Sajhamanch Archive

नेपाल ल्याइने २४ हजार १४८ नागरिकको प्राथमिकता सूची तयार

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल ल्याइने २४ हजार १४८ नागरिकको प्राथमिकता सूची तयार.

काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ । सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश […]

आज अष्ट्रेलिया र भोलि यूएईबाट आउँदैछन् उद्दार गरिएका नेपाली

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज अष्ट्रेलिया र भोलि यूएईबाट आउँदैछन् उद्दार गरिएका नेपाली.

काठमाडौं । विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्दार गर्ने नीति अनुरुप मंगलबार बेलुकी अष्ट्रेलियाबाट नेपाली नागरिक आउँदैछन् । नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरुलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये एउटामा राख्नेछ । होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राख्ने तयारी सेनाले गरे पनि उद्दार गरिने व्यक्तिको […]

नेपाल फर्किने पखाईमा बेलायतका साढे तीन सय नेपाली

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on नेपाल फर्किने पखाईमा बेलायतका साढे तीन सय नेपाली.

लकडाउनका कारण बेलायतमा रोकिएका साढे तीन सय नेपालीलले स्वदेश फर्किन जरुरी भएको भन्दै लण्डनस्थित नेपाली दूतावासमा आफ्नो नाम दर्ता गराएका छन् । विदेशमा रोकिएका नागरिकलाई देश फर्काउने सरकारको नीतिअनुसार दूतावासले विवरण उपलब्ध गराउन आह्वान गरेपछि उनीहरु दूतावासको सम्पर्कमा आएका हुन् । दूतावासले शुक्रबारसम्मको पाँच दिनको समय उपलब्ध गराएर नेपाल फर्किन जरुरी भएका नेपालीलाई आफ्नो विवरणसहित […]

यूएईबाट आएकामध्ये सबैभन्दा बढी प्रदेश १ का

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यूएईबाट आएकामध्ये सबैभन्दा बढी प्रदेश १ का.

काठमाडौं । यूएईबाट शुक्रबार काठमाडौं ल्याइएको १६९ जनामध्ये सबैभन्दा बढी प्रदेश १ का नागरिक छन् । उद्दार र व्यवस्थापनको कार्यमा खटिइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार प्रदेश नं. १ का ४६, २ का २३ र बागमतीका ३७ जनालाई काठमाडौं ल्याइएको छ । गण्डकी प्रदेशका २८, प्रदेश नं. ५ का १८, कर्णालीका ४ र सुदुर […]

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे.

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमास्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले बताए । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर […]

भारतबाट आउने नेपालीलाई पशुपतिनगर नाकाबाट प्रवेश खुकुलो

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतबाट आउने नेपालीलाई पशुपतिनगर नाकाबाट प्रवेश खुकुलो.

इलाम । भारतीबाट स्वदेश फर्किन चाहने नेपालीलाई हिजोदेखि पशुपतिनगर नाकाबाट प्रवेश दिइएको छ । पशुपतिनगरसहित वरपरका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा बस्ने ब्यवस्थासहित उनीहरुलाई प्रवेश दिइएको जनाइएको छ । हिजो आइतवार ७६ जना नेपाली स्वदेश फर्किएका छन् । तिनीहरुमध्ये दोलखाका ६७ जना, तेह्रथुमका ७ जना तथा चितवन र काठमाडौंका १–१ जना छन् । प्रवेश नाकामा ती […]

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु.

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो तथ्यांक शनिबार (२३ मे २०२०) साँझसम्मको हो । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । तथ्यांकअनुसार यो साता युएईमा ९, साउदी अरबमा ५, […]

युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै.

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो । युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ । ‘कोरोनाले युएईको […]

बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुग्यो

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुग्यो.

एजेन्सी । बहराइनमा थप ८६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । योसँगै त्यहाँ सङ्क्रमित नेपालीको संख्या ३३१ पुगेको त्यहाँ रहेको नेपाली दूतवासले जनाएको छ । यसअघि बहराइनमा २४५ जना नेपालीमा कोरानो सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ । बहराइनमा अहिलेसम्म ६ हजार ७ सय ४७ जनाको कोरोना सङ्क्रमण […]

कोरोनाको कारण मंगलबार मात्रै यूएईमा दुई नेपालीको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको कारण मंगलबार मात्रै यूएईमा दुई नेपालीको मृत्यु.

यूएई । यूएईमा कोरोनाको कारण आज मात्रै दुई जना नेपालीको ज्यान गएको छ । यूएईको आबुधाबीमा एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँचीका ३९ वर्षका र यूएईकै अलऐनमा नेपालको ठेगाना नखुलेका अर्का एक युवाको ज्यान गएको हो । कोरोना सङ्क्रमणका कारण लामो समय उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था […]