Sajhamanch Archive

लिपुलेक विवाद समाधान गर्न दुवै देश वार्तामा बस्नुपर्छ : भारतीय रक्षा मन्त्री सिंह

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on लिपुलेक विवाद समाधान गर्न दुवै देश वार्तामा बस्नुपर्छ : भारतीय रक्षा मन्त्री सिंह.

एजेन्सी । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वातामा उनले लिपुलेकलगायत क्षेत्रमा देखिएको सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका हुन् । ‘लिपुलेकको विषयमा नेपालसँग केही असमझदारी उत्पन्न भएको छ, जसलाई वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ’, आजतकसँगको अन्तर्वार्तामा राजनाथ सिंहले भने । […]

‘जर्ज फ्लोयड’ को मृत्युलाई लिएर अमेरिकामा भड्कियो हिंसा, निषेधाज्ञा तोडेर हजारौं सडकमा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ‘जर्ज फ्लोयड’ को मृत्युलाई लिएर अमेरिकामा भड्कियो हिंसा, निषेधाज्ञा तोडेर हजारौं सडकमा.

अमेरिका । संयुक्त राज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ । अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ । प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी […]

कोरोनाबाट विश्वभर ज्यान गुमाउने ३ लाख ६६ हजार ३७४ पुगे

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कोरोनाबाट विश्वभर ज्यान गुमाउने ३ लाख ६६ हजार ३७४ पुगे.

काठमाडौँ । विश्वका विभिन्न मुलुकबाट एकै दिन ७७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् । शुक्रबार विहान ७ बजेसम्म विश्वका विभिन्न मुलुकमा २५ लाख ७९ हजार ५३४ जना मानिस संक्रमणमुक्त भएकोमा शनिवार विहान ५ बजेसम्म २६ लाख ५६ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् । अर्थात ७७ हजार १०९ […]

विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग भएको घोषणा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग भएको घोषणा.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट अलग्गिने घोषणा गरेका छन्। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसलाई शुरुमै नियन्त्रणमा नलिएको आरोप लगाउँदै ट्रम्पले शुक्रबार डब्ल्यूएचओमा अमेरिका नरहने बताएका हुन्। संयुक्त राष्ट्रसंघ (युएन) अन्तर्गतको यो एजेन्सीका लागि अमेरिकाले दिँदै आएको सहायता ट्रम्पले यसअघि नै रोकेका थिए। साथै, डब्ल्यूएचओ चीनको कठपुतली भएको आरोप […]

काेराेना सङ्क्रमणकाे ‘अर्काे झट्का’काे लागि तयार रहाैँ : विश्व स्वास्थ्य सङ्गठन

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on काेराेना सङ्क्रमणकाे ‘अर्काे झट्का’काे लागि तयार रहाैँ : विश्व स्वास्थ्य सङ्गठन.

एजेन्सी । कोरोना सङ्क्रमणको बढ्दो महामारीलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) का वरिष्ठ अधिकारी डाक्टर डेभिड नबारोले भने, ‘हामी कोरोना भाइरस सङ्क्रमणको अर्को झट्काको लागि तयार रहनुपर्छ । लकडाउन खुकुलो हुँदै जाँदा कोरोना सङ्क्रमण बढ्दै झन् तीव्र गतिमा बढ्दै जान सक्छ, जसको लागि हामी तयार रहनुपर्छ ।’ ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन २६ हजारभन्दा धेरैमा […]

सोमालियामा ९ चिकित्सकको हत्या

Published: in विश्व समाचार by . Leave a Comment on सोमालियामा ९ चिकित्सकको हत्या.

मोगादिशु । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ । स्थानीय सञ्चार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् । सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि […]

निहत्था व्यक्तिको हिरासतमै भएको मृत्युलाई लिएर अमेरिकामा भएको प्रदर्शनले लियो उग्र रुप

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on निहत्था व्यक्तिको हिरासतमै भएको मृत्युलाई लिएर अमेरिकामा भएको प्रदर्शनले लियो उग्र रुप.

हिरासतमै निहत्था अश्वेत व्यक्तिको निधन भएको घटनापछि अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलसमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । लगातार दोस्रो दिन शहरको अवस्था तनावग्रस्त बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगासहितका पत्थर प्रहार गरेका छन् । यस्तै स्थानीय पसलहरुमा लुटपाट समेत भएको छ । श्वेत प्रहरी […]

क्यान्सर हुने खतरा भन्दै कोरियाद्वारा ३१ प्रकारका मधुमेहको औषधिमा प्रतिबन्ध

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on क्यान्सर हुने खतरा भन्दै कोरियाद्वारा ३१ प्रकारका मधुमेहको औषधिमा प्रतिबन्ध.

सउल। मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ । जनस्वास्थ्य निकायका अनुसार ‘कार्सिनोजिन’ मात्रा समावेश भएका औषधि प्रयोगले क्यान्सरको जोखिम रहने एक अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो । ती सबै मेटफर्मिनमा आधारित […]

ट्रम्पले सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने धम्की दिए

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ट्रम्पले सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने धम्की दिए.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्ने धम्की दिन अनौठो कदम चालेका छन् । ट्विटरले ट्रम्पको ट्वीटमा पहिलो पटक सत्यता जाँच गरेपछि यस्तो धम्की आएको हो । राष्ट्रपति ट्रम्प र सामाजिक सञ्जालबीचको द्वन्द्व पटक–पटक देखिने गरेको छ । तर अब डोनाल्ड ट्रम्प र ट्विटरबीच आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावअघि एउटा […]

४४ वर्षको लडाईंमा जति अमेरिकी मारिए, कोरोनाले तीन महिनाभित्रै लियो ज्यान

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ४४ वर्षको लडाईंमा जति अमेरिकी मारिए, कोरोनाले तीन महिनाभित्रै लियो ज्यान.

एजेन्सी । कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कूल ४४ वर्षको लडाईँमा जति अमेरिकीको ज्यान गयो लगभग त्यति नै संख्यामा तीन महिनाभित्र कोरोनाका कारण अमेरिकीको ज्यान गएको छ । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरलाई चिनियाँ भाइरस पनि भन्छन् । कोरोना भाइरसले संसारकै सुपर पावर देशलाई सर्वाधिक प्रभावित पारेको छ । – अमेरिकापछि बेलायतमा सर्वाधिक मृत्यु भएको छ । […]