शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेर वित्तीय कारोबार गर्दै आएको आर्दश बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । शिवसताक्षी नगरपालिका कोरोना भाइरस प्रकोप रोकथाम कोषमा उक्त खाद्य सामाग्री नगरप्रमुख चन्द्रकुमार शेर्मा र उप प्रमुख भोजकुमारी नेपाललाई हस्तान्तर गरिएको हो । विश्वलाई आक्रान्त पार्दै फैलिएको कोरोना भाइरसको जोखिम त्यसबाट उत्पन्न […]
एनएमसीबाट ३४ हजार केजी चामल ll सहारा नेपालबाट ५० लाखको खाद्यान्न ll हाम्रो नेपाल साकोसबाट ५ लाख नौ हजार रुपैयाँ ll झापा । झापाका सहकारी संस्थाहरुले सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार अब्बल तरिकाले सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् । धेरै सहकारी संस्थाहरुले हरेक स्थानीय तहमा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा विपन्न राहत कोषमा नगद प्रदान […]
शिवसताक्षी । कोरोना भाइरसले विपत्ती नित्याएपछि सहकारी संस्थाहरुले स्थानीयतहले स्थापना गरेको कोषमा सहयोग रकम हस्तान्तरण गर्न थालेका छ । शिवसताक्षी नगरपालिकाले कोरोना भाइरस प्रकाप रोकथामका लागि स्थापना गरेको कोषमा नगरभित्र कायक्षेत्र बनाएर कार्यरत सहकारी संस्थाहरुले सहयोग रकम जम्मा गरेका हुन् । शिवसताक्षी नगरपालिका वडा नं. ११ मा दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले […]
दमक । मेची सहकारी संस्था लिमिटेड दमकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण एवम् विपन्नलाई राहत प्रदान गर्न कार्यक्षेत्र भित्रका विभिन्न पालिकाहरुलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । दमकमा मुख्य कार्यालय रहेको संस्थाले दमक नगरपालिकाको कोषमा जम्मा हुनेगरी नगरप्रमुख रोमनाथ ओलीलाई नगद एक लाख रुपैयाँ प्रदान गरेको छ । यसैगरी, उर्लाबारी नगरपालिका र कमल गाँउपालिकाको […]
झापा । नेपालकै उत्कृष्ट मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसले २५औं वर्षमा प्रवेश गरेको अवसरमा आज सदस्य एवम् समाज लक्षित करोडौं रुपैयाँको सहयोग घोषणा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र भएको तथा झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल आज चैत २१ गतेदेखि रजतवर्ष प्रवेश […]
काठमाडौं । आज ६३औं राष्ट्रिय सहकारी दिवस । औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी सहकारीका बारेमा राष्ट्रिय बहस हुनुपर्ने दिन । तर यस वर्षको सहकारी दिवस फरक ढंगले मनाइएको छ । कोरोना भाइरको संक्रमणका कारण विश्वसँगै हाम्रो देश पनि अहिले संकटमा छ । यस्तो अवस्थामा संक्रमणको रोकथामका निम्ति सहकारी दिवस केन्द्रित रह्यो । यसवर्षको राष्ट्रिय सहकारी […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधार स्तम्भको रुपमा स्वीकार गरेको बताएकी छन् । संविधानमा सहकारीलाई संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी तल्लो तहदेखि नै विकास, नियमन, प्रवद्र्धन र प्रशिक्षणका क्रियाकलापहरुलाई अझै सशक्त […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका बेला विपन्न परिवारको खाद्यान्न सहयोगका लागि स्थानीय तहको कोषमा रकम जम्मा गर्ने भएको छ । संस्थाको आज बिहीबार बसेको संचालक समितिको बैठकले कोरोनाको कारण आक्रन्त अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न झापा […]
बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयमा दैनिक ज्यालादारीमा कामगरी जीवन गुजारा गर्ने समुदायको लागि ८ लाख रुपैयाँको राहत सहयोग गर्ने जनाएको छ । जिल्लाका सबै १५ वटै स्थानीय तहसँग समन्वय गरी एकद्वार प्रणाली अन्तर्गत उक्त रकम उपलब्ध गराउने निर्णय भएको कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी दिएका […]
दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाको दमक शाखाले दमक नगरपालिकामा स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा ५० हजार रुपैयाँ मुल्य बराबरका खाद्यान्नका सामाग्रीहरु उपलब्ध गराएको छ । सहकारीको दमक शाखा संयोजक केशब दाहाल सहितको टोली आज नगरपालिकामा पुगेर उक्त सामाग्री हस्तान्तरण गरेको हो । कोरोना संक्रमण […]