Sajhamanch Archive

थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो.

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३२३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दिएको जानकारीअनुसार शनिबार विभिन्न जिल्लामा ३२३ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ। तीमध्ये ३६५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ। शनिबारसम्म देशभरि १ […]

स्वास्थ्यमन्त्रीलाई सांसद तुलाचनको प्रश्न –‘कोरोना रोक्न मैले तपाईंलाई दिएको मह खै ?

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वास्थ्यमन्त्रीलाई सांसद तुलाचनको प्रश्न –‘कोरोना रोक्न मैले तपाईंलाई दिएको मह खै ?.

काठमाडौं । नेकपा सांसद प्रेमप्रसाद तुलाचनले कोरोनाभाइरस रोकथामका लागि सबै संक्रमितलाई हिमाली मह खुवाउन आग्रह गरेका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एक महिनाअघि स्वास्थ्य मन्त्रीलाई मह दिएपनि कुनै ध्यान नदिएकोमा गुनासो गरे । सांसद तुलाचनले भने, ‘मैले एक महिना अघि माननीय स्वास्थ्यमन्त्रीलाई कोरोनाको औषधीको रुपमा परीक्षण गर्न प्राकृतिक मह दिएको थिएँ । […]

संघर्षदेखि सफलतासम्मः यति परिवर्तन भइन् नेहा कक्कड

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on संघर्षदेखि सफलतासम्मः यति परिवर्तन भइन् नेहा कक्कड.

बलिउडकी चर्चित गायिका तथा रियालिटी शोकी निर्णायक नेहा कक्कडको आज अर्थात् ६ जूनमा जन्मदिन हो । नेहा आज जुन अवस्थामा आइपुगेकी छिन् त्यसका लागि उनले र उनको परिवारले निकै संघर्ष गर्नुपरेको छ । उनी आफ्नी बहिनी सोनूसँग भजन तिर गाउँथिन्, अहिले उनी देशको सबैभन्दा धेरै पारिश्रमिक लिने गायिकामध्येकी एक हुन् । नेहाका भाइ टोनी कक्कडले […]

कस्तो बन्दैछ स्थानीय सरकारको बजेट ?

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on कस्तो बन्दैछ स्थानीय सरकारको बजेट ?.

काठमाडौं । संघीय सरकारको बजेट सार्वजनिक भएसँगै सोही आधारमा प्रदेश र स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार प्रदेशले १ असार र स्थानीय तहले १० असारमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउनुपर्छ । स्वास्थ्य क्षेत्रलाई बजेट बढाउँदै बनेको संघीय बजेटका लक्ष्य र उद्देश्य पुरा गर्ने गरी तल्लो […]

‘सरकार इमानदारी छैन, कार्पेट कसरी व्यवस्था गर्ने भनेर लागेको छ’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सरकार इमानदारी छैन, कार्पेट कसरी व्यवस्था गर्ने भनेर लागेको छ’.

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले वर्तमान सरकारको नेतृत्व गरिरहेकाहरूसँग इमानदारी नभएको आरोप लगाएका छन्। आजको संसद बैठकमा बोल्दै डा.रिजालले कोरोनासँग लड्ने ठोस योजना ल्याउन नसकेको बताएका हुन्। ‘कोरोनाविरुद्ध लड्दा अहिले विनियोजन भएको पैसा सुरुकै महिनामा सकिन्छ अब पैसा कसरी पुर्‍याउँछ ?’ उनले सरकारलाई सोधे, ‘हिजो सरकार बनाउँदा ढुकुटी रित्तो छ भन्ने सरकार अहिले […]

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on तीन लाख घुससहित वडाध्यक्ष पक्राउ.

पाल्पा । तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं.७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ । शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान […]

हल खुलेपछि तत्काल के चलाउने ?

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on हल खुलेपछि तत्काल के चलाउने ?.

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै लैजाने नीति लिएको छ । यसका लागि सरकारले विभिन्न चरण समेत तोक्ने तयारी गरेको छ । सरकारले लकडाउन खुकुलो बनाउने नीति लिएसँगै कुन क्षेत्र कहिले खुल्ने भन्ने पनि स्पष्ट हुनेछ। सरकारको लकडाउन खुकुलो बनाउने नीति हेर्दा, चलचित्र भवनहरू भदौ अगाडि खुल्ने सम्भावना छैन । हल खुलेपछि तत्काल के चलाउने ? हल […]

 ६६ लाख बढीको अवैध सामान बरामद

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on  ६६ लाख बढीको अवैध सामान बरामद.

रौतहट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनकै अवधिमा रौतहट प्रहरीले ६६ लाख भन्दा बढीको सामान बरामद गरेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनमा विभिन्न नाका हुँदै तस्करहरुले भित्र्याएको उक्त मूल्य बराबरको बिभिन्न सामान प्रहरीले बरामद गरेको हो । रौतहट प्रहरीप्रमुख एसपी रबीराज खड्काको विशेष सक्रियतामा तस्करीका […]

कोरोना पुष्टि भएपछि युवक सम्पर्कविहीन

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना पुष्टि भएपछि युवक सम्पर्कविहीन.

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको क्वरेन्टीनमा राखिएका कोरोना सङ्क्रमित युवक सम्पर्कविहीन भएपछि खोजी कार्य जारी रहेको छ । सङ्क्रमित युवक शुक्रबार दिउँसोदेखि फरार रहेका छन् । गाउँपालिकाले निर्माण गरेको क्वरेन्टीनमा बसेका ती युवासँगै ११ जनाको स्वाब परीक्षणको लागि धुलिखेल पठाइएकोमा उनीहरुको रिपोर्ट नआउँदै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले सबैजनाको रिपोर्ट नेगेटिभ आएको भन्दै बिदाइ गरेर घर […]

एएफसीद्वारा विश्वकप छनोट खेल अक्टोबर र नोभेम्बरमा गर्न प्रस्ताव

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on एएफसीद्वारा विश्वकप छनोट खेल अक्टोबर र नोभेम्बरमा गर्न प्रस्ताव.

एजेन्सी । एसियाली फुटबल फेडेरेसन (एएफसी) ले फिफासँग परामर्श गर्दै फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो । एएफसीले अब अक्टोबर र नोभेम्बरमा छनोट […]