काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । पुरस्कार दिने निर्णयसँगै आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह लागेको भन्दै उनले पुरस्कार नलिने घोषणा गरेका हुन् । खेमराज हरिकला समाज कल्याण परिषदले आइतबार यसवर्षको पद्मश्री साधना सम्मान प्रश्रितलाई र सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार दिने घोषणा गरेको […]
यो पानीको थोपाहरुले तिम्रो आँशु पखाल्छ कि पखाल्दैन ? यो चलिरहेको बतासले तिमीलाई कतिको स्पर्श गर्छ ? तिम्रो त्यो कोमल मुटुलाई छुन्छ कि छुदैन ? अहो ! मनभित्र कस्तो अनुभूति कस्तो अलौकिक आनन्द मुसलधारे पानी परिरहेको छ । आज हिजो अस्ति केही दिनदेखि बर्सिरको छ यो झरी यो पानी यो झरीलाई सम्झिने बित्तिकै बिरुवाहरु मौलाए […]
म टक्क उभिएको छु । मान्छेहरू भन्छन्– “उभिनु नै पनि ठूलो कुरा हो ।” मान्छेहरू नै भन्छन्– ”उभिनु नै त केही होइन ।” मलाइ लाग्छ, दुवैका कुरा हुन् पनि, हैनन् पनि । जे होस्, म उभिएर हेर्दै छु । म वरपरका कुरा हेर्दै छु । नजिकका कुरा पनि हेर्दैछु । अतीतका कुरा सम्झँदैछु । भविष्यका […]
बिर्तामोड। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको आज विमोचन गरिदिएका छन् । झापाको बिर्तामोडमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच मन्त्री भूषालले सो पुस्तक विमोचन गरिदिएका हुन् । पुस्तक विमोचन गर्दै मन्त्री भूषालले हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै आजको पिँढीले लेखेको कुराले समयको […]
काठमाण्डौं । समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ । आआफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन् । उनीहरुका कवितामा देशको पछिल्लो […]
बिर्तामोड । पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको विमोचन गरिएको छ । झापाको विर्तामोडमा एक कार्यक्रमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले सिग्देलद्वारा लिखित यात्रा र भोगाईको बुधबार विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै मन्त्री भूषालले हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै उनले भने, “आजको पिँढीले लेखेको कुराले […]
मेचीनगर । संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर शनिबार एक भब्य कार्यक्रमका बिच ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ बिमोचन भएको छ। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सभा सदस्य प्राज्ञ यज्ञराज प्रसाईको प्रमुख आथित्यता तथा अग्रज साहित्यकारहरुको उपस्थितिमा बिमोचन भएको हो। साहित्यकार तथा शिक्षासेवी बिष्णुभक्त आत्रेयद्वारा लेखिएको ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ कृति नेपाली साहित्यको […]
बिर्तामोड । साहित्य चौतारी झापाले बाल प्रतिभा पुरस्कार स्थापना गरेको छ । ३१ औं राष्ट्रिय बाल दिवसको अवसरमा साहित्य चौतारी झापाको आयोजनामा भएको बाल प्रतिभा सम्मान एवम् सांस्कृतिक कार्यक्रममा बाल प्रतिभा पुरस्कार स्थापना गरेको घोषणा गरिएको हो । झापाका साहित्य, कला र संगीतको क्षेत्रमा उदियमान बालबालिकाको अन्तरनीहित प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रत्येक वर्ष राष्ट्रिय बाल […]
मेचीनगर । साहित्य चौतारी बिर्तामोडले आज मेचीनगर ९ मा स्थायी बसोबास रहेका साहित्य साधक तेजराज खतिवडा (तेराख)लाई उनकै निवासमा गएर सम्मान अर्पण गरेको छ । लामो समयदेखि साहित्य सिर्जनामा लागि रहेका तेराखलाई ‘दीर्घ साहित्यसेवी सम्मान’ प्रदान गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीचमा पनि स्वास्थ्य प्रोटोकलको पालना गरी तेराखको निवासमा नै पुगेर सम्मान […]
झापा । नेपाली छन्द कवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित रामप्रसाद ज्ञवाली र देवी नेपालद्वारा दुई वर्ष पहिले स्थापित ‘छन्द–तरङ्ग’ले प्रदान गर्ने ‘छन्द साधना पुरस्कार २०७७’ सिन्धुपाल्चोकका चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय भएको छ । कवि, नेपाली छन्द कविताका अथक साधक, महाकाव्यकार न्यौपानेले नेपाली काव्यको इतिहासमा शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखन […]