Sajhamanch Archive

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने.

काठमाडौं । सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए । उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने जानकारी दिएका छन् । १२ सय मेगावाट क्षमताको यो आयोजना विगतमा […]

मालपोत अधिकृतसहित १० जनालाई जेल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मालपोत अधिकृतसहित १० जनालाई जेल.

काठमाडौं । विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको हो । विशेषका न्यायाधीशहरु द्धारिकामान जोशी, रत्नबहादुर […]

प्रदेश २ सरकारसँग नेपाल प्रहरी सशंकित

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश २ सरकारसँग नेपाल प्रहरी सशंकित.

काठमाडौं । प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ। नेपाल प्रहरीको संरचना मुलुकको संघीय संरचनाअनुसार बनिरहेको र संघीय प्रहरी ऐनसमेत तयार हुँदै गरेको अवस्थामा प्रदेश २ ले हतारमा संविधानसँग बाझिने गरी प्रहरी ऐन ल्याउन लागेको भन्दै नेपाल प्रहरीले आपत्ति जनाएको हो। प्रहरी […]

संसदले दाताको सहयोग नलिने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on संसदले दाताको सहयोग नलिने.

काठमाडौं । संसद सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक लेनदेन नगर्ने भएको छ । सांसदलाई तालिम दिन संयुक्त विकास कार्यक्रम (यूएनडीपी) को सहयोग लिएकोमा विरोध भए पछि संसद सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको हो । सभामुख कृष्णबहादुर महराले संसदलाई आवश्यक बजेट व्यवस्था गर्नुपर्ने सरकारको दायित्व भएको बताए ।आजको कान्तिपुरमा समाचार छ ।  

इन्डोनेसियामा फेरि दुर्घटनामा परी १२ को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on इन्डोनेसियामा फेरि दुर्घटनामा परी १२ को मृत्यु.

जार्काता । इन्डोनेसियासँग जोडिएको सामुन्द्रिक क्षेत्रमा मंगलबार भएको फेरि दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा परेका अरू १२५ जनालाई भने उद्धार गरिएको छ। इन्डोनेसियामा दुई हप्ता अगाडि १६० जना बेपत्ता हुनेगरी यस्तै अर्को दुर्घटना भएको थियो। यस्ता दुर्घटना इन्डोनेसियामा बेला बेलामा […]

खोलामा भेटियो महिलाको शव

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on खोलामा भेटियो महिलाको शव.

उदयपुर। बेपत्ता भएकी महिलाको शव खोलामा भेटिएको छ। जिल्लाको त्रियुगा नगरपालिकास्थित काली खोलाले बगाएर सोमबार बेपत्ता भएकी नगरपालिका–७ की ५४ वर्षकी नरमाया बुर्जामगरको शव मंगलबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो। जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार खोलाले बगाई बेपत्ता भएकी नरमायालाई सोमबार दिउँसो खेतबाट घरतर्फ फर्कने क्रममा खोलाले बगाएर बेपत्ता […]

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, आज पूर्वी र मध्य तराईमा ठूलो वर्षा हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, आज पूर्वी र मध्य तराईमा ठूलो वर्षा हुने.

काठमाडौँ । बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १४ पुगेको छ । सर्लाहीमा बाढीले बगाएर थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो । हरिवन नगरपालिकाको लखनदेही खोलाको बाढीले बगाउँदा ४० वर्षीय धनबहादुर लोप्चन र टेकबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । लखनदेही खोलामा आएको बाढीले बगाउँदा बरहथवा नगरपालिका १६ का ६५ […]

कैलालीका २ सय ५० घर डुबानमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कैलालीका २ सय ५० घर डुबानमा.

कैलाली । लगातार ३ दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा भजनी नगरपालिकामा बाढीले २५० घर डुबानमा परेका छन् । नदीको पानी गाउँमा पस्दा २५० घर डुबानमा परेको हो । भजनी नगरपालिका भएर बग्ने काँन्द्रा, काँडा र पथरैया नदीको बाढी गाउँमा पसेको छ । भजनी नगरपालिकाको वडा नम्बर ३ को पकरियापुर, वडा नम्बर ५ […]

धरानमा ग्याङ फाइट, एकको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on धरानमा ग्याङ फाइट, एकको मृत्यु.

सुनसरी । सुनसरीको धरानमा सोमबार राति दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। दुई समूहबीच भएको ग्याङ फाइटमा छुरा प्रहारबाट धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनीहरुबीच धरान–१३ स्थित फुस्रेमा ग्याङ फाइट भएको थियो। सोही क्रममा मृतक राईको पेटमा छुरी प्रहार भएको […]

सुनसरीमा भारतीय पिकअप दुर्घटना ६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सुनसरीमा भारतीय पिकअप दुर्घटना ६ जनाको मृत्यु.

सुनसरी । सुनसरीमा भारतीय नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। गएराति पूर्वबाट पश्चिम जाँदै गरेको बीआर ०६ पी बी ६४१८ नम्बरको भ्यान सप्तकोशी कटान क्षेत्रमा दुर्घटना भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए। पिकअफ भ्यान अनियन्त्रित भई कोशी कटान क्षेत्रको भंगालोमा दुर्घटना हुँदा भारत […]