Sajhamanch Archive

बाढीमा परेर २० को मृत्यु, कयौँ अस्पतालमा भर्ना

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बाढीमा परेर २० को मृत्यु, कयौँ अस्पतालमा भर्ना.

एजेन्सी । जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् । कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो । त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा […]

मोदीले घुमाउरो पारामा चीनलाई भने विस्तारवादी, चीनले दियो यस्तो जवाफ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on मोदीले घुमाउरो पारामा चीनलाई भने विस्तारवादी, चीनले दियो यस्तो जवाफ.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक जब लेह पुगे त्यहाँ उनले सीमामा तैनाथ सैनिकलाई सम्बोधन गरे । उनले आफ्नो सम्बोधनमा १४ कोरको साहसिक किस्साको चारैतिर तारिफ भएको बताए । उनले भने, ‘संसारले तपाईंहरुको अदम्य साहस देखेको छ । तपाईंको शौर्य गाथा घर–घरमा गुञ्जिरहेको छ । ’ मोदीले नरेन्द्र मोदीले जवानसँग भने, ‘तपाईंको इच्छाशक्ति पहाडजस्तै […]

विश्वमा कोरोना स् संक्रमितको संख्या एक करोड १३ लाख

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा कोरोना स् संक्रमितको संख्या एक करोड १३ लाख.

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ८८ हजार ९ सय कोरोना संक्रमित फेलापरेसँगै संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ४ सय ७८ पुगेको हो । कोरोना विश्वको २१३ देशका फैलिएको छ । वल्डोमिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार […]

अमेरिकासँग वार्ता असान्दर्भिक– उत्तर कोरिया

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकासँग वार्ता असान्दर्भिक– उत्तर कोरिया.

एजेन्सी । उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन् । दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ […]

जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त.

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपति समक्ष शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा काटेक्सलाई नियुक्त गरिएको हो । नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमनको अनुमानहरू गरिएका थिए । राष्ट्रपतिको सत्ताधारी दल द […]

उत्तर कोरिया कोरोना संकट रोक्न सफल भएको किम जोङ उनको दाबी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on उत्तर कोरिया कोरोना संकट रोक्न सफल भएको किम जोङ उनको दाबी.

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ कोरोना संकटमाथि विजय पाउन उनले आफ्नो देशले चम्किलो सफलता हात पारेको दाबी गरेका छन् । पोलिट ब्यूरोको बैठकका बेला किम जोङले उत्तर कोरियाले यो भाइरस फैलन रोकेको र स्थितीलाई स्थिर बनाएर राख्न सफल भएको बताए । संसारभरी कोरोनाभाइरस फैलन सुरु भएलगत्तै ६ महिना अघि नै उत्तर कोरियाले आफ्ना […]

एकै दिन थपिए दुईलाख ८ हजार काेराेना संक्रमित

Published: in विश्व समाचार by . Leave a Comment on एकै दिन थपिए दुईलाख ८ हजार काेराेना संक्रमित.

काठमाण्डौं।  विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९ लाख ७३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८ हजार २ सय ९२ जना कोरोना संक्रमित थपिएसँगै विश्वका २१३ देशमा कोरोना संक्रमितको संख्या १ करोड ९ लाख ७३ हजार पुगेको हो । वल्डाेमिटरकाे तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जनाले […]

भारतको कानपुरमा ८ प्रहरीको हत्या

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on भारतको कानपुरमा ८ प्रहरीको हत्या.

काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् । केही प्रहरीहरु घाइते छन् । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु […]

कोरोनाकै कारण बढ्दै बालविवाह

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on कोरोनाकै कारण बढ्दै बालविवाह.

काठमाडौँ । कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् । लैङ्गिक विभेद अन्त्य गर्न […]

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो.

म्यानमार। म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ । यसअघि सो पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको थियो । तर पछि पहिरो गएको स्थलबाट थप शवहरु निकालिएको छ । सूचना मन्त्रालयले बिहीबार बिहानको […]