विर्तामोड । झापाका जनप्रतिनिधिले चर्चा भएजस्तो कर बृद्धि नगरेको स्पष्ट पारेका छन् । जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर बृद्धि नगरेको दावी गरेका छन् । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको स्थानीय तहमा कर विषयक अन्तरक्रियामा बोल्दै शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले करका बारेमा अनावश्यक भ्रम फैलाइएको बताए । […]
दूधे । झापाको शिवसताक्षी नगरपालिकाले आ.व. २०७४। ०७५ मा साना ठूला गरी ४ सय ९५ ओटा योजना सम्पन्न गरेको जनाएको छ । नगरपालिकाद्धारा संचालित योजनाहरुमा रु १७ करोड ६४ लाख ५९ हजार ५ सय २९ बराबरको खर्च भएको नगरको तथ्याङ्कमा उल्लेख छ । संम्पन्न भएका योजनावाट विषयगत आधारमा भौतिक पूर्वाधारतर्फ २ सय ७६ वटा योजनाहरु […]
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्यले २१ औँ शताव्दी विज्ञान र प्रविधिको युग भएकाले हरेक मानिस प्रविधिमैत्री बन्न जरुरी रहेको औल्याएका छन् । शुक्रबारदेखि नगरको ४ नम्बर वडाले शुरु गरेको निःशुल्क कम्प्युटर शिक्षा र नवनिर्मित वडा कार्यालयको भवन समुदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त आवश्यकता औल्याएका हुन् । प्रत्येक मानिस सवैकुरामा जसरी […]
कारण कोः जनप्रतिनिधि कि नगरपालिकाका कर्मचारी मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधिहरुले कमाण्ड सम्हालेको एक वर्षको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भएको छ । मुलुकका ७७ वटा जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये सबैभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने सम्भवतः मेचीनगर नै रहेको अहिले चर्चा छ । स्थानीय तहको निर्वाचन हुनुअघि २०७२ साल […]
कनकाई । न्यून पारिश्रमिक लिएर काम गर्दै आएका बाल विकासका शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई सरकारवाट अन्याय भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् र बाल शिक्षक संघर्ष समिति कनकाईले वुधबार स्थानीय सरकारको कार्यालय, कनकाई नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । एउटै समयमा एकैसाथ विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहरु वीचको सेवा सुविधामा फरक भएको भन्दै स्थानीय सरकारका […]
मेचीनगर । स्थानीय तहमा बृद्धि भएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नम्बर १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरुले मेचीनगरको मुख्यद्वारमा दुईघण्टा धर्ना दिनुका साथै नारावाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले अवैज्ञानिकरुपमा नगरबासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर बृद्धि तत्काल […]
गोविन्दप्रसाद पौडेल, कनकाई नगरपालिका वडा नं ४ का अध्यक्ष हुन् । अघिल्लो वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई १३७ मतले पछि पार्दै उनी विजयी भएका हुन् । तत्कालीन नेकपा एमालेबाट विजयी भएका वडाध्यक्ष पौडेललाई एक वर्षको कार्यअनुभवसहित बाँकी चार वर्षका लागि बनाएका योजनाहरुबारे साझामञ्चका लागि ज्ञानु घिमिरेले कुराकानी गरेकी छन् । […]
दूधे । झापाको शिबसताक्षी नगरपालिकामा क्षयरोगीको संख्या बढ्दै गइरहेको शिबसताक्षीमा आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापा र क्षयरोग–कुष्ठरोग शाखाको आयोजनामा स्थानीय जनप्रतिनिधिहरुसंग क्षयरोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम दिन प्रतिदिन क्षयरोगी संख्यामा बृद्धि भइरहेको जानकारी गराइएको हो । नगरपालिकाको ११ वडाका वडाध्यक्षहरु, पाँचगाछी, धरमपुर, शिबगञ्ज र सतासीधाम स्थित स्वास्थ्य चौकीका […]
मेचीनगर । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४‐ख) मा गाउँपालिकाका उपाध्यक्ष वा नगरपालिकाका उपप्रमुखको आठवटा काम, कर्तव्य र अधिकार उल्लेख छ । सोही व्यवस्था अनुसार पुस २६ देखि २७ गते सम्म सम्पन्न मेचीनगर नगरसभाले कानुनले व्यवस्था गरे अनुसार न्यायिक समिति गठन गर्यो । तर, इजलास व्यवस्थापन नहुँदा विवादको सुनुवाइमा समस्या […]
भद्रपुर । जिल्ला समन्वय समिति झापाका पदाधिकारी, सदस्य र कर्मचारीहरुका लागि व्यक्तिगत एवम् संस्थागत रुपान्तरण सम्बन्धी तालिम कार्यशाला शनिबार सम्पन्न भएको छ । तालिममा व्यक्तिगत र संस्थागत रुपान्तरणका लागि अपनाउनु पर्ने विधिहरुको बारेमा छलफल भएको समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिएका छन् । २३ जनाको सहभागिता रहेको सो तालिम कार्यशालाको सहजीकरण तुलसी निरौलाले गरेका […]