Sajhamanch Archive

स्वास्थ्यमन्त्री ढकालको बोली एउटा, वास्तविकता अर्कै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्यमन्त्री ढकालको बोली एउटा, वास्तविकता अर्कै.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् […]

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते.

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन । प्रारम्भिक विवरण अनुसार गोलीको छर्रा लागेर केही व्यक्ति घाइते भएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सानो निहुँबाट भएको झगडा राजनीतिकरण भएर ठूलो […]

आज दहि च्युरा खाने दिन, राष्ट्रिय धान दिवस पनि मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज दहि च्युरा खाने दिन, राष्ट्रिय धान दिवस पनि मनाइँदै.

झापा । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ। वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा […]

सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कपको सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कपको सेमिफाइनलमा.

एजेन्सी । सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ । डानी सेबायोसले इन्जुरी टाइममा गोल गरेपछि लण्डन क्लब आर्सनलले सेफिल्डलाई २-१ ले पराजित गरेको हो । सेफिल्डको मैदानमा पेपेले २५ औं मिनेटमा गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । आर्सनल जिततर्फ अघि बढिरहेको बेला ८७ औं मिनेटमा सेफिल्डका लागि डेविड […]

आगलागीमा परी बालिका घाइते,१५ लाख बराबरको क्षति

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on आगलागीमा परी बालिका घाइते,१५ लाख बराबरको क्षति.

भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा नं.३ प्याउलीका कर्ण बहादुर कार्कीको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ भने आगलागीमा परी एक बालिका घाईते भएकी छन् । आज दिउँसो साढे १ बजेको समयमा कार्कीको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छानो भएको कच्ची घर र घर भित्र रहेका खाद्यान्न, […]

‘सलहले क्षति गरेको छैन, दक्षिणी हावाले अर्को समूह ल्याउन सक्ने’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘सलहले क्षति गरेको छैन, दक्षिणी हावाले अर्को समूह ल्याउन सक्ने’.

काठमाडौं । सरकारले आवाज निकालेर, धुवाँ बालेर सलहको झुण्डलाई बस्‍न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। शनिबारबाट नेपालमा पनि सलह कीरा देखा परेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पुर्‍याउने अभियान चलाउन आग्रह गरेको हो। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नर्सरी, करेसाबारी जस्ता […]

प्रादेशिक सञ्चार प्रतिष्ठान समावेशी बनाउन माग

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रादेशिक सञ्चार प्रतिष्ठान समावेशी बनाउन माग.

विराटनगर । प्रदेश १ को प्रादेशिक सञ्चार प्रतिष्ठान गठन प्रक्रियाको विषयमा आइतबार मुख्यमन्त्री शेरधन राईलाई नेपाल प्रेस युनियनले ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री राईलाई युनियनका पदाधिकारीले भेटेर प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेका छन् । सरकारको मन्त्रिपरिषद् निर्णयबाट नियमावली बनेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने सरकारले […]

भारतद्वारा सीमाक्षेत्रमा भिडन्तको आशंकामा एयर डिफेन्स हतियार प्रणालीसहित सेना परिचालन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतद्वारा सीमाक्षेत्रमा भिडन्तको आशंकामा एयर डिफेन्स हतियार प्रणालीसहित सेना परिचालन.

एजेन्सी । पूर्वी लद्दाखमा चीनबाट हुनसक्ने कुनै पनि आक्रामक कदमलाई दुरुत्साहित गर्ने सैन्य योजनाअन्तर्गत भारतले संवदेनशील क्षेत्रमा एयर डिफेन्स हतियार प्रणालीसहित सैन्य संख्या बढाएको द हिन्दूस्तान टाइम्सले जनाएको छ । यसअघि गलवान क्षेत्रमा भएको भिडन्त २० भारतीय सैनिक मारिएका थिए भने १५ जना घाइते भएका थिए, यता चीनतर्फ भने हालसम्म क्षतिको कुनै विवरण सार्वजनिक गरिएको […]

विप्लव समूहका जनसरकार प्रमुखसहित ६ जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विप्लव समूहका जनसरकार प्रमुखसहित ६ जना पक्राउ.

कैलाली । विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका ६ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा कैलाली जिल्ला जनसरकार प्रमुख दल बहादुर वि.क.सहित लक्की शाह, डम्वर सुनार, सुवाष जोशी, प्रकाश रावल र बबर जंग सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि.

विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार संक्रमण पुष्टि […]