विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८५ पुगेको छ । मंगलबार नौ संक्रमित थपिएका छन् । सातजना कोरोना निको भएर डिस्चार्ज भएका छन् । मोरङमा ६, सुनसरीमा दुई र झापामा एकजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा दुई महिला, चार पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र […]
विराटनगर । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश १ मा ४ सय १८ जनाले आत्महत्या गरेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार चैत ११ गतेदेखि असार १७ गतेसम्म प्रदेश १ का १४ जिल्लामा ४ सय १८ जनाले आत्महत्या गरेका हुन् । जसमा २९१ जना पुरुष, १४४ जना महिला, […]
विराटनगर । कोरोना महामारका कारण सिथिल बनेको अर्थतन्त्र पून चलयमान बनाउन बैंकको ब्याजदर घटाउन पूर्वका उद्योगी व्यावसायीले माग गरेका छन । सोमबार संघिय सरकार र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै व्यावसायीले बैंकको ब्याजर अहिलेको रेटबाट ५ प्रतिशत घटाउन आग्रह गरेका हुन । प्रदेश का १ का ३६ उद्योग वाणिज्य संघ र दश वस्तुगत संघको तर्फबाट […]
विराटनगर । प्रदेश १ सरकारले लकडाउनबाट प्रभावित किसानलाई राहत करिब १० करोड रुपैयाँ वितरण गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय राहत कार्यक्रम ल्याएको हो। प्रदेशको १४ जिल्लाका किसानलाई १० करोड ३ लाख ९० हजार रुपैयाँ राहत वितरण गरिने मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिए। मन्त्रालयले तयार पारेको ’कृषि व्यवसाय […]
विराटनगर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणसँगै सुरु भएको लकडाउनले स्रोत संकुचन भएको भन्दै मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट ल्याउनु पूर्व फजुल खर्च घटाउने बताएका थिए। सवारी खरिदमा ठूलो बजेट खर्च हुने भएकाले यो आर्थिक वर्षमा सवारीलाई प्रथमिकतामा नराख्ने, भत्ता, परामर्श खर्च, तालिम, गोष्ठी, इन्धन लगायतका क्षेत्रमा पनि […]
शिवसताक्षी । झापाको झिलझिलेबाट ढुंगेल चोक, शिवगञ्ज जनता बजारसम्म जाने बाटो कालो पत्रे भएको छ । शिवसताक्षी न.पा. ८ झिलझिले बजार सब्जी लाइनबाट सुरु भई ११ं.७ किमी बाटोको पहिलो खण्डमा ११ सय मिटर कालो पत्रे भएको हो । प्रदेश नं. १ प्रदेश मुख्य मन्त्री ग्रामिण सडक परियोजना अन्तर्गत ७६ लाख र शिवसताक्षी नगरपालिकाबाट १५ लाख […]
मोरङ । प्रदेश १ मा असार २१ गतेसम्म ५१ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये भौगोलिक रुपमा झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ । मध्य पहाडका इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरका जिल्लामा ४४ दशमलव ६० प्रतिशत रोपाइँ भएको प्रदेश सरकार भूमि व्यवस्था […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा राज्यकोषबाट गरेको खर्चबारे सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिले यसको प्रक्रियाअघि बढाउन आइतबार कांग्रेस सांसद लोकप्रसाद संग्रौलाको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सदस्यमा नेकपाका सांसद कुलप्रसाद साम्बा, बसन्त बानियाँ र अम्बिका थापा छन् । समितिमा कांगे्रसकी […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको नियमित बजेटबाट […]
विराटनगर । प्रदेश नं. १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा […]