भद्रपुर । झापाको सबैभन्दा जेठो नगरपालिका भद्रपुर नगरपालिकाले तेस्रो नगरसभा सम्पन्न गरेको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि झापाका १५ वटै स्थानीय तहमध्ये सबैभन्दा पहिले नगरसभा सम्पन्न गर्ने कार्यलाई भद्रपुर नगरपालिकाले निरन्तरता दिएको हो । भद्रपुरले पहिलो र दोस्रो नगरसभा पनि अरु स्थानीय तहभन्दा अगाडि नै सम्पन्न गरेको थियो । यो नगरसभालाई चालु आर्थिक वर्षको पहिलो […]
बिर्तामोड । पत्रकारद्वय तीर्थ सिग्देल र सन्तोष आचार्यले संकलन, लेखन तथा सम्पादन गरेको समृद्धि किताबको आज विमोचन गरिएको छ । आज अपरान्ह बिर्तामोडमा आयोजित ‘झापाको विकास बहस २०७५’ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुस्तकको विमोचन गरिदिएका हुन् । समृद्धि किताबमा झापाका केही स्थानीय तहले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका र इलाम जिल्लाको माई नगरपालिकाको संगममा पर्ने पर्यटकीय क्षेत्र दोमुखाको पर्यटकीय क्षेत्र विकासका लागि दुवै नगरको अनुमतिमा संयुक्त राज्य अमेरिकामा रहेको सांग्रिला आइएनसीले विदेशी लगानी भित्राउने भएको छ । पूर्वका पर्यटकीय क्षेत्रहरु मध्ये सम्भावना रहेको झापा र इलामको सीमानामा पर्ने दोमुखा पर्यटकीय क्षेत्र निर्माणको पर्खाइमा रहेको छ । पहाड र […]
कमल । झापाको कमल गाउँपालिकाले आज गाउँपालिकामा बसोबास गर्ने अपाङ्गहरुलाई अपाङ्गता भएको परिचय पत्र वितरण गर्ने कार्य सुरु गरेको छ । वडा नम्बर २ बाट आज सुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमलाई गाउँपालिकाले घुम्ती शिविर मार्फत माघ २५ गतेसम्ममा पूरा गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले सबै वडा कार्यालयबाट क्रमशः परिचय […]
दमक । आगामी माघ १७ गतेदेखि दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता बढाइएको छ । प्रधानमन्त्री ओली आउने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्रसमेत परिचालित भएको जनाइएको छ । बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भएपछि यसप्रति सुरक्षा निकायले पनि चासो देखाएको हो […]
अर्जुनधारा । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले विभिन्न ६ सूत्रीय माग राख्दै झापाका दुई स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टेकबहादुर खजुम तथा महासचिव चन्द्रप्रसाद गिरी नेतृत्वको टोलीले बिर्तामोड र अर्जुनधारा नगरपालिकाका प्रमुखलाई विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीले व्यवसाय सञ्चालनमा सहज बनाउन माग गर्दै व्यवसायीले स्थानीय तहबाट […]
बिर्तामोड । खुल्ला सभा र कार्यक्रमहरुमा प्रदान गरिने ब्याच, खादाको प्रयोग घटाउन र मितव्ययी बन्न आग्रह गर्दा आफूबाट गलत शब्द उच्चारण भएकोमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले दुखित बनेको जनाएका छन् । आज विज्ञप्ती प्रकाशन गरी नगरप्रमुख शिवाकोटीले पुष १५ गते बिर्तामोड १० स्थित धर्मचक्र गुम्वामा आयोजित ल्होसार पर्वमा बोलेका कुराले कसैप्रति अपमान गर्ने मनसाय […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहका सरकारको अभ्यास गरिरहेकाले द्विविधाका कारण ढिलाई भएको विकास निर्माणका कामले अब तीब्रता लिने दाबी गरेका छन् । झापाबाट प्रधानमन्त्रीसँग भेट गर्न बालुबाटार अएका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु तथा स्थानीय तहका जनप्रतिनिधी एवम् प्रमुख प्रशासकीय अधिकृतहरुसँगको भेटमा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन […]
गौरादह । झापाको गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहले आफुहरु सदैब जनताप्रति उत्तरदायी भएर काम गर्ने बताएका छन् । गरपालिकाको सेवा प्रवाहलाई सहज र चुस्त बनाउन माग गर्दै बुझाइएको ज्ञापन पत्र बुझ्ने क्रममा नगर प्रमुख शाहले नागरिकको खबरदारीले नै आफुहरुलाई पनि काम गर्दा उत्प्रेरणा मिल्ने बताए । उनले नगरका जनप्रतिनिधिहरु गौरादहबासीप्रति उत्तरदायी रहेकोमा विश्वस्त हुन […]
मेचीनगर । बिहीबार साँझ मेचीनगरको काँकरभिट्टामा भएको आगलागीको घटनाप्रति मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । शुक्रबार नगरपालिका कार्यालयको कार्यकक्षमा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले दुःख व्यक्त गदैं अग्नि पीडित परिवारलाई तत्काल नगद १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । नगरप्रमुख विमल आचार्यले दिएको जानकारीअनुसार बैठकले विभिन्न संघ–संस्थालाई पीडितलाई राहत सामग्री […]