Sajhamanch Archive

पूर्व एमालेको प्रदर्शनमा पूर्व माओवादीको अवरोध

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on पूर्व एमालेको प्रदर्शनमा पूर्व माओवादीको अवरोध.

सप्तरी । सप्तरी  जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गर्न खोज्दा अर्को पक्षले अवरोध गरेका छन् । तत्कालिन नेकपा एमाले पक्षधर नेता सुखराम यादव, अशोक यादव, अखिलेश झा, दुर्गानन्द ठाकुर लगायतका कार्यकर्ताले स्थानीय शिव मन्दिर प्राङ्गणबाट प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निकाल्ने तयारी गरेका थिए । तर […]

बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो.

एजेन्सी। बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि […]

बी पी प्रतिष्ठान धरानबाट २१४ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on बी पी प्रतिष्ठान धरानबाट २१४ जना डिस्चार्ज.

सुनसरी । बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट हाल सम्म २१४ जना उपचार पछि डिस्चार्ज भएका छन् । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हाल सम्म २१४ जना डिस्चार्ज भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानबाट आज तीन जना डिस्चार्ज भएका छन् । झापाका दुई जना र सुनसरीका एकजना डिस्चार्ज भएका हुन् । हाल […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले बुझायो आयल निगमलाई ज्ञापनपत्र

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले बुझायो आयल निगमलाई ज्ञापनपत्र.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोली निगम पुगेर […]

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु.

काठमाडौं । पार्टीमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान […]

साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ । तर […]

निजी सवारीमा भाडाका यात्रु बोक्न नदिन यातायात व्यवसायीको माग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on निजी सवारीमा भाडाका यात्रु बोक्न नदिन यातायात व्यवसायीको माग.

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका […]

नेकपा स्थायी कमिटी बैठक असार २६ सम्म स्थगित

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा स्थायी कमिटी बैठक असार २६ सम्म स्थगित.

काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए । गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन । स्रोत : अनलाइनखबर

कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिन माग

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिन माग.

काठमाडौं । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । गृह मन्त्रालयले प्रतिनिधि सभामा दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था भए पनि विवाहको अधिकार दिने प्रस्ताव राखिएको छैन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कैदीबन्दीलाई विवाहको पनि अधिकार दिन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेकी […]

विदेशमा अलपत्र ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा अलपत्र ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै.

काठमाडौं । कोरोना भाइरसको महामारीले विभिन्न देशमा रोजगार गुमाएर अलपत्र परेका तथा स्वदेश फर्कन चाहाने ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदैछन्। आज विभिन्न ६ उडानमार्फत युएई, मलेसिया, कुवेत, कतार लगायतका देशबाट ९ सय ६३ जनालाई ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। नेपाल एयरलाइन्सको जहाजबाट युएईको दुबईबाट आज विहानै १ सय ५० जना नेपाली […]