Sajhamanch Archive

भारतमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गयो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गयो.

काठमाण्डौ । भारतको राजस्थान जोधपुरमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गएको छ । शनिबार बिहान भएको दुर्घटनामा परि ११ जनाको घटनास्थलमै ज्यान गएको र अरु तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेहरु रामदेवरा दर्शनका लागि गएका थिए । दुर्घटनामा एकै परिवारका ४ जना पुरुष, ६ जना […]

सुडानमा पनि कोरोनाबाट एकजनाको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on सुडानमा पनि कोरोनाबाट एकजनाको मृत्यु.

अफ्रिकी मुलुक सुडानमा पनि कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ। ५० वर्षे सुडानी नागरिकको मृत्यु भएको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनको मृत्यु राजधानी खार्तुममा भएको थियो। मार्चमा संयुक्त अरब इमिरेटसको भ्रमण गरेपछि उनलाई उक्त भाइरस संक्रमित भएको आशंका गरिएको छ। सुडानले बिहीबार कोरोना भाइरसबाट प्रभावित मुलुक इटाली र इजिप्टको […]

यो हो दुनियाँको सबैभन्दा डरलाग्दो बिरालो

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यो हो दुनियाँको सबैभन्दा डरलाग्दो बिरालो.

के तपाईंलाई बिरालो देख्दा डर लाग्दछ ? सायद डर लाग्दैन होला । तर यदि तपाई‌ंले यो बिरालोको तस्वीर मात्र पनि देख्नुभयो भने अवश्य डराउनु हुनेछ । नडराउने पनि कसरी? आखिर यो विश्वकै सबैभन्दा डरलाग्दो बिरालो न पर्‍यो । उक्त बिरालोको नाम ह्जभचमबल हो । स्विजरल्याण्डको रुटी भन्ने ठाउँमा रहेको यो बिरालोको उमेर ६ वर्षको छ […]

अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा.

काठमाडौं । अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन्। ‘अब हाम्रा लागि निकै महत्वपूर्ण छ। कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै कोसिस गर्ने छौं’ पत्रकार सम्मेलनमा ट्रम्पले भने ‘यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौं।’ ट्रम्पले […]

कोरोना भाइरसः अमेरिकामा अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरसः अमेरिकामा अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा.

 कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ। म आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछुु, ह्वाइट हाउसको रोज गार्डेनबाट शुक्रबार सम्बोधन गर्दै ट्रम्पले भने। राष्ट्रिय संकटकालको घोषणा गर्दै […]

सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक.

 भारतले कोभिड-१९ फैलन नदिने प्रयासस्वरूप, केही निश्चित वर्गका बाहेक, देश भित्रनकालागि आवश्यक सबै प्रवेशाज्ञा एक महिनाकालागि निलम्बन गरिएको घोषणा गरेको छ। गैरआवासीय भारतीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान पनि १५ एप्रिलसम्मका निम्ति निलम्बन गरिएको छ।भारत सरकारको यो कदमले देशमा पर्यटन, होटेल र हवाई सेवा उद्योगमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ। भारतमा हालसम्म […]

कुवेत सरकारले व्यावसायिक हवाई सेवा बन्द गर्ने

Published: (Updated: ) in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on कुवेत सरकारले व्यावसायिक हवाई सेवा बन्द गर्ने.

काठमाडौं । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । विश्वव्यापी रूप फैलिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् । […]

कोरोनाको सङ्क्रमण १ सय १९ देशमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको सङ्क्रमण १ सय १९ देशमा.

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण एक सय १९ देशमा पुगेको छ । अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार दुई सय ९९ पुगेको छ । कोरोनाबाट सबैभन्दा धेरै चीनमा तीन हजार एक सय ५८ जनाले ज्यान गएको छ । पछिल्लो […]

बेलायतकी स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

Published: (Updated: ) in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बेलायतकी स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण.

बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजमा कोरोनाको संक्रमण पुष्टि भएको छ । उनले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छिन् । बेलायतमा करिब ४०० जनामा संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ । देशैभर कडा प्रतिबन्ध लगाइएको इटलीमा मृतकको संख्या ६३१ पुगेको छ ।संक्रमितको संख्या १० हजार १४९ पुगेको छ । चीनमा भने निकै कम संख्यामा […]

सुडानका प्रधानमन्त्री हाम्दोकको हत्या प्रयास

Published: in विश्व समाचार by . Leave a Comment on सुडानका प्रधानमन्त्री हाम्दोकको हत्या प्रयास.

सुडान । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक हत्या प्रयासमा बच्न सफल भएका छन् । राजधानी खार्तुममै कार्यालयतर्फ जाँदै गर्दा उनको कारलाई लक्षित गरी विस्फोट गराइएको थियो । ‘प्रधानमन्त्री अब्दल्ला हाम्दोकको कार जाँदै गर्दा एउटा विस्फोट भयो । तर, धन्य ईश्वर कसैलाई केही भएन,’ प्रधानमन्त्री कार्यालयका निर्देशक अलि बखितले भनेका छन् । प्रधानमन्त्रीलाई अहिले सुरक्षित स्थानमा लगिसकिएको […]