Sajhamanch Archive

गौरादहका सबै घरमा अब टिनको छानोः नगरप्रमुख साहाको प्रतिवद्धता

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on गौरादहका सबै घरमा अब टिनको छानोः नगरप्रमुख साहाको प्रतिवद्धता.

गौरादह । झापाको गौरादह नगरपालिकाले आगामी ४ वर्ष भित्रमा नगर भित्रका फुसको छाना भएका घर विस्थापित गर्ने भएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नगरभित्रका २०० घर परिवारको फुसको छाना हटाएर जस्ता पाता खरिद गर्न बजेट विनियोजन गरेको नगरप्रमुख रोहितकुमार साहाले जानकारी दिएका हुन् । चालू आर्थिक वर्षमा नगरभित्रका विपन्न समुदायका घरमा जस्ता पाता लगाउन […]

भद्रपुरमा सीसी क्यामेरा, नगरसँग बजेट ५ लाख मात्रैः २० लाख चाहिने

Published: in स्थानीय तह by . Leave a Comment on भद्रपुरमा सीसी क्यामेरा, नगरसँग बजेट ५ लाख मात्रैः २० लाख चाहिने.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरको प्रमुख बजार र व्यस्त चोकहरुमा सीसी क्यामेरा जडान गरिने भएको छ । पछिल्लो समयमा भद्रपुरमा मोटरसाइकल लगायतका मूल्यवान बस्तु चोरीका घटना बढ्दै गएकोले सुरक्षाका लागि संवेदनशील ठाउँहरुमा सीसी क्यामेरा जडान गर्न लागिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् । यसका लागि नगरपालिकाले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग […]

मेची नगरपालिकामा एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्न बाध्य

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on मेची नगरपालिकामा एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्न बाध्य.

भद्रपुर । सुन्दा पनि अच्चम लाग्छ! एउटै नगरपालिकाभित्र एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्नुपर्छ? तर यस्तै भइरहेको झापाको मेचीनगर नगरपालिकाभित्र तोकिएको सडक खण्डमा। मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/०७६ मा पूर्वाधार उपभोग सेवा शुल्क असुल्नका लागि ठेक्का लगाएको छ। ठेक्का लागेपछि नगरपालिकाले तोकेको दररेटमा ठेकेदारले सवारी साधनबाट कर रकम असुल्नुपर्ने हुन्छ। तर नगरपालिकाले तोकेको […]

‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत् समृद्धि’ का लागि ४४ करोड ४८ लाख ८५ हजार

Published: in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत् समृद्धि’ का लागि ४४ करोड ४८ लाख ८५ हजार.

हल्दिबारी । हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित वार्षिक बजेट ४४ करोड ४८ लाख ८५ हजार प्रस्तावित गरेको छ । दोश्रो गाउँसभाबाट पारित गरिएको तथा आ.व. २०७४/०७५ मा प्रस्तावित सो बजेट संशोधनसहित आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन गरिएको हो । ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ मूल नारा लिएर एकीकृत गाउँ […]

‘आफ्नो वडालाई पूर्ण विद्युतीकरण गर्नेछु’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘आफ्नो वडालाई पूर्ण विद्युतीकरण गर्नेछु’.

बिस्तारै बिस्तारै सहरीकरण हुँदै गएको झापाको लक्ष्मीपुर चोकबाट उत्तर तथा अर्जुनधारा जलेश्वर धाम दक्षिण क्षेत्रमा फैलिएको अर्जुनधारा वडा नं. ५ धार्मिक तथा सांस्कृतिक हिसाबले अग्रणी वडा हो । पौराणिक कालमा पाँच पाण्डवहरुले खेलेको पाण्डवपुर तथा अर्जुनधाराधामको नजिकै रहेकाले यो वडालाई धार्मिकरुपमा बढी चिनाउँछ । सहरीकरण हुँदै गरेको यो वडामा थुप्रै सम्भावना र उत्तिकै चुनौति एवम् […]

अखिलसँग वार्ता गर्न बिर्तामोड नगरपालिकामा समिति बनाइयो

Published: in स्थानीय तह by . Leave a Comment on अखिलसँग वार्ता गर्न बिर्तामोड नगरपालिकामा समिति बनाइयो.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या सम्बोधनको माग राखी आन्दोलनको तयारी गरिरहेका विद्यार्थी संगठनहरुसँग वार्ता गर्न समिति गठन गरेको छ । अनेरास्ववियू र अखिल क्रान्तिकारी झापाले विभिन्न आठ बुँदे माग राखे आन्दोलनका कार्यक्रम तय गर्दै दुई दिन अघि नगरपालिकामा ज्ञापनपत्र दिएका थिए । नगर शिक्षा समितिको आज मंगलबार बसेको बैठकले नगर शिक्षा […]

अर्जुनधाराको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on अर्जुनधाराको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बार्षिक नीति तथा कार्यक्रम तयार गरेको छ । अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री सहर भन्ने मुल नारालाई अंगिकार गरेर बार्षिक कार्यक्रम शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नगर सभाको बैठकबाट पारित निर्णयहरुलाई नगर प्रमुख हरिकुमार रानाले सार्वजनिक गरेका हुन्। जसमा सवै वडाका नीति कार्यक्रम संलग्न रहेको, […]

‘घोषणापत्र अनुरुप नै काम गरिरहेको छु’

Published: in अन्तर्वार्ता, स्थानीय तह, by . Leave a Comment on ‘घोषणापत्र अनुरुप नै काम गरिरहेको छु’.

अर्जुनधारा नगरपालिका अन्तरगत ७ नम्वर वडा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानमा पर्दछ । पूर्वको पशुपतिनाथका रुपमा चिनिने अर्जुनधारा जलेश्वर धाम यही भूगोलमा परेकोले यो धार्मिक वडा पनि हो । स्थानीय तहको चुनावमा यो वडामा नेपाली कांग्रेस र नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासीहरुको ‘नेक टु नेक’ प्रतिष्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट नवराम ढुङ्गाना (नविन) र […]

‘गरीबसँग दशैं कार्यक्रम यसैवर्ष सुरु गर्दैछौं’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह by . Leave a Comment on ‘गरीबसँग दशैं कार्यक्रम यसैवर्ष सुरु गर्दैछौं’.

झापाको बिर्तामोडस्थित महानन्द चोकबाट उत्तर तथा कप्तानबारीको दक्षिणी भागमा पर्ने अर्जुनभारा नगरपालिकाको ६ नम्बर वडा भौगोलिक रुपमा निकै राम्रो क्षेत्र मानिन्छ । गत स्थानीय चुनावमा सो वडामा अध्यक्ष पदका लागि चारजना उम्मेदवार मैदानमा थिए । नेकपा एमालेबाट लोकनाथ गौतम, नेपाली कांग्रेसबाट रमेशकुमार काफ्ले, माओवादीबाट मेघराज आचार्य र स्वतन्त्र उम्मेदवार हरिश्चन्द्र बाँस्तोला मैदानमा थिए । चार […]

वडाध्यक्ष वस्नेतले गरे नगरपालिकाले दिएकोे मोटरसाइकल फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on वडाध्यक्ष वस्नेतले गरे नगरपालिकाले दिएकोे मोटरसाइकल फिर्ता.

दूधे । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्षले नगरले दिएको सुविधा फिर्ता गरेका छन् । नगरका ११ वटै वडाका अध्यक्षको यातायात सुविधाका लागि प्रदान गरेको यामाहा कम्पनीका १२५ सीसीको मोटरसाइकल वडाध्यक्ष केयरसिंह वस्नेतले फिर्ता गरेका हुन् । वडा कार्यालयमा शनिबार आयोजित एक औपचारीक कार्यक्रमा वडाध्यक्ष वस्नेतले नगरले दिएको सुविधाको मोटरसाइकल फिर्ताको घोषणा गरे […]