Sajhamanch Archive

लक्ष्मीनारायणमा कविता लेखन तथा बाचन कार्यक्रम सम्पन्न

Published: in विविधा by . Leave a Comment on लक्ष्मीनारायणमा कविता लेखन तथा बाचन कार्यक्रम सम्पन्न.

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा कविता लेखन तथा वाचन कला सम्बन्धि एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा –१धरमपुर स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूमा रहेको साहित्यप्रतिको झुकाव र अन्तरनिहित क्षमता विकासका लागि कविता लेखन तथा वाचन कला सम्बन्धि कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेले बताए । शिवसताक्षी–१वडा कार्यालयको […]

शिवसताक्षी ६ मा सार्वजनिक सुनुवाई, सहभागीहरुको मिश्रित प्रतिकृया

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ६ मा सार्वजनिक सुनुवाई, सहभागीहरुको मिश्रित प्रतिकृया.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले सार्वनिक सुनुवाई गरेको छ । चालु आ.व.को वडाबाट गरिएका कामको प्रगति र सेवा ग्राहीका प्रश्नको जवाफ दिदै सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी २७८ मध्यने ४३ जनाले विभिन्न विधि अपनाएर गुनासो तथा सुझाव राखेका थिए । सहभागी मध्ये २६ ले उठेर, १३ ले गुनासो […]

शिवसताक्षीका ४ वटा वडामा पशु स्वास्थ्य शिविर सञ्चालन, ६ हजार बढी पशुको निशुल्क उपचार

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका ४ वटा वडामा पशु स्वास्थ्य शिविर सञ्चालन, ६ हजार बढी पशुको निशुल्क उपचार.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित निशुल्क पशु स्वास्थ्य शिविरमा नगरका ६ हजार ५३४ पशुको निशुल्क उउपचार गरिएको छ । नगरपालिकाको पशु स्वाथ्य सेवा शाखाको आयोजनामा वडा नं. १, २, ३ र १० मा सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख्य संंख्यामा पशुहरुलाई विभिन्न रोगहरुको उपचार गरिएको हो । वडा नं. १ मा ७५३, वडा नं. २ मा […]

कनकाई नगरपालिका ५ मा आगलागी, एक जना घाइते

Published: (Updated: ) in विविधा by . Leave a Comment on कनकाई नगरपालिका ५ मा आगलागी, एक जना घाइते.

शिवसताक्षी । कनकाई नगरपालिकामा वडा नं. ५ मा गएराति आगलागी भएको छ । वडा नं. ५ निवासी रविलाल बालकोटीको घरमा गएराति २ बजे आगलागी हुादा गाइकोठ, घरको किचन समेत डडेर नष्ट भएको छ । आगलागीबाट ७ ओटा बाख्रा, ४० मन धान, ७ मन चामल, घरमा राखिएको काठपात जलेर नष्ट भएको बताइएको छ । आगलागीहुँदा सामान […]

श्रीजंग प्राविमा दाताहरुको सहयोगबाट स्मार्ट बालकक्षा निर्माण

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on श्रीजंग प्राविमा दाताहरुको सहयोगबाट स्मार्ट बालकक्षा निर्माण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको श्रीजंग प्राथमिक विद्यालयमा स्मार्ट बालकक्षा निर्माण गरिएको छ । स्थानीय दाताहरुको सहयोगबाट प्लेग्रुपका बालबालिकाहरुका लागि स्मार्ट बालकक्षा निर्माण गरिएको हो । आज उक्त बालकक्षाको वडाध्यक्ष हर्क सिगुले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै वडाध्यक्ष सिंगुले वडाले शिक्षा नियामावली बनाएर नजिकको विद्यालयमा नै विद्यार्थीहरुले अध्ययन गर्ने […]

वडाध्यक्ष खुलालले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा

Published: in समाज, स्थानीय तह by . Leave a Comment on वडाध्यक्ष खुलालले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ को कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ । वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले रचेको भूगोलसहितकोे तस्बिर आफ्नो कार्यकक्षमा राखेका हुन । यस अघि महानगर पालिका काठमाण्डौका मेयर बालेन्द्र शाहले ग्रेटर नेपालको नक्शा आफ्नो कार्यकक्षमा राखेका थिए । […]

शिवसताक्षीको ९ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको ९ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले आजबाट आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । वडा नं.९ को यलम्बर चौकदेखि दक्षिण नव निर्मित भवनको आज उद्घाटन गरी सेवा दिन सुरु गरेको हो । नवनिर्मित भवनको संघीय सांसद एलपी साँवा लिम्बु, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले उद्घाटन गरेका हुन् । यस अघि […]

लक्ष्मी नारायणमा बाल क्लब अभिमुखीकरण

Published: in विविधा by . Leave a Comment on लक्ष्मी नारायणमा बाल क्लब अभिमुखीकरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ को लक्ष्मी नारायण माध्यमिक विद्यालयमा एक दिवशीय बाल अधिकार सम्बन्धी बाल क्बल अभिमुखीकरण गरिएको छ । लक्ष्मी नारायण माध्यमिक विद्यालयका बाल क्लबहरुलाई सहभागी गराई एक दिवशीय अभिमुकीकरण गराइएको हो । बाल अधिकार चेतना समूहको आयोजनामा गरिएको अभिमुखीकरणमा बाल अधिकार, बाल क्लबले गर्नु पर्ने काम कर्तव्य अधिकार, बाल मैत्री […]

पाँच वडाध्यक्षले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाए

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on पाँच वडाध्यक्षले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाए.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडाध्यक्षहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । आगामी आ.व.का लागि शिलिङ बजेट कटौति गरेको भन्दै पाँच वडाध्यक्षहरुले नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएका हुन् । आगामी आर्थिक वर्ष २०८०÷०८१मा वडा सिलिङ बजेट ६० लाख मात्र विनियोजन गर्ने विषय आफुहरुलाई चित्त नबुझेकाले त्यसो नगर्न ध्याकर्षण पत्र बुझाएको वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले […]

चालिस वर्ष पछि माइधार–दोमुखा सडक कालो पत्रे

Published: in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on चालिस वर्ष पछि माइधार–दोमुखा सडक कालो पत्रे.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालीस वर्षपछि कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित ४ करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालो पत्रे भएको बताइएको छ । जसमा शिवसताक्षी नगरपालिकाको […]