Sajhamanch Archive

नारा लगाउँदा धेरै भाइरस निस्कन्छ : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on नारा लगाउँदा धेरै भाइरस निस्कन्छ : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड तथा आन्दोलन गर्नु कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि आत्मघाती हुन सक्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जुलुसमा सामाजिक दुरी कायम हुन नसक्ने बताएका हुन् । पछिल्लो समय सरकारविरुद्ध भइरहेको आन्दोलनप्रति संकेत गदैै उनले भनेका छन्, ‘नारा लगाउँदा (कोही संक्रमित भए)  कोरोना भाइरस धेरै […]

स्थानीय तहले बनाएका क्वारेन्टिन व्यवस्थित भएनन् : मन्त्री कार्की

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on स्थानीय तहले बनाएका क्वारेन्टिन व्यवस्थित भएनन् : मन्त्री कार्की.

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनहरु व्यवस्थित नभएको बताएका छन् । प्रदेश सरकारले बनाएका क्वारेन्टिनहरु भने विश्व स्वास्थ्य संगठनको मापदण्ड (डब्ल्यूएचओ) को मापदण्ड अनुसार नै भएको उनले बताए । शनिबार प्रेस संगठन मोरङले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘प्रदेश सरकारले जति क्वारेन्टिन निर्माण गरेको छ, […]

आइसोलेसनमा दिनहुँ झडप

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आइसोलेसनमा दिनहुँ झडप.

दैलेख । दैलेख सदरमुकामस्थित त्रिभुवन माविको आइसोलेसनमा रहेका कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा शनिबार चार जना घाइते भएका छन् । दोस्रो पीसीआरको नतिजा आउन ढिलो भएको भन्दै आइसोलेसनमा रहेका ४३ जना कोरोना संक्रमित आन्दोलित भएका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर वलीले आइसोलेसनमा रहेका चार जना घाइते भएको जानकारी दिए । ‘आन्दोलनमा […]

पूर्वप्रेमीसँगको तस्बिरमा दीपिकाका पति रणबीरको यस्तो प्रतिक्रिया

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on पूर्वप्रेमीसँगको तस्बिरमा दीपिकाका पति रणबीरको यस्तो प्रतिक्रिया.

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । लकडाउनका कारण दीपिका सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । हालै उनले पूर्व प्रेमी रणवीर कपूरसँगको तस्बिर शेयर गरेकी छिन् । उनले सात वर्ष पुरानो तस्बिर शेयर गरेकी हुन् । तस्बिर फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको थियो । […]

सडेको अवस्थमा महिलाको शव फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सडेको अवस्थमा महिलाको शव फेला.

कपिलवस्तु । कपिलवस्तुको बुद्धुभुमी नगरपालिका वडा नं.९ बरकुलपुर जंगलमा एक महिला मृत अवस्थमा फेला परेकी छन् । गत जेठ २४ गतेबाट हराएकी सोही वडा फत्तेपुरकी ५५ वर्षिया पवित्रा थापाको शव सडेगलेको अवस्थामा फेला परेको हो । मृतकले लगाएको चप्पलले उनको परिवारले शवको पहिचान गरको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए । बायां खुट्टा जंगली जनावरले […]

अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट पास भएपछि प्रधानमन्त्री ओलीले भारतसँग चाँडै वार्ता हुने बताएका हुन् । संविधान संशोधनपछि अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, […]

नयाँ स्थानीय संक्रमण भेटिएपछि बेइजिङमा लकडाउन लागू

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नयाँ स्थानीय संक्रमण भेटिएपछि बेइजिङमा लकडाउन लागू.

एजेन्सी । कोरोनाभाइरस संक्रमणको नयाँ केसहरु भेटिएपछि चीनको राजधानी बेइजिङका केही भागमा शनिबार लकडाउन गरिएको छ । शहरको एउटा होलसेल खाद्य बजारसँग सम्बन्धित नयाँ क्लस्टर फेला परेसँगै लकडाउन लागू गरिएको हो । दक्षिणी बेइजिङको फेङताई जिल्लाका ११ आवसीय क्षेत्रका मानिसहरुलाई घरभित्र बस्न निर्देशन दिइएको छ । संक्रमणको फैलावट रोक्नका लागि नजिकैको सिन्फादी बजारलाई बन्द गरिएको […]

क्वारेन्टिनबाट निस्किएर सडकमा अवरोध, प्रहरीद्वारा हवाई फायर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्वारेन्टिनबाट निस्किएर सडकमा अवरोध, प्रहरीद्वारा हवाई फायर.

रौतहट । समयमा पीसीआर रिपोर्ट नआएको भन्दै रौतहटको क्वारेन्टिनमा बसेका युवाहरूले सडक अवरुद्ध गराएका छन् । रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर १ का तीन वटा क्वारेन्टिनमा बसेका ३०५ जनाले सडक अवरुद्ध गरेका हुन् । उनीहरू क्वारेन्टिनमा बसेको १८/२० दिन हुन लागिसकेको छ भने स्वाब संकलन गरेर पठाएको एक साता पुगेको छ । तर एकसातासम्म रिपोर्ट […]

ग्यास लिक भएर रेष्टुरेन्टमा आगलागी

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ग्यास लिक भएर रेष्टुरेन्टमा आगलागी.

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.४ स्थित टीका तास रेष्टुरेन्टमा ग्यास लिक भएर आगलागी भएको छ। शनिबार करिब ११ बजे रेष्टुरेण्टमा आगलागी भएको हो। रेष्टुरेण्टमा रहेको तीन वटा टेबल, दुई वटा, फ्रिज, टिभीलगायत डेकोरेशनमा आगलागीबाट क्षति पुगेको छ। आगलागीबाट रेष्टुरेन्टको किचनका भाँडाकुडा, डेकोरेशन, टिभि र फ्रिज लगायतका सामग्रीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका […]

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन.

काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन […]