Sajhamanch Archive

गगनको प्रश्न : क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सट्रेसन क्याम्प ?

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गगनको प्रश्न : क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सट्रेसन क्याम्प ?.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘सबै कुरा म जान्छु’ भन्ने प्रधानमन्त्रीको अहंकार कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी रोक्न समस्या भएको बताएको छ । सरकारको अकर्मन्यता र असक्षमताका कारण कारोना महामारीको अवस्था आएको भन्दै उसले चर्को आलोचना भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले नेपालभन्दा बाहिर १२७ जना र […]

आज अष्ट्रेलिया र भोलि यूएईबाट आउँदैछन् उद्दार गरिएका नेपाली

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज अष्ट्रेलिया र भोलि यूएईबाट आउँदैछन् उद्दार गरिएका नेपाली.

काठमाडौं । विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्दार गर्ने नीति अनुरुप मंगलबार बेलुकी अष्ट्रेलियाबाट नेपाली नागरिक आउँदैछन् । नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरुलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये एउटामा राख्नेछ । होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राख्ने तयारी सेनाले गरे पनि उद्दार गरिने व्यक्तिको […]

दिउँसो डाक्टर राती र्‍यापर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on दिउँसो डाक्टर राती र्‍यापर.

एजेन्सी । नामिबियामा कोरोनाभाइरसको संक्रमण निकै कम छ र यो देश मार्चमा लगाइएको लकडाउनबाट क्रमशः बाहिरिँदै छ । यहाँ लकडाउनमा चरणबद्ध तरिकाले राहत दिइँदैछ ।कोरोना कालमा नामिबियामा डाक्टरको रुपमा काम गर्ने लाटोया ममबोला आफ्नो खाली समयमा गीत गाउँछिन् । उनी दिउँसो अस्पतालमा बिरामीको उपचार गर्छिन् र राती र्याप हान्छिन् ।र्‍यापिङको दुनियाँमा उनलाई लायनेसको नामले पनि […]

करेन्ट लागेर एकजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on करेन्ट लागेर एकजनाको मृत्यु.

पर्सा । करेन्ट लागेर पर्सामा एकजना पुरुषको मृत्यु भएको छ। धोविनी गाउँपालिका वडा नं.३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेलको करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो। शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए। गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा […]

झापाका थप २८ जनाले जिते कोरोना

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापाका थप २८ जनाले जिते कोरोना.

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप २८ जना कोरोना जितेर घर फर्किएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका २८ जना पुरुषहरु डिस्चार्ज भएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषलाई डिस्चार्ज गरिएको छ […]

पिसिआर परीक्षण नगरी फर्काइए १४३ संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पिसिआर परीक्षण नगरी फर्काइए १४३ संक्रमित.

कपिलस्तु । कोरोनाको केन्द्र बनेको कपिलस्तुमा पिसिआर परीक्षण नगरी कोरोनामुक्त भएको भन्दै आइसोलेसनमा उपचाररत एक सय ४३ जनालाई घर फर्काइएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुरूप पालिकाहरूले आइसोलेसनमा बसेका संक्रमितलाई निको भएको भन्दै घर फर्काउन थालेका हुन् । निर्देशिकाअनुसार जिल्लाका नौजना संक्रमितलाई बुटवलस्थित कोरोना विशेष अस्पातलबाट घर फर्काइएको थियो । जिल्लाकै स्थानीय तहहरूले एक सय […]

थाइल्याण्डमा छोरीहरुसँग हिमानीको टिकटक डान्स,पारसले गरे सेयर

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on थाइल्याण्डमा छोरीहरुसँग हिमानीको टिकटक डान्स,पारसले गरे सेयर.

विश्वभर युवापुस्ताबीच अत्यधिक लोकप्रिय बनिरहेको एप हो टिकटक । लकडाउनमा त झन् यो एपको प्रयोगकर्ता ह्वात्तै बढेका छन् । यही चिनियाँ एपमा प्रवेश भएको छ, पूर्व यूवराज्ञी हिमानी शाहको । उनले दुई छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको छ । ‘गुराँसको फेदमुनि‘।’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी […]

क्‍वारेन्टाइनमा वडाअध्यक्ष माथि हातपात

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on क्‍वारेन्टाइनमा वडाअध्यक्ष माथि हातपात.

दैलेख । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ११ स्थित क्‍वारेन्टाइनमा बसेकाहरूले वडाअध्यक्षमाथि आक्रमण गरेका छन्। स्थानीय भैरव प्राथमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेका ६ जनाको टोलीले आफूमाथि कुटपिट गरेको वडाअध्यक्ष खगेन्द्र थापाले जानकारी दिएका छन्। चामल सकियो भन्दै फोन गरेर बोलाएर आफूमाथि नियोजितरुपमा हातपात भएको थापाले बताए। ती युवाहरुको समूहले घटनाअघि आफूहरूलाई राम्रो चामलको ब्यवस्था नभएको गुनासो […]

भैंसीफर्ममा काम गर्ने पाँच जनाको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on भैंसीफर्ममा काम गर्ने पाँच जनाको हत्या.

रुपन्देही । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा पाँच जनाको हत्या भएको छ। कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने पाँच जनाको हत्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिए। स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच जना अन्य कामदारको हत्या गरि फरार भएको थापाले जानकारी दिए। मृतकहरु को को हुन् […]

डब्ल्यूएचओले ब्राजिललाई भन्यो– कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्नू

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on डब्ल्यूएचओले ब्राजिललाई भन्यो– कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्नू.

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल गरेको छ । मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर केवल पछिल्लो २४ घण्टामा […]