Sajhamanch Archive

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती आज मनाइँदै

Published: in साहित्य by . Leave a Comment on युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती आज मनाइँदै.

झापा । युगकवि सिद्धिचरण श्रेष्ठको आज १ सय १० औं जन्मजयन्ती उनको सम्झना गरी मनाइँदै छ । युगकवि श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुङ्गाको ओखलढुङ्गा बजारमा भएको हो । स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् । युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, […]

आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन

Published: (Updated: ) in समाज, साहित्य by . Leave a Comment on आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन.

विर्तामोड । सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन गरिएको छ । सोमबार झापाको विर्तामोडमा एक समारोहका बीच पूर्वमन्त्री अग्निप्रसाद खरेलले पुस्तक विमोचन गरेका हुन् । सामुदायिक वन नीति समिक्षा, सामुदायिक वनद्वारा आदिवासी महिलामा परेको प्रभाव तथा वहिष्करण सम्बन्धी अनुसन्धान समेटेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले पुस्तक प्रकाशन गरेको हो । पूर्वी नेपालको […]

शरीर मन्दिर हो आत्मानै ईश्वर

Published: in साहित्य, by . Leave a Comment on शरीर मन्दिर हो आत्मानै ईश्वर.

शरीर मन्दिर हो आत्मानै ईश्वर शरीर शुद्ध मन पवित्र बनाई सत्कर्म गर्नु पर्दछ चित्त शुद्ध भएँ आत्मा पवित्र हुन्छ जहाँ ईश्वरको निवास हुन्छ कण कणमा नदिमा झरनामा छहरामा पहरामा तिमीलाई नै पाउँछु तिमी भित्रनै हराउँछु शरीर भगवानले दिएको सुन्दर उपहार हो आफ्नै शरीरप्रति अथाह प्रेम गर कृतज्ञ बन आभारी बन तिमी यो संसारमा खेल्न आयौं […]

पुस्तक समीक्षाः बोझे इन्स्पेक्टरमा के छ त्यस्तो खास

Published: in मुख्य समाचार, समाज, साहित्य, by . Leave a Comment on पुस्तक समीक्षाः बोझे इन्स्पेक्टरमा के छ त्यस्तो खास.

त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको पहिलो कृति हो, बोझे इन्स्पेक्टर । शिक्षा क्षेत्रमा लामो समयदेखि सेवारत भट्टराईले जीवनका आरोह अवरोहलाई केलाउने क्रममा केही संस्मरणहरु लेखेर पुस्तक प्रकाशन गरेका हुन् । बोझे इन्स्पेक्टर पुस्तकमा १६ वटा संस्मरणहरु छन् । जसमध्ये ५ वटा राजनैतिक इतिहाससँग सम्बद्ध छन् । अरु ७ वटा शैक्षिक गतिविधिसँग सम्बन्धित छन् । […]

शिवसताक्षीमा बृहत साहित्यिक कार्यक्रम हुने

Published: in समाज, साहित्य by . Leave a Comment on शिवसताक्षीमा बृहत साहित्यिक कार्यक्रम हुने.

शिवसताक्षी । झापाको माइधारमा बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम २०७७ हुने भएको छ । मौलिक साहित्य, कला, संगीत र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ यहि फाल्गुण २२ गते शनिबारका दिन शिवसताक्षी १० को फाल्गुनन्द चौक स्थित कभर्ड हलमा उक्त कार्यक्रम सम्पन्न्न हुने भएको हो । शिवसताक्षी नगरपालिका वडा नं. १० को आर्थिक सहयोग तथा कैलाश […]

कुभिण्डेलीको सातौं कृति भोजपुरमा विमोचित

Published: in विविधा, साहित्य by . Leave a Comment on कुभिण्डेलीको सातौं कृति भोजपुरमा विमोचित.

भद्रपुर । झापा सदरमुकाम भद्रपुरका श्रष्टा भानुभक्त कुभिण्डेलीको सातौं कृतिका रूपमा प्रकाशित राधा समाधि महाकाव्यको विमोचन गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले आयोजना गरेको कार्यक्रममा कुभिण्डेलीद्वारा रचना गरिएको महाकाव्य “राधा समाधि”को लोकार्पण भएको हो । संस्थाका अध्यक्ष सुवास बिभासको अध्यक्षता तथा भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेको प्रमुख आतिथ्यमा कृतिको विमोचन भएको थियो । कार्यक्रममा […]

विवाहपछिको जीवन

Published: (Updated: ) in मुख्य समाचार, साहित्य, by . Leave a Comment on विवाहपछिको जीवन.

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर पथिक हुनुहुन्छ । दाम्पत्य जीवनको यस अवधिमा निजी मामिलाहरूमा उहाँसँग मेरो त्यति धेरै विमर्श हुन पाएको छैन । मसँग त्यति प्रवल निजी इच्छा नभएर पनि हुन सक्छ […]

लुईटेलद्वारा लिखित कृति ‘फल एक स्वाद अनेक’ विमोचन

Published: (Updated: ) in शिक्षा, साहित्य by . Leave a Comment on लुईटेलद्वारा लिखित कृति ‘फल एक स्वाद अनेक’ विमोचन.

मेचीनगर । कवि टिकाराम लुईंटेलको दोस्रो कृति ‘फल एक स्वाद अनेक’ कविता सङ्ग्रहको बिहीबार विमोचन गरिएको छ । मेचीनगर ८ इट्टाभट्टास्थित श्री विष्णु लक्ष्मी मन्दिरमा एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि साहित्यकार पुन्यप्रसाद खरेल,साहित्यकार भगवती ढुङ्गेल, पं शंकर अधिकारी, पं मेघराज भट्टराई लगायतले पुस्तकको  विमोचन गरेका हुन् । गंगाप्रसाद लुईंटेलको सभापतित्वमा भएको कार्यक्रममा पुस्तकको समिक्षा समालोचक […]

डा. द्रोणकुमार पौडेलको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन

Published: in समाज, साहित्य by . Leave a Comment on डा. द्रोणकुमार पौडेलको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन.

भद्रपुर । शिक्षासेवी तथा साहित्यकार डा. द्रोणकुमार पौडेलको स्मृतिमा प्रकाशित ग्रन्थको एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । डा. पौडेलको स्वर्गारोहणको वार्षिक पुण्य तिथिकोको अवसर पारेर पौडेल परिवारले स्मृति ग्रन्थ प्रकाशन गरी बिमोचन गरिएको हो । डा. द्रोणकुमार पौडेल स्मृति ग्रन्थ प्रकाशन समितिकी संरक्षक मिरादेवी पौडेलको अध्यक्षता तथा भाषाविद चुडामणि रेग्मीको प्रमुख आतिथ्यमा पौडेल निवास […]

नित्यानुष्ठान दीपिका ग्रन्थ लोर्कापण

Published: (Updated: ) in शिक्षा, साहित्य by . Leave a Comment on नित्यानुष्ठान दीपिका ग्रन्थ लोर्कापण.

बुद्धशान्ति । अनन्तश्री विभूषितद्वय स्वामी मद्युसूदनाचार्य एवं स्वामी भागवताचार्यका शिष्यद्वारा प्रकाशित ‘नित्यानुष्ठान दीपिका’ ग्रन्थको आज लोर्कापण गरिएको छ । बुद्धशान्तिस्थित श्री ऋषि वाल्मीकि मधुसूदनाश्रममा एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि श्री स्वामी वासुदेवाचार्यले पुस्तकको लोकार्पण गरेका हुन् । ऋषि वाल्मीकि मधुसूदनाश्रमका अध्यक्ष श्री स्वामी राघवेन्द्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ग्रन्थको समिक्षा श्री वैष्णव युवा परिषद्का केन्द्रीय महासचिव […]