Sajhamanch Archive

दमक नगरपालिकाले सुरु गर्यो, राहतको विकल्पमा रोजगारी कार्यक्रम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on दमक नगरपालिकाले सुरु गर्यो, राहतको विकल्पमा रोजगारी कार्यक्रम.

दमक । लामो समय लकडाउन जारी रहँदा विपन्न वर्गलाई जीवन यापनमा समस्या पर्न थालेपछि झापाको दमक नगरपालिकाले रोजगारी कार्यक्रम ल्याएको छ । नगरपालिकाले राहतका विकल्पमा त्यस्ता वर्गलाई लक्षित गरि एक परिवार, एक रोजगारी कार्यक्रम सुरु गरेको हो । दमक नगरपालिकाको वडा नम्बर ३ मा करिब ६०० परिवारलाई लक्षित गरी उक्त कार्यक्रम सुरु गरिएको वडाध्यक्ष नविन […]

गरामनीमा युवा समूहद्वारा प्रहरीलाई सुरक्षामा सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on गरामनीमा युवा समूहद्वारा प्रहरीलाई सुरक्षामा सहयोग.

बिर्तामोड । नेपालमा कोरोना भाइरस संक्रमित बढ्दै गएपछि विभिन्न क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । स्थानीय सरकारले बिहान ८ बजेदेखि १२ बजेसम्म आवश्यक पसल खोल्न र किनमेल गर्न समय छुट्याइएको बेला गाउँमा स्थानीय युवाले टोली बनाएर गस्ती गर्ने र अन्य ठाउँबाट आएका मानिसलाई सोधपुछ गर्ने कार्य थालेका हुन् । झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनीका युवाले […]

नेपाल–भारत दशगजामा अलपत्र बनेका १२ सय नेपालीलाई मेचीनगरले उद्धार गर्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on नेपाल–भारत दशगजामा अलपत्र बनेका १२ सय नेपालीलाई मेचीनगरले उद्धार गर्ने.

मेचीनगर । विश्वभर नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण एवम् सन्त्रासका कारण आतंकित भइरहेको समयमा भारत सरकारले सम्झौता उल्लंघन गरी १२ सय नेपालीहरुलाई दशगजामा ल्याएर भोकभोकै बनाएको मेचीनगरका प्रमुख बिमल आचार्यले आरोप लगाएका छन् । ‘जो जहाँ छ त्यही देशको क्वारेन्टिनमा राख्ने नेपालसँगको सम्झौता भएको थियो’ शुक्रबार पत्रकार सम्मलेन गर्दै नगरप्रमुख आचायर्यले भनेका छन् […]

विद्यालयले पारिश्रमिक नदिएको भन्दै शिक्षक युनियनले नगरपालिकामा ज्ञापन पत्र बुझायो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on विद्यालयले पारिश्रमिक नदिएको भन्दै शिक्षक युनियनले नगरपालिकामा ज्ञापन पत्र बुझायो.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले शैक्षिक वर्ष २०७६ को पारिश्रमिक भुक्तानी नपाएको भन्दै भद्रपुर नगर प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । बन्दाबन्दीको बाहना बनाएर नगर क्षेत्रमा रहेका अधिकांश संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएपछि भोकमरीमा पर्ने अवस्था आएकोले पारिश्रमिक भुक्तानी दिलाइ दिन ज्ञापनपत्र बुझाएको हो । युनियन नगर […]

स्थानीय तहमा पहिलो चरणको चुनाव भएको तीन वर्ष पूरा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहमा पहिलो चरणको चुनाव भएको तीन वर्ष पूरा.

काठमाण्डौ । नयाँ संविधानको व्यवस्था अनुसार स्थानीय तहमा पहिलो चरणको चुनाव भएको तीन वर्ष पूरा भएको छ । २०७२ सालमा जारी भएको संविधान अनुसार २०७४ साल वैशाख ३१ गते आजकै दिन स्थानिय तहमा चुनाव भएको हो । ७ सय ५३ पालिकामध्ये पहिलो चरणमा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका २ सय ८३ पालिकामा जनप्रतिनिधि […]

रोजिन स्मृति प्रतिष्ठानद्वारा विपन्न परिवारका लागि नगरको कोषमा सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on रोजिन स्मृति प्रतिष्ठानद्वारा विपन्न परिवारका लागि नगरको कोषमा सहयोग.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका व्याङ्गडाँडा स्थित रोजिन स्मृति प्रतिष्ठानले शिवसताक्षी नगरपालिकालको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा खाद्य सामाग्री प्रदान गरेको छ । प्रतिष्ठानले आफ्नो बार्षिक कार्यक्रमको खर्च कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउनले दैनिक रोजगारी गर्ने श्रमिकहरु र विपन्न परिवार प्रभावित भएको भन्दै नगरपालिकाको कोषमा खाद्य सामाग्री प्रदान गरेको हो । प्रतिष्ठानले १८ हजार १ […]

राहतका दाल चामल नपाए पनि अब भोको पेट बस्न नपर्ने ३ नम्बर वडाले दियो उदाहरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on राहतका दाल चामल नपाए पनि अब भोको पेट बस्न नपर्ने ३ नम्बर वडाले दियो उदाहरण.

बिर्तामोड । स्थानीय सरकारले लकडाउनको १५ दिनपछि झण्डै ७ हजार मानिसलाई ४ केजीका दरले चामल बाँडको एक महिना बित्यो । बिर्तामोड नगरपालिकाले उक्त चरणमा झण्डै ६५ लाख रुपैयाँ खर्च भएको जनाएको थियो । नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा विभिन्न सहयोगी दाताहरु समेतबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ । तर दोस्रो चरणको […]

विपक्षीसँग सल्लाह नगरी वडाध्यक्षले काम गरेको कांग्रेसको आरोप

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on विपक्षीसँग सल्लाह नगरी वडाध्यक्षले काम गरेको कांग्रेसको आरोप.

भद्रपुर । भद्रपुर ६ नम्बर वडाध्यक्षले वडा कार्यालयमा सञ्चालन गर्ने कार्य सम्पादन अपारदर्शी भएको भन्दै नेपाली काँग्रेस भद्रपुर ६ नम्बर वडा समितिले ज्ञापनपत्र बुझाएको छ । कोरोना संक्रमणको युद्धमा वडाभित्र रहेका सवै दल, सहयोगी हात र वडाका जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नुपर्ने वडाध्यक्षले बहुमतको बलमा मनोमानी गरेको आरोप लगाउँदै वडा काँग्रेसले कार्यशैली सच्याउन माग राखी […]

गाउँपालिकाद्वारा गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on गाउँपालिकाद्वारा गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई सहयोग.

कमल । कमल गाउँपालिकाले श्री सिद्धेश्वर गुरुकुल शिक्षा मन्दिरमा अध्ययनरत वटुकलाई खाद्य साम्राग्री प्रदान गरेको छ  । गुरुकुलमा अध्यायनरत बटुकलाई लकडाउनका समयमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुमा खानका लागि समस्या नहोस भनेर खाद्य सामाग्री प्रदान गरिएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । गुरुकुलमा अहिले १८ जना बटुक अध्ययनरत रहेका छन् । झापा, ईलाम , पाँचथर, […]

कमल गाउँपालिकाद्वारा कोरोना कोषको हिसाब सार्वजनिक

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाद्वारा कोरोना कोषको हिसाब सार्वजनिक.

कमल । झापाको कमल गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोषको हिसाब सार्वजनिक गरेको छ । पालिकाले विभिन्न संघ संस्था वा व्यक्तिबाट राहत कोषमा ४५ लाख ८६ हजार ८ सय ६ रुपैयाँ संकलन भएको जनाएको छ भने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ३६ लाख ७६ हजार, ८९ रुपैयाँ ५० पैसा खर्च भएको हिसाब सार्वजनिक […]