Sajhamanch Archive

एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गयो.

ओखलढुंगा । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नं.६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नं.४ का २२ वर्षीय सुदर्शन खत्री छन्। आज बिहान प्रदेश नम्बर ३–०१–००२झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागि वडा नं.९ पोकलीतर्फ जाँदै गर्दा वडा वडा नं.६ को कात्तिके भीरमा दुर्घटना भएको हो। भीरको उकालो […]

थप ४३४ जनामा कोरोना, सङक्रमितको संख्या ११ हजार नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४३४ जनामा कोरोना, सङक्रमितको संख्या ११ हजार नाघ्यो.

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार १ सय ६२ पुगेको छ। यस्तै बितेको २४ घण्टामा ३१२ जना संक्रमित निको भएर घर फर्किएको पनि […]

चक्कु प्रहार गरी श्रीमतीको हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चक्कु प्रहार गरी श्रीमतीको हत्या.

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–३, बानियाँटारमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय कृष्णहरि बानियाँ छन् । गएराति १ बजे विवाद हुँदा उनले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरेको खुलेका प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट सलिनाको घटनास्थलमै मृत्यु भएको महाराजगञ्जका डीएसपी रोशन खड्काले बताए […]

पानी परेको मौकामा क्‍वारेन्टाइनबाटै कोरोना संक्रमित फरार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on पानी परेको मौकामा क्‍वारेन्टाइनबाटै कोरोना संक्रमित फरार.

सप्तरी । सप्तरीमा कोरोना संक्रमित भएका एक पुरुष सोमबार क्वारेन्टाइनबाट फरार भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित बीपी मावि भारदहको क्वारेन्टाइनबाट सोही वडाका २४ वर्षीय पुरुष फरार भएका हुन्। कोरोना संक्रमितको रिपोर्ट आएपछि उनलाई अरुबाट अलग्याएर छुट्टै कोठामा राखिएको थियो। पानी पर्न थालेपछि सुनसान भएको मौका छोपेर उनी फरार भएका हुन्। फरार संक्रमितको खोजीका लागि […]

यस्तो अवस्थामा पनि रहन सक्छ गर्भ, ख्याल राख्नुपर्ने कुरा

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on यस्तो अवस्थामा पनि रहन सक्छ गर्भ, ख्याल राख्नुपर्ने कुरा.

धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु हुन्छ । यसमा पहिलो दिन २४ घण्टासम्म अण्ड जीवित रहन्छ । त्यसैगरी स्पर्म ५ देखि ७ दिनसम्म जीवित रहन सक्छ । यस प्रक्रियाको हिसाबअनुसार ओभ्युलेसन […]

स्वास्थ्य सामग्री खरिदमा अनियमितता : नेपाली रुपैयाँमा मूल्यांकन, डलरमा खरिद सम्झौता

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य सामग्री खरिदमा अनियमितता : नेपाली रुपैयाँमा मूल्यांकन, डलरमा खरिद सम्झौता.

काठमाडौं । कोभिड-१९ रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको पाइएको छ। संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा समिति सभापति भरतकुमार शाहले प्रारम्भिक अध्ययनमा खरिद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्‍न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको बताए। यस्तै खरिद प्रक्रिया अगाडि बढाएर सम्झौता […]

निजी क्षेत्रको गुनासो : विधेयकले निरुत्साहित बनायो, प्रधानमन्त्री भन्छन्– तनाव लिनु पर्दैन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निजी क्षेत्रको गुनासो : विधेयकले निरुत्साहित बनायो, प्रधानमन्त्री भन्छन्– तनाव लिनु पर्दैन.

काठमाडौं । संसदमा छलफलकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेस्रो संशोधन विधेयक, २०७६ विषयलाई लिएर केही दिनयता निजी क्षेत्र डराएको छ । अख्तियारलाई निजी क्षेत्र समेत हेर्न सक्नेगरी क्षेत्राधिकार तोकिएको भन्दै निजी क्षेत्र डराएको हो । यसै सन्दर्भलाई लिएर उद्योगीहरूको संगठन नेपाल उद्योग परिसंघको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ । सोमबार […]

एउटाको गर्भ, अर्कोसँग विवाह

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on एउटाको गर्भ, अर्कोसँग विवाह.

सप्तरी । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नंं.३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बालिकाले गाईबस्तुका लागि घाँस […]

एकै परिवारका चार जनासहित प्रदेश १ मा थपिए १५ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एकै परिवारका चार जनासहित प्रदेश १ मा थपिए १५ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मोरङका १२ जना र झापा तीन जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । मोरङको रंगेली नगरपालिकाका ८ जना र सुन्दरहरैचा नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । […]

पहिरोले दुई वटा गाडी बगायो, दुई जनाको शव फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोले दुई वटा गाडी बगायो, दुई जनाको शव फेला.

पाल्पा । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नं.११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएको छ । पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डीएसपी मदन गिरीले बताए । गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ । डीएसपी गिरीले भने, ‘पहिरोले दुई वटा गाडीलाई […]