Sajhamanch Archive

निरंकुशता लाद्न खोज्यो : डा. केसी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on निरंकुशता लाद्न खोज्यो : डा. केसी.

जुम्ला ।  चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारले विगतका सम्झौता तोडेर निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । लामो संघर्ष र सत्याग्रहपछि अघिल्लो सरकारले स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउन सम्झौता गरे पनि त्यसलाई लत्याएर वर्तमान सरकार अघि बढ्न खोजेको उनको भनाइ छ । उनले सरकारले निजी क्षेत्रलाई मेडिकल कलेज खोल्न दिने गरी विधेयक ल्याएर मेडिकल […]

कांग्रेसमा अब गुट रहदैन : देउवा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसमा अब गुट रहदैन : देउवा.

रामेछाप। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रहेका सबै गुटको अन्त्यका लागि अभियान थालेको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले शनिबार बिहान मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा देउवाले भने, ‘अब कुनै गुट रहदैन, त्यसैका लागि म दौडिरहेको छु । ’ सभापति देउवाले मुलुकमा एकदलीय तानाशाहको उदय हुने संकेत आएको भन्दै त्यसका विरुद्ध कांग्रेसले सडक र सदन […]

थाइल्याण्डमा डुंगा दुर्घटनामा ३७ को मृत्यु, १८ बेपत्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on थाइल्याण्डमा डुंगा दुर्घटनामा ३७ को मृत्यु, १८ बेपत्ता.

दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए। दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ। दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये […]

झापामा १६ हजार ८ सय ८ जनालाई सुरक्षित रोजगार परामर्श दिइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on झापामा १६ हजार ८ सय ८ जनालाई सुरक्षित रोजगार परामर्श दिइयो.

भद्रपुर । सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श केन्द्र (समी) परियोजनाले झापामा १६ हजार ८ सय ८ जनालाई सुरक्षित रोजगारका लागि परामर्श सेवा दिएको छ । स्वीस सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले आर्थिक वर्ष २०७२÷०७३ बाट सुरू गरेको यस परियोजनाले ३ वर्षे अवधिमा सो परामर्श सेवा प्रदान गरेको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ […]

शहिद धर्मभक्तमा छात्रबृत्ति वितरण

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on शहिद धर्मभक्तमा छात्रबृत्ति वितरण.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले आज एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले भगवता न्यौपाने स्मृती तथा तेज बहादुर खपाङ्ग स्मृति छात्रवृत्ति र वार्षिक रुपमा विद्यालयले गर्दै आएको शैक्षिक छात्रवृत्ति समेत वितरण गरेका विद्यालयले जनाएको छ । भगवता न्यौपाने स्मृति छात्रवृतिबाट कक्षा १२ मा अध्ययनरत […]

मजदुर बोकेको टिपर दुर्घटना : १५ जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मजदुर बोकेको टिपर दुर्घटना : १५ जनाको ज्यान गयो.

मुस्ताङ ।  मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको  छ  । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिपर दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए  । दुर्घटनामा परि १५, १६ […]

गुफाभित्र फसेका बालकको उद्धारमा खटिएका गोताखोरको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on गुफाभित्र फसेका बालकको उद्धारमा खटिएका गोताखोरको मृत्यु.

बैंकक । थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एक गोताखोरको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ती बालक र उनका प्रशिक्षकलाई गुफाभित्र अत्यावश्यक सामान पु¥याएर फर्कदैगर्दा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । थाइल्याण्डको नौसेनामा काम गरिहँदा जागिर छोडेका उनी गुफाभित्र फसेका बालकको उद्धारका लागि खटिएका […]

२२ वर्ष पुरानो मुद्दाका ७ अाराेपीलाई जापानमा फाँसी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on २२ वर्ष पुरानो मुद्दाका ७ अाराेपीलाई जापानमा फाँसी.

स्नायुमा असर गर्ने ग्यास हमला सम्बन्धी २२ वर्ष पुरानो मुद्दामा संगलग्न रहेका ७ जनालाई जापानमा फाँसी दिईएको छ। सन् १९९५ काे मार्च २० मा भएकाे सो हमलामा १३ जनाको मृत्यु हुनुका साथै हजारौं घाईते भएका थिए । घटनामा संलग्न मध्ये १३ जनालाई मृत्युदण्ड र ६ जनालाई जन्म कैदको सजाय सुनाईएको थियो। एक धार्मिक विद्रोही समुहका […]

पेरिसडाँडाको जग्गा बेच्न खोज्दा….

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पेरिसडाँडाको जग्गा बेच्न खोज्दा…..

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको जग्गा बिक्री गर्ने विषयमा सिर्जना भएको विवाद उत्कर्षमा पुगेको छ। मजदुर शहीद स्मृती उपभोक्ता सहकरी संस्था लिमिटेडले २०६८ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको ५ करोड २१ लाख ऋण समयमै भुक्तानी नगर्दा केन्द्रीयकार्यालयसँगै रहेको जग्गा बेच्ने विषयमा सुरु भएको विवाद पाटी अध्यक्ष प्रचण्डसम्म पुगेको […]

पाँच एआइजीको संयुक्त राजीनामा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पाँच एआइजीको संयुक्त राजीनामा.

काठमाडौं । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका निर्णय बदर हुने भएपछि सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले संयुक्त राजीनामा दिएका छन्। निर्णय खारेज हुने सम्भावना बढेपछि बिहीबार सशस्त्रका फाजिल एआइजीहरू क्रमशस् जानकीराम भट्टराई, निराक्रमबिक्रम शाह, सुबोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले संयुक्त राजीनामा दिएका हुन्। उनीहरूले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसमक्ष राजीनामा पत्र बुझाएका […]