मेचीनगर । सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन आग्रह गरेका छन् । आम नागरिककै भूमिकाबाट न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन सकिने उनले बताए । आइतबार तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले स–साना त्रुटिले धेरै नागरिकहरु अन्यायमा परेको जानकारी दिए । गाउँघरमा लिखतका क्रममा भएका […]
कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा र आरएमडिसी लघुवित्त वित्तीय संस्था काठमाडौंको साझेदारीमा विद्यालय सहयोग कार्यक्रम जारी रहेको छ । सोही क्रममा आइतबार झापाको कचनकबल गाउँपालिका वडा नं. ५ पाठामारीमा रहेको जानकी आधारभूत विद्यालयमा पुगेर सहयोग हस्तान्तरण गरिएको छ । संस्थाका सञ्चालक समिति सदस्य गणेश पराजुलीले दिएको जानकारी अनुसार सो विद्यालयलाई […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा चालूआर्थिक वर्ष २०७९/०८० मा ३० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको जनाइएको छ । भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय कामहरुमध्ये प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटबाट यति धेरै सडक कालोपत्रे गरेको पाइएको हो । २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले भौतिक पूर्वाधारका क्षेत्रमा यस्तो उल्लेखनीय काम गरेका […]
बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तरगत सञ्चालित नगर अस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रबारदेखि अस्पतालले बालरोग विशेषज्ञ सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म बालरोगका विशेषज्ञबाट सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाभित्रका भवन निर्माणकर्मी (डकर्मी)–हरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको छ । नगरभित्रका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि पूर्ण दक्ष बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले डिलाइट इञ्जिनियरिङ कन्सल्टेन्सी भद्रपुरको प्राविधिक सहयोगमा तालिम प्रदान गरेको हो । तीन दिवसीय सो तालिमको एक समारोहका बीच मंगलबार भद्रपुर नगरपालिका […]
अर्जुनधारा । झापाको अर्जुनधारामा तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशाला सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला सुरु भएको हो । अर्जुनधारास्थित पितृमोक्ष भवनमा आयोजित लेखनसीप कार्यशालामा नगर क्षेत्रका ४० जनाभन्दा बढीको सहभागिता रहेको छ । वडा कार्यालयहरुको सिफारिसमा सहभागीहरुलाई न्यायिक समिति सम्बन्धी लेखनसीप प्रदान गरिने अर्जुनधारा नगरपालिकाले जनाएको छ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ ले सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आ.व.को विकास आयोजनाहरुको प्रगति सार्वजनिक, वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको हो । सार्वजनिक सुनुवाईमा वडाबासीहरुले शिवसताक्षी नगरपालिका वडा नं. २ मा अघिल्लो कार्यकालको भन्दा विकासका काममा केही प्रगति भएको बताएका छन् । उनीहरुले उपभोक्ता समिति र […]
काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामा हस्तक्षेप गरेको छ। महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। ‘नतिजा नै नआइकन […]