक्षले पार्टीको तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया प्रस्ताव तयार पार्ने भएका छन् । जेठ ३ मा तत्कालनि एमाले र माओवादीबीच एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता टुंगिएको छैन । एकता प्रस्ताव तयार पार्न पुस १३ मा नेकपा स्थायी समिति बैठकले ९ सदस्यीय कार्यादल बनाएको थियो। तर […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ । परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । बोर्डका उच्च अधिकारीका […]