Sajhamanch Archive

बिर्तामोड खानेपानीको महशुल अब घर बसेरै तिर्न सकिने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड खानेपानीको महशुल अब घर बसेरै तिर्न सकिने.

बिर्तामोड । यहाँस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आज आइतबारदेखि डिजिटल बिल भुक्तानीको सुरुवात गरेको छ । कोभिड–१९ संक्रमणको सन्त्रासले नगदको कारोबार गर्नसमेत असहज हुँदै गर्दा संस्थाले डिजिटल भुक्तानीको प्रबन्ध मिलाएको हो । संस्थाका सचिव मेघराज बाँस्तोलले दिएको जानकारी अनुसार आज वैशाख १४ गतेबाट बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता संस्थाका सदस्यहरुले घरमा […]

ढुवानी रकम जोडेर पेट्रोलियम पदार्थ बिक्री गर्न पम्प सञ्चालकहरूको माग

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on ढुवानी रकम जोडेर पेट्रोलियम पदार्थ बिक्री गर्न पम्प सञ्चालकहरूको माग.

झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मेची भन्सार नाका बन्द भएपछी पूर्वका करिव २५ पेट्रोल पम्पहरुले डिजल र पेट्रोलमा प्रतिलिटर १ रूपैंया ०३ पैसा घाटा वेहोरिरहेको पेट्रोल पम्प सञ्चालकहरूले बताएका छन् । शिलगुढी हुँदै आयाल निगमको चारआली डिपोमा आउने पेट्रोलियम पदार्थ यतिबेला नाका बन्द भएपछि अमलेखगञ्ज हुँदै बिराटनगरबाट आउने गरेको छ । जसले […]

मेची उद्योग वाणिजय संघले पहाडी जिल्लालाई ८० हजारका सामान पठायो

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on मेची उद्योग वाणिजय संघले पहाडी जिल्लालाई ८० हजारका सामान पठायो.

धुलाबारी । मेची उद्योग वाणिज्य संघ मेचीनगरले तीनवटा पूर्वी पहाडी जिल्लाका उद्योग वाणिज्य संघलाई सुरक्षा सामग्री पठाएको छ । संघले इलाम, ताप्लेजुङ, पाँचथर उद्योग वाणिज्य संघलाई बिहीबार १०/१० थान पीपी सेट, १०० थान मास्क, १०० थान ग्लोब्स पठाएको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए । साथै संघले आम्दा मेची अस्पताललाई १० थान पीपी सेट प्रदान […]

शिखर साकोसमा रियल टाइम बैंक ट्रान्सफरको सेवा सुरु

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on शिखर साकोसमा रियल टाइम बैंक ट्रान्सफरको सेवा सुरु.

बिर्तामोड । यहाँस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले डिजिटल कारोबारलाई थप प्राथमिकता दिँदै रियल टाइम बैंक ट्रान्सफरको सेवा पनि थालेको छ । सदस्यहरुलाई प्रविधिमा जोडेर संस्थाले मोवाइल बैकिङ, क्युआर कोड प्रणाली, एसएमएस सेवा लगायतका विधिबाट डिजिटल कारोबारको सेवा प्रवाह गर्दै आएको हो । आजको विषम परिस्थितिमा सरकारले डिजिटल कारोबारलाई पनि प्राथमिकता दिएको सन्दर्भमा शिखर […]

नगरबासीको घर घरमा मेची उद्योग बाणिज्य संघको खाद्य वस्तु र हरियो सागसब्जी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नगरबासीको घर घरमा मेची उद्योग बाणिज्य संघको खाद्य वस्तु र हरियो सागसब्जी.

काँकरभिट्टा । नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण उत्पन्न असहज परिस्थितिमा सर्वसाधारणको दैनिकी सहज बनाउन मेची उद्योग बाणिज्य संघ मेचीनगरले हरेक दिन अत्यावश्यक खाद्य वस्तु र हरियो सागसब्जी नगरबासीको घर घरमा पुर्याउन थालेको छ । उपभोक्ताहरुलाई खाद्यन्नको अभाव नहोस् र विचौलियाबाट ठगिनु नपरोस् भन्ने उद्देश्यले लकडाउन शुरु भएदेखि नै सुलभ मूल्यमा छिटो छरितो ढंगले सामग्री […]

कालोबजारी नियन्त्रण गर्न झापामा बजार अनुगमन सुरु

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कालोबजारी नियन्त्रण गर्न झापामा बजार अनुगमन सुरु.

भद्रपुर । जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले सोमबार भद्रपुरका चारवटा किराना पसललाई विभिन्न आरोपमा २५ हजार रुपैयाँ जरिवाना गरेको छ । भद्रपुर वडा नं. ६ र ७ मा रहेका किराना पसलले विल विजक जारी नगरेको, कर पाटी नराखेको, कारोवार स्थलमा खाता नराखेको आरोपमा समितिले सो जरिवाना गरेको जनाएको छ । समितिका संयोजक तथा सहायक […]

बिर्तामोडबासीलाई सामाजिक सुरक्षा भत्ता अब घरघरमै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडबासीलाई सामाजिक सुरक्षा भत्ता अब घरघरमै.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अब केही समयका लागि सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने भएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको बैंक खातामा नगद जम्मा गरि दिएर बैंक मार्फत भुक्तानी लिँदै आएका उनीहरुले अब केही समयसम्म घरमा नै सेवा पाउने भएका हुन् । सरकारले जारी गरेको ‘लकडाउन’ अवधिमा बैंकको सञ्चालन समय थोरै भएकोले सेवाग्राहीहरु […]

नेपालमा कोभिड–१९ सम्बन्धी बीमा सुरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on नेपालमा कोभिड–१९ सम्बन्धी बीमा सुरु.

काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको छ। बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड–१९) रोगसम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिक सुरुवात गरका हुन् । अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट भएपनि संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी […]

घोगा लाग्यो मकै फलेन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on घोगा लाग्यो मकै फलेन.

कमल । झापाको कमल गाउँपालिका वडा नं. ७ का कृषक महेन्द्रप्रसाद दाहालले गरेको मकै बारीमा घोगा लागेपनि दाना लागेको छैन । कृषक दाहालले ४०–४५ हजार रुपैयाँ खर्चेर एक विगाहा ४ कठ्ठा खेतमा मकै खेती लगाएका हुन् । कृषक दाहालले ८२६ जातको मकै विऊ प्रतिकेजी ६५० रुपैयाँका दरले खरिद गरी गत मंसीर १९ गते रोपेको बताउँछन् […]

श्रमिक कर्मचारीहरुको स्वास्थ्य र सुविधाप्रति युनिकमको चासो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रमिक कर्मचारीहरुको स्वास्थ्य र सुविधाप्रति युनिकमको चासो.

झापा । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति गम्भिर बन्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि देशव्यापी लकडाउन भएपछिको असहज परिस्थितिमा संघमा आबद्ध श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति युनिकमले गम्भिर चासो व्यक्त गरेको हो । युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा यो जटिल परिवेशमा आवश्यक […]