Sajhamanch Archive

म्याग्नाकार्टा चोर्ने प्रयास, एक पुरुष गिरफ्तार

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on म्याग्नाकार्टा चोर्ने प्रयास, एक पुरुष गिरफ्तार.

मानव अधिकार तथा कानूनी शासनको महाअधिकारपत्र मानिने बेलायतको म्याग्नाकार्टाको सक्कलप्रति चोर्ने प्रयास भएको छ । सन् १२१५ मा प्रकाशित म्याग्नाकार्टाको सक्कल प्रति चोरी गर्ने प्रयास गरेको भन्दै ४७ वर्षका मार्क रोएडेन नामक व्यक्तिलाई पक्राउ गरिएको हो । साल्सबरी क्याथर्डलमा सिसाको बलियो बाकसभित्र राखिएको म्याग्नाकार्टाको सक्कल प्रति चोर्नका लागि ती व्यक्तिले हथौडाले हानेर बाकस फोड्ने प्रयास […]

अनाथालयमा आगो लाग्दा पन्ध्र बालबालिकाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अनाथालयमा आगो लाग्दा पन्ध्र बालबालिकाको ज्यान गयो.

हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको ज्यान गएको छ । राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर ज्यान गएको बीबीसीले जनाएको छ । १३ जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । स्थानीय इन्स्टिच्युट फर साेसियल वेलफेयरका निर्देशक एरिएल जाेन्टी भिल्ड्रेनले अनुमति बिनै सञ्चालन […]

तालिवानीहरुसँगको वार्ताको वातारण सकारात्मक : अमेरिकी विदेशमन्त्री पोम्पेओ

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on तालिवानीहरुसँगको वार्ताको वातारण सकारात्मक : अमेरिकी विदेशमन्त्री पोम्पेओ.

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवानीहरुसँगको शान्ति वार्तामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । दुवै पक्ष अफगानिस्तानमा जारी विवाद समाधानका लागि एक वर्षदेखि युद्ध विराम गरी वार्तामा संलग्न रहेका छन् । गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँग वार्ता नहुने बताएपनि पछिल्ला दिनहरुमा भएका प्रयास सकारात्मक भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँगको […]

बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गयो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गयो.

एजेन्सी । भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको थियो । फिरोजावाद प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको ज्यान गएको बताएको छ । ‘भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि […]

एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहियो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहियो.

एजेन्सी । अस्ट्रेलियाले एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहिएको बताएको छ । लामो समयको डढेलेको कारण जनावरको सङ्ख्या र वासस्थान मासिएकोले ती जनावरलाई तत्काल सहयोग चाहिएको अस्ट्रेलियाले बताएको छ । अस्ट्रेलियाले गरेको अध्ययनअनुसार दक्षिण र पूर्वमा जङ्गली जनावरले कम्तीमा ३० प्रतिशत बासस्थान गुमाएका छन् । एक सय १३ प्रजातिमध्ये केही प्रजाति लोप हुने […]

यो हो अंग्रेजीको सबैभन्दा लामो शब्द, जसलाई पढ्न घण्टौं लाग्छ

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यो हो अंग्रेजीको सबैभन्दा लामो शब्द, जसलाई पढ्न घण्टौं लाग्छ.

मानिसहरूलाई सामान्यतया युरोपको अहिले टुक्रिसकेको मुलुक चेकोस्लोभाकिया (Czechoslovakia) जस्ता अंग्रेजीका लामा शब्दहरू पढ्न निकै गाह्रो लाग्छ । तर यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द पनि छ, जसलाई फरर्र पढ्दासमेत साढे ३ घण्टा लाग्छ । तपाईंलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्दछ कि अंग्रेजी भाषाको सबैभन्दा लामो शब्द १ लाख ८९ हजार ८१९ वटा अक्षरको […]

जोआक्वीन फिनिक्स र जेलवेंगरले जिते ओस्कारको सर्वोत्कष्ट अवार्ड, कुन विधामा कसलाई ? (सूचिसहित)

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on जोआक्वीन फिनिक्स र जेलवेंगरले जिते ओस्कारको सर्वोत्कष्ट अवार्ड, कुन विधामा कसलाई ? (सूचिसहित).

एजेन्सी ।  अन्तर्राष्ट्रिय चलचित्र जगतको सर्वोत्कृष्ट अवार्ड ओस्कार अवार्डमा चलचित्र ‘जोकर’का नायक जोआक्वीन फिनिक्स सर्वोकृष्ट अभिनेता घोषित भएका छन्। ४५ वर्षे अमेरिकी कलाकार फिनिक्सले   लियोनार्दो डि क्याप्रियो, एन्टोनियो बान्दरेस, आडम ड्राइभर तथा जोनाथन प्राइसलाई पछि पार्दै अर्वाड जितेका हुन् । यस्तै ओस्कारको सर्वोकृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘जुडी’की अभिनेत्री रेनी जेलवेंगरले प्राप्त गरिन्।  यस अघिका १० […]

ओस्कार २०२०ः कोरियन फिल्म ‘प्यारासाइट’लाई उत्कृष्ट फिल्मको उपाधि

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ओस्कार २०२०ः कोरियन फिल्म ‘प्यारासाइट’लाई उत्कृष्ट फिल्मको उपाधि.

एजेन्सी । यो वर्षको ओस्करमा, कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म बनेको छ । विदेशी भाषाको फिल्म विधामा पनि मनोनय रहेको प्यारासाइटले उक्त विधाको पुरस्कार पनि जितेको थियो । विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट फिल्म विधामा छनोट हुने प्यारासाइट ११ औँ फिल्म हो । तर यस अघिका १० फिल्मले हासिल गर्न नसकेको सफलता हात […]

वर्षाले डढेलो निभायो, बाढीले जनजीवन अस्तव्यस्त

Published: in विश्व समाचार by . Leave a Comment on वर्षाले डढेलो निभायो, बाढीले जनजीवन अस्तव्यस्त.

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो पानी परेपछि डढेलो निभेको छ । ७४ दिनदेखि फैलिरहेको करोवान नामको डढेलो पानी परेपछि निभेको बीबीसीले जनाएको हो । पाँचसय हेक्टरको जङ्गलमा फैलिएको डढेलोमा ३ सय १२ वटा घर जलेर नष्ट भएका थिए । चार दिनमा झण्डै चार सय मिलिमिटर पानी पर्दा आगो निभे पनि बाढीका कारण सिड्नीको […]

जहाजसँग बिहे गर्दैछिन् यी युवती, ६ वर्षदेखि थियो प्रेम

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on जहाजसँग बिहे गर्दैछिन् यी युवती, ६ वर्षदेखि थियो प्रेम.

हामी धेरैलाई हवाइजहाजमा यात्रा गर्न मन पर्दछ । अर्थात् हामीलाई जहाज मन पर्छ । तर त्यो निर्जीव हवाई जहाजसँग कोही मानिसले प्रेम गर्ने र हवाईजहाजसँगै बिहे गर्ने भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन । यही कल्पना बाहिरको कुरा अबचाहिँ यथार्थमा परिणत हुँदैछ । जर्मनीको राजधानी बर्लिनकी एकजना युवतीले हवाईजहाजसँग बिहे गर्दैछिन् । ६ वर्षदेखि […]