इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गरे । इथियोपियाको मेकेलेमा प्रवेश गर्दै सेना टिग्रेसम्म प्रवेश गरी आफनो नियन्त्रणमा लिएको प्रधानमन्त्री अबीकोे भनाइ छ । विगत तीन सातादेपखको संघर्ष अन्त्य गर्न सरकारले विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो । विद्रोही र सरकारी सेनाबीच जारी संघर्षका […]
काठमाडौं । ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच मुक्का हानाहान भएको छ । आपसमा मुक्का प्रहार गर्नुका साथै उनीहरुले सुँगुरको मासुले प्रधानमन्त्रीमाथि प्रहार गरेका छन् । अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयपछि यस्तो घटना भएको हो । राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि र्याक्टोपामिन भएको सुँगुरको मासु आयात गर्ने घोषणा गत अगस्टमै […]
बलिउडमा नायक बबी देओलको करिअर खासै सुखद छैन । उनले अभिनय गरेका चलचित्र र वेव सिरिजले दर्शकको अपेक्षित माया नपाएपछि उनको करिअर नै धरमराएको अवस्था छ । यसैले, उनको करिअर जोगाउनका लागि उनका दाई सन्नी देओलले चलचित्र निर्माण तथा निर्देशन गर्ने तयारी थालेका छन् । भारतीय मिडियाका अनुसार, सन्नीले आफ्ना छोरा करण देओल र भाई […]
एजेन्सी। कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अबको केही समयमै विश्व बजारमा आउने अपेक्षा छ । फाइजर, मोडेर्ना र एक्स्ट्राजेनेकाले आफूले विकास गरेको खोपको अन्तिम चरणको नतिजा सार्वजनिक गरिसकेका छन् । तीनै खोपले आगामी केही सातामा अनुमति पाउन सक्ने अपेक्षा गरिएको छ । अनुमति पाएसँगै खोपहरुको वितरण विश्वभर हुनसक्ने कम्पनीहरुले बताएका छन् । यद्यपि एसियाली मुलुकहरुले […]
अष्ट्रेलियाले अफगान नागरिकको हत्याको आरोप लागेका आफ्ना सैनिकमाथि कारवाहीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ ।गतहप्ता मात्र अफगानिस्तानमा तैनाथ अष्ट्रेलियाको सुरक्षा फौजले गत वर्ष त्यहाँका नागरिकको हत्याका लागि सहयोग गरेको प्रतिवेदन सार्वजनिक भएको थियो । सोही प्रतिवेदनका आधारमा घटनाको बारेमा थप छाननिवका लागि भन्दै अष्ट्रेलियाले आरोप लागेका १० जना सैनिकलाई वर्खास्त गरेर अनुसन्धानका लागि सहयोग […]
भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै निवार तुफान प्रवेश गरेकाले सर्वसाधारणलाई सचेत बनाइएको छ । आँधीबाट प्रभावित यी क्षेत्रका १ हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारतमा हरेक वर्ष आउने तुफानका कारण […]
अफगानिस्तानको बामियान सहरको व्यस्त बजारका दुई छुट्टा छुट्टै स्थानमा बम बिस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बिस्फोटमा परी ५० जना घाइते भएका छन् । सहरको व्यस्त भागमा गराइएको बिस्फोटमा परेर सुरक्षाकर्मी, ट्राफिक प्रहरी र केही सर्वसाधारणकोसमेत मृत्यु भएको स्थानीय प्रहरीहरुले जनाएका छन् । साँझको समयमा अल्पसंख्य समुदायको बाहुल्यता […]
एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् । टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् । एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् । […]
अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५ देखि २०१९ सम्म अफगानिस्तानको गृहयुद्धमा २६ हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको उल्लेख छ । राष्ट्रसंघको मुख्यालयमा भएको एक कार्यक्रममा सहभागी राष्ट्रहरुले अफगान युद्धका कारण प्रभावित बालबालिकाको […]
अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा कोभिड–१९ को खोप पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएका हुन् । डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्याइने योजना सुनाएको बीबीसीले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार देशव्यापी रूपमा कोरोना […]