समयको घडीमा फेरो मार्दै पुनः स्तनपान सप्ताह आइपुगेको छ । शुभकामना सन्देशहरुले संचार माध्यम भरिभराउ छन् । विभिन्न संघ–संस्था विशेष कार्यक्रममा व्यस्त छन् । यी प्रयास स्वस्थ जीवन बाँच्नका लागि शिशुले जन्मे लगतैदेखि दुई वर्षसम्म आमाको दूध खुवाउन प्रोत्साहन गर्ने अभिप्रायका लागि हुन् । प्रकृतिले हरेक स्तनधारीको दूध आफ्नै बच्चालाई अमृत समान सर्वोत्तम हुने हिसाबले […]
विगत केही समययता नेपाल कम्युनिष्ट पार्टी (नेकपां) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ । विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), इतिहासमै पहिलोपटक हासिल भएको राजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, […]
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा–४ (ख) बमोजिम सर्वसाधारण जनताले आफ्नै गाउँ/नगरपालिका तथा वडाबाट न्यायिक सेवा पाउन थालेको करिब तीन वर्ष भएको छ । दुःख झण्झटमा नपरी सजिलैसँग न्याय पाऊन् भन्ने उद्देश्य लिएर गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकतत्वमा न्यायिक समिति गठन भएका छन् । संघीय, प्रदेश र स्थानीय गरी तीन […]
आजको काँकरभिट्टा शहर बसेको स्थानमा वि.सं. २०२२ सालसम्म घना जङ्गल थियो । छिमेकी देशको हेपाहा र विस्तारवादी प्रवृत्ति बढिरहेको थियो त्यो बेला । त्यसैका कारण नेपालको अन्तर्राष्ट्रिय सीमामा पहाडेमूलका मानिसहरुको बस्ती बसाल्न तत्कालीन राजा श्री ५ महेन्द्रले उपयुक्त देखेका थिए । त्यतिबेला बर्मा भन्ने देश (हालको म्यानमार)–मा आन्तरिक कलह थियो । त्यहाँबाट लखेटिएर नेपालीभाषीहरु भारतको […]
गाउँभरि उपद्रो गरेर सबैलाई दिक्क लगाएका दुई जुम्ल्याहा दाजुभाइलाई केहीगरी तह लगाउन नसकेपछि अन्तिम उपायका रुपमा उनीहरुलाई धर्मसभामा लगियो । त्यहाँका धर्मगुरुहरुले केहीगरी यिनीहलाई सुधारिहाल्छन् कि भन्ने आशा उनीहरुका अभिभावकलाई थियो । धर्मगुरुले केटाहरुको अभिभावकका कुरा सुनिसकेपछि पालैसँग दुवैलाई भित्र लगेर सम्झाउने निधो गरे । पहिला दाजुलाई भित्र लगियो । एकजना धर्मगुरुले केटोलाई आफूभित्र ईश्वरको […]
म अहिले दुबईमा छु । मे महिनाको १८ तारिखमा मेरो यहाँ बस्ने भिसाको म्याद सकियो । भिसा सकिनुभन्दा एक महिना अगाडि नै काम बन्द भयो । कोठामा बस्न थालेको दुई महिना कटिसक्यो ।घर फर्कने योजना बनाएको अहिले सपना जस्तो भएको छ । कोरोना भाइरसको कहरका कारण विश्वका धेरै देशहरुमा भइरहेको लक डाउनले गर्दा प्रवासी नेपालीहरु […]
सहकारी ऐन २०७४ ले व्यवस्था गरेको विशिष्टिकृत सहकारी संघहरु खुल्ने क्रम शुरु भएको छ । न्यूनतम् २५ वटा सहकारी संस्थाहरु मिलेर ठूलो व्यवसाय गर्ने परिकल्पना यहाँ गरिएको छ । देशमा सहकारीको संख्या धेरै भयो तर ठूलो व्यवसाय गर्ने र व्यवसाय विविधिकरणमा जाने कुरा खासै देखिएन । त्यसैले अब सहकारीले ठूलठूला व्यवसाय गर्नुपर्छ । सेवा, उद्योग, […]
म जन्मिँदा मेरा बा धेरै खुशी हुनु भएको थियो रे ! छोरा जन्मिएको खुशीमा ११ छिमेकीहरुबाट तोरीको तेल ल्याई मलाई लगाई दिनुभएको थियो रे ! भगवानको आँखा नपरोस् भनेर बोलाउने नराम्रो नाम मितु राखिदिनु भएको थियो रे ! म पाँच बर्षको हुँदा नर्सिंङ पूजा लगाई दिनुभएको थियो । सामान्य बिरामी पर्दा पनि धामी, साउनिया, सतिलाल र […]
कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै ! भन्नेजस्ता समचार शीर्षकहरु हिजोआज प्रसस्त देखिन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भएदेखि ७५ दिनसमम्म अवधिमा नेपालमा एक हजार २२७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। जुन दैनिक सरदर १६ […]
द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यतिबेला द्रोणाचार्य क्षत्री हुनुहुन्न । उहाँ बित्नु भएको पनि २६ वर्ष पूरा भएको छ । समय बित्न बेर लाग्दैन । हिजो जस्तो लाग्छ, मैले २०५० सालको जेठ अन्तिममा अलइण्डिया मेडिकल इन्स्टिच्युट दिल्लीमा उहाँलाई छाडेर झापा आएको थिएँ । क्यान्सरसँग जुधिरहेको […]