Sajhamanch Archive

हरियाली सामुदायिक वनको १० औं वार्षिक साधारणसभा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हरियाली सामुदायिक वनको १० औं वार्षिक साधारणसभा.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नंं.६ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । वनका अध्यक्ष जगतकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, बिर्तामोड नगरपालिका वडा नंं.६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वा, सामुदायिक वन उपभोक्ता महासंघका वेदप्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए […]

एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहियो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहियो.

एजेन्सी । अस्ट्रेलियाले एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहिएको बताएको छ । लामो समयको डढेलेको कारण जनावरको सङ्ख्या र वासस्थान मासिएकोले ती जनावरलाई तत्काल सहयोग चाहिएको अस्ट्रेलियाले बताएको छ । अस्ट्रेलियाले गरेको अध्ययनअनुसार दक्षिण र पूर्वमा जङ्गली जनावरले कम्तीमा ३० प्रतिशत बासस्थान गुमाएका छन् । एक सय १३ प्रजातिमध्ये केही प्रजाति लोप हुने […]

चितुवाको छाला र भालुको पित्तसहित दुईजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चितुवाको छाला र भालुको पित्तसहित दुईजना पक्राउ.

काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। तारकेश्वर नगरपालिका वडा नं.४ पुरानो गुहेश्वरीमा अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ मङ्गलबार महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो। उक्त स्थानमा […]

रंगशालामा गीत खिचियो, ‘सक्कीगोनि’ मा प्रचार

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on रंगशालामा गीत खिचियो, ‘सक्कीगोनि’ मा प्रचार.

महाशिवरात्रीको अवसर पारेर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चर्चित हास्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत फिल्म ‘सेन्टी भाइरस’ को दोस्रो गीत ‘पार्टी जिताइदे’ चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा खिचिएको छ । फिल्मको कथाको मागअनुसार गीतको छायांकन गरिएको निर्माण टिमले बताएको छ । गीतमा फिल्मका प्रमुख कलाकारहरु […]

प्रतिनिधिसभा बैठकको शून्य समयमा कसले के भने ?

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभा बैठकको शून्य समयमा कसले के भने ?.

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । चीनबाट संक्रमण सुरु भएका कारोना भाइरसका नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव, ललिता निवास प्रकरणमा अख्तियारको निर्णय र छुवाछुत लगायतका विषयहरु बैठकमा उठेका छन् । सांसद विद्या भट्टाराईले विश्वमा कोरोनाको जोखिम बढेको सन्दर्भमा विमानस्थलमा राखिएको स्क्यानिङन मेसिनबाट हुने चेकजाँचलाई प्रभावकारी बनाउनुपर्ने बताइन् […]

जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जिल्ला इन्चार्जसहित दुई जना पक्राउ.

तनहुँ । विप्लव समूहका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते जनयुद्ध दिवसको अघिल्लो दिन मंगलबार राति तनहुँको जामुनेबाट उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार राति १२ बजे जामुनेमा जनयुद्ध दिवसको पोष्टर टास्दै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अनलाइनखबर

‘भ्यालेन्टाइन डे’ का लागि गत वर्षको तुलनामा फूलको माग कम

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ‘भ्यालेन्टाइन डे’ का लागि गत वर्षको तुलनामा फूलको माग कम.

काठमाडौ । प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् । अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसोसियशन अफ् नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजुले बताए । गएको वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो । यो वर्ष भने झण्डै […]

इटहरीमा बस दुर्घटना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इटहरीमा बस दुर्घटना.

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं.२ यातायात कार्यालय अगाडी आज बिहान भएको बस दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौबाट खादबारी तर्फ जादै गरेको बा ४ ख ५७८९ न. को बस अनियन्त्रित भई कोशी राजमार्गमा पल्टिदा संखुवासभा चौवाबेसी गाउँपालिका वडा नं. २ बस्ने रबि सेन्चुरी र […]

लगनगाँठो कस्दै आँचल

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on लगनगाँठो कस्दै आँचल.

गएको एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा रहेकी अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदैछिन् । फागुन पहिलो हप्ता उनको टिकाटालो हुँदैछ । आँचलले यसै वर्षको फागुनमा विवाह गर्ने निश्चित भएको जानकारी दिँदै आए पनि विवाहको मिति भने गोप्य राखेकी थिइन् । दुई परिवारबीच विवाहको मितिलाई लिएर छलफल भैरहेको उनको भनाई थियो । यसबीच, उदिपसँग […]

ट्याक्टरबाट लडेर झापामा एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्याक्टरबाट लडेर झापामा एकजनाको ज्यान गयो.

झापा । मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार बेलुका ७ बजे झापा शिवसताक्षी लालझोडास्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह चालक लिम्बु एक्कासी ट्याक्टरबाट लडि गम्भिर घाईते भएका थिए । घाईते उनको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको […]