निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको छेतेन गुरुङ र सन्तोष सेन निर्देशित यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को अहिले धमाधम विदेश राइट्स विक्री भैरहेको छ । हालै नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ५१ लाखभन्दा बढी मूल्यमा फिल्म विक्री भएको थियो । यसबीच, यूके र यूरोपका आठ देशका लागि पनि फिल्म विक्री भएको […]
धरान । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान उपमहानगरपालिकाको भानुचौकमा राष्ट्रिय झण्डा फहराएका छन् । भानुभक्तको मूर्ति नजिकै उपमहानगरपालिकाको तर्फबाट आयोजित कार्यक्रममा देउवाले झण्डोत्तोलन गरेका हुन् । काठमाडौंको माइतीघरकै झल्को आउने गरी भानुचोकमा राष्ट्रिय झण्डा फहराइएको छ । प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा धरानका नगर प्रमुख तिलक राई पनि उपस्थित थिए । अनलाइनखबर
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन लागि परेको दाबी गरेका छन् । उनले सरकार गठन भएको दुई वर्षलाई संघीयता कार्यान्वय र विकासको आधार वर्ष भएकाले अबका वर्ष प्रदेशको विकास र समृद्धिको वर्ष हुने दाबी गरे । ७० औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा […]
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सस्तो रमझमले भ्रमण वर्ष सफल नहुने बताएका छन् । आज अर्थ समितिले बैठकमा समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भटट्टराईले अत्यावश्यक पुर्वाधार बनाउने हो भने पर्यटक स्वतः आकर्षित हुने बताए । ‘हामी हामी रमझम गरेर, सडकमा नाचेर पर्यटक आउँदैनन्’ उनले भने, पूर्वाधार बनाइदिउँ, आफैं आउँछन् ।’ पूर्वाधार बनाएर विदेशी सञ्चारमाध्यममा विज्ञापन […]
बैतडी । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले आज बिहान ९ बजे उनलाई पक्राउ गरेको हो । चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई […]
झापा । हल्दिबारी १ स्थित दुर्गा देबि प्राथमिक बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ। बिर्तामोडमा व्वयसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय युवाहरुले विद्यार्थीलाई आवश्यक पर्ने कपि,कलम,पेन्सिल,लगाएतका सामाग्री हस्तान्तरण गरिएको हो । सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न सामाग्री वितरण गरिएको संयोजक नितेश ओलिले बताए । झापाली युवा युवराज दाहाल ,भुमी ,प्रज्वल कडरिया,सागर पौडेल ,तपस्या […]
बाह्रदशी । दिपजन अंग्रेजी माध्यमिक विद्यालय डाँगीवारीको १३ औं वार्षिकोत्सव विविध कार्यक्रमका वीच आज सम्पन्न भएको छ । विद्यालयका संस्थापक निर्देशक देवेन्द्रप्रसाद चम्लगाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी रहेका थिए । नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहेको कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने गोविन्दप्रसाद उप्रेती, खेमराज खरेल र […]
विदेश मोह त्यागेर स्वदेशमै गाईपालन गरेर बसेको एक युवकको कथा पेश गरिएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ह्याट्रिक गरेको छ । फिल्मले तीनवटा विधामा अवार्ड जितेको छ । सोमवार समापन भएको फेस्टिभलमा फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड, उत्कृष्ट अभिनेता र उत्कृष्ट छायांकन जुरी अवार्ड प्राप्त गर्यो । ‘गोपी’ […]
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसमा प्रमुख अतिथिकारुपमा निम्त्याइएका थिए । त्यस क्रममा उनले स्व. मदन भण्डारीको शालिक अनावरणसमेत गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीलेसँगै रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाको प्रशंग कोट्याए । ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ’ […]
बुटवल । मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट ६ जना पक्राउ परेका छन् । बुटवल देविनगरस्थित लुम्बिनी आयुर्वेद अस्पताल अगाडिबाट सोमबार मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । अनुसन्धानका क्रममा उक्त समूहले चार वटा मोटरसाइकल र एउटा स्कुटी चोरेर विभिन्न स्थानमा […]