काठमाडौं । सुदूरपश्चिम प्रदेशका २३ र कर्णाली प्रदेशका १७ स्थानीय तह अझै वाणिज्य बैंकबिहीन रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ६५ र कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६२ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । बैंकका अनुसार प्रदेश नं १ का १८ स्थानीय तहमा वाणिज्य बैंंक पुगेका […]
ताप्लेजुङ । पहाडी जिल्ला ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । भौगोलिक रुपले केही विकट मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लामा यातायातको पहुँच सहज भएको हो । सदरमुकाम फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदी हुँदै सडक जोडिएसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको हो । तमोरमा १२ वटा ह्युम पाइप राखेर […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आज सोमबार प्रदेश कमिटीको नाम सार्वजनिक गर्ने भएको छ । एक साताअघि बसेको पार्टी सचिवालय बैठकले प्रदेश कमिटीको नाम टुंग्याएको थियो । तर, अन्तिम रुजु गर्न बाँकी रहेकाले सचिवालयले नाम सार्वजनिक गरेको थिएन । आज नाम सार्वजनिक गर्ने तयारी रहेको पार्टी महासचिव विष्णु पौडेल निकट स्रोतले बाह्रखरीलाई जानकारी […]
बिराटनगर । संघीय सरकारले धमाधम कर्मचारी सरुवा गर्दा प्रदेश नम्बर १ को संसद् सचिवालयको काम कारबाही नराम्ररी प्रभावित बनेको छ । उसै त कर्मचारीको अभाव रहेको सचिवालयमा उच्च तहका कर्मचारी सरुवा हुने क्रम नरोकिँदा सचिवालयका महत्वपूर्ण काम नराम्रोसँग प्रभावित बनेका हुन् । प्रदेश नम्बर १ को संसद सचिवालयमा कर्मचारीको अभाव खड्किएको छ । त्यसमा पनि […]
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही शक्तिहरु नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । बिहीबार संवाद चौतारीले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकारबवीच अधिकारको विवाद सल्काएर संघीयतालाई बदनाम बनाउँदै संघीयतानै असफल बनाउने दाउमा लागेको बताए । कम्युनिष्ट पार्टीलाई दुई तिहाई […]
पोखरा । गण्डकी प्रदेशले चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा चालू र पूँजीगत बजेटमध्ये जम्मा डेढ प्रतिशत मात्रै खर्च गरेको छ । खर्च बजेटमध्ये चालूभन्दा पूँजीगत निकै कम रहेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कूल बजेटमध्ये पहिलो चौमासिकका लागि चालूतर्फ २ अर्ब ४९ करोड २९ लाख ३२ हजार ४४ रुपैयाँ र पूँजीगततर्फ ८९ […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । मंगलवार विहान सम्पन्न मन्त्रिपरिषद वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो । वैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा।पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा।दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था, […]
धनुषा । प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइएको कानून मन्त्रालयले जनाएको छ । बुधबार प्रदेश २ […]
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो मन्त्री सोडारीलाई बर्खास्त गरिएको हो। मन्त्री पदच्यूत भएको विषयमा प्रदेश सरकारको आधिकारिक धारणा भने सर्वजनिक गरेको छैन।केही दिन अघि मात्र मन्त्री सोडारी सवार गाडीले मसुरियामा ठक्कर दिएर एकजना घाइते भएका छन्। यो विषय विवादमा तानिएको थियो। मन्त्री सोडारी यस […]
विराटनगर, कात्तिक १७ । प्रदेश नम्बर–१ को सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत् बजेट कार्यान्वयनको कार्य सुरु गरेको छ । शनिबार मन्त्रालयले विराटनगरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी तीन अर्ब ७१ करोड रुपैयाँको बजेट तथा कार्यक्रम सन्चालनका लागि अख्तियारी हस्तान्तरण गरेको हो । कृषि, पर्यटन, सिँचाइ, सडक र जलविद्युत् क्षेत्रलाई केन्द्रमा राखेर चालू आर्थिक वर्षका […]