मेचीनगर । मेचीनगर नगरपालिकाको बजार अनुगमन टोलीले नगरमा विभिन्न व्यावसाय सञ्चालन गरेका व्यावसायीहरुलाई अखाद्य वस्तु, म्याद गुज्रेका, सडेगलेका खाद्यवस्तु विक्री वितरण नगर्न आग्रह गरेको छ । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएका हुँदा उपभोक्ताले स्वस्थ र स्वच्छ खाद्य वस्तु उपभोग गर्न पाउन् भनेर नगरपालिकाले अनुगमनलाई तीब्रता दिएको जनाइएको छ । चाडपर्वको बहानामा व्यावसायीले […]
अमेरिकी डलरको पहिचान एक विश्वव्यापी मुद्राको रुपमा स्थापित छ । अन्तराष्ट्रिय व्यापारमा डलर र यूरो निकै लोकप्रिय र स्वीकार्य मुद्रा हो । संसारभरका केन्द्रीय बैंकहरुमा रहेको विदेशी मुद्राको भण्डारणमा ६४% अमेरिकी डलरको मात्रै हुन्छ । यस्तोमा डलर आफैँमा एक विश्वव्यापी मुद्रा हो । डलर विश्वव्यापी मुद्रा हुनुमा उसको सामथ्र्य र अमेरिकी अर्थव्यवस्थाको तागतले काम गरेको […]
काठमाडौं । सोमबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केही थपघट भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ र बिक्रिदर ३२ रुपैयाँ ९४ पैसा छ […]
ठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा आजबाट उपलब्ध गराउँदैछ । आज (भदौ २१) देखि २९ गतेसम्म दशैका लागि नयाँ नोट सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरको जनकपुर, बिरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी कार्यालयहरु, नोटकोष रहेका बाणिज्य बैंकहरु, नेपाल बैंक, […]
काठमाडाैं । अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ । बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर शुक्रबार एक रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि […]
काठमाडौँ । सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि चिनीको मूल्य अकासिएको छ । व्यापारीले एक किलो चिनीको ८५ रुपैयाँसम्म लिन थालेका छन् ।मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । अहिले ठाउँअनुसार १५ देखि २० रुपैयाँ महँगो भइसकेको छ । ‘पुरानो स्टक भएकाले प्रतिकिलो ७५ रुपैयाँमा बिक्री गरेका […]
काठमाडौं । नेपाल वायुसेवा निगमले दसैंमा न्यूनतम पाँचथान जहाजबाट आन्तरिक उडान गर्ने घोषणा गरेको छ । आन्तरिक उडान गर्न हाल निमगसँग आठवटा जहाज छन् । निगमले ५८ सिट क्षमताका एक, १९ सिटे दुई र १७ सिटे दुई जहाजबाट दसैंमा उडान गर्ने घोषणा गरेको हो । अर्को एकथान ५८ सिटे जहाज भने दसैंअघि नै सञ्चालनमा ल्याउने […]
बिर्तामोड । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोडले शाखाले पहिलो बीमा दाबी भुक्तानी गरेको छ । सिटीजनका बिमित मोरङ मिक्लाजुङ निवासी हिमाल पौडेललाई बिहीबार उनकै घरमा गएर दूर्घटना बीमा वापतको रकम ७४ हजार २५२ रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख उत्तम कोइराले जानकारी दिए । केही दिनअघि सवारी दूर्घटनामा परी घाइते भएका पौडेललाई उपचार खर्चको लागि बीमा […]
काठमाडौं । हाइड्रो भिलेज प्राइभेट लिमिटेडले निर्माण गर्ने म्याग्दी खोला हाइड्रो पावर परियोजनाबाट उत्पादन गर्ने बिजुली खरिद बिक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसिंह घिसिङ र म्याग्दी खोला हाइड्रो पावरका अध्यक्ष रामेश्वर थापाले हस्ताक्षर गरेका हुन् । म्याग्दी जिल्लामा बन्ने ५७ दशमलव ३ मेगावाटको परियोजना १० […]
शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिन राष्ट्र बैंकको निर्देशन काठमाडौं । नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा दिन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ लागू गरी राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो । राष्ट्र […]