बेरुतमा बस्ने स्यान्ड्रा अबिनाडार थोरै मात्रै हलचल हुँदा पनि सतर्क हुन्छिन् । एक दिन उनी जार खोलिरहेकी थिइन् अचानक आवाज आयो, उनी डराएर जार छोडेर भागिन् । १८ वर्षकी स्यान्ड्रा हुन् वा २४ वर्षकी लुर्डेस फाखरी, आजकाल यस्तै मानसिक समस्यासँग जुधिरहेका छन् । लुईस त अचानक रुन थाल्छिन् । बेरुतमा लगभग दुई हप्ता अघि बिस्फोट […]
काठमाडौं । अमेरिकामा एक अश्वेत नागरिकमाथि फेरि प्रहरीले गोली हानेका छन् । ज्याकोब ब्लेक नाम गरेका व्यक्तिमाथि उनकै तीन बच्चाको अगाडि प्रहरीले आइतबार ७ राउन्ड गोली चलाएको बीबीसीले जनाएको छ । उनको ढाँडमा गोली लागेको बताइएको छ । यतिबेला अस्पतालमा उपचार भइरहेका उनको अवस्था स्थिर भएको जनाइएको छ । यस घटनाले अमेरिकामा फेरि रंगभेदविरुद्धको आन्दोलन […]
काठमाडौं । हङकङमा एउटै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो संसारकै पहिलो घटना भन्दै बैज्ञानिकहरुले आश्चर्य व्यक्त गरेका छन् । पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका उक्त व्यक्ति ३० वर्षभन्दा बढी उमेरको भएको जनाइएको छ । एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित भएको यस घटनालाई बैज्ञानिकहरुले दुर्लभ भनेका […]
काठमाडौं। विश्वभर कोरोना सक्रमितको संख्या झण्डै दुई करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएच) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख सात सय ४३ पुगेको छ । त्यस्तै, आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख १६ हजार पाँच सय ३५ पुगेको छ भने कोरोना जित्नेको संख्या […]
एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति भएका छन् । तर कोरोनाभाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९ औं दिन […]
एजेन्सी । पेरुमा कोरोनाभाइरसको प्रतिबन्धलाई उल्लङ्घन गर्दै सञ्चालन गरिएको नाइटक्लबमा प्रहरीले छापा मार्दा भएको भागदौडमा किचिएर १३ जनाको मृत्यु भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु भाग्ने क्रममा यो घटना भएको हो । प्रत्यक्षदर्शीहरुले अश्रुग्यास प्रयोग भएको जनाएका छन् । यता, राष्ट्रपति मार्टिन भिजकाराले पक्राउ परेका २३ जनामध्ये १५ जना कोरोनाभाइरस संक्रमित रहेको पाइएको बताए […]
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपोटिजमको मुद्दाको विषयमा सोसल मिडियामा चर्चित फिल्मनिर्माता करन जोहरमाथि कंगना रनौतका साथै थुप्रै सोसल मिडिया प्रयोगकर्ताले प्रश्न उठाए । यस्तै करन जोहरले बहसमाथि कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिमात्रै होइन, उनले दुई महिनासम्म आफूलाई सोसल मिडियामा अलग पारे । अब उनी बिस्तारै सोसल मिडियामा फिर्ता भइरहेका छन् । […]
काठमाण्डौ । भारतको औषधि कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियाले ७३ दिनमा कोरोना भाइरस विरुद्धको खोप आउने खबरको खण्डन गरेको छ । इन्स्टिच्युटले सञ्चारमाध्यममा ७३ दिनभित्र कोरोना विरुद्धको खोप आउने भनिएको खबर झुटो भएको जनाएको हो । उसले सरकारले आफ्नो कम्पनीलाई कोरोना विरुद्धको खोप बनाउन अनुमति दिएको तर अहिलेसम्म बनिनसकेको स्पष्ट पारेको छ । कोरोना विरुद्धको […]
कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिने विधि प्लाज्मा थेरापीले अमेरिकामा पहिलो पटक मान्यता पाएको छ । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडि) ले स्वीकृति दिएसँगै अमेरिकामा प्लाज्मा थेरापीले मान्यता पाएको हो । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका व्यक्तिको रगतको प्लाज्मामार्फत उसको शरीरमा बसेको एन्टीबडीको प्रयोग गरेर संक्रमितको उपचार गरिन्छ । अमेरिकामा अहिलेसम्म ७० हजार भन्दा […]
विराटनगर । विश्वमा संक्रमितमध्ये एक करोड ६० लाख बढीले कोरोना जितेका छन् । हालसम्म दुई करोड ३५ लाख ७८ हजार पाँच सय ८१ संक्रमितमध्ये एक करोड ६० लाख ७१ हजार ६५ जना सफल उपचारपछि कोरोना पराजित गरेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख पाँच हजार चार सय ४१ जना कोरोना भाइरसका […]