मेचीनगर । झापा मेचीनगर ६ काँकरभिट्टाकी २६ वर्षीया निर्मला राईको उपचारका लागि आर्थिक सहयोग गरिदिन स्वर्गीय गंगामाया तथा नरबहादुर वस्नेत क्यान्सर पीडित संस्था बिर्तामोडले आग्रह गरेको छ । छालामा लाग्ने एसएलई रोगबाट थलिएकी निर्मलाको घरमा शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको हो । संस्थाका अध्यक्ष भुपाल बस्नेतले झापाबासीमा सहयोगको […]
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटारबाट सातजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–७ घर भएका २३ वर्षीय आशिष लामा लगायत रहेका छन्। उनीहरु अक्कलबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । जुवाडेको साथबाट नगद ३० हजार ८ सय रुपैयाँ र ५ बुक तास बरामद भएको महानगरीय प्रहरी प्रभाग गोगबुले […]
काठमाडौं । बोक्सीको आरोपमा यातना दिएको अभियोगमा प्रहरीले काठमाडौंको भीमसेनस्थानबाट एक महिलालाई पक्राउ गरेको छ। उनले माता भन्दै झारफुकको काम गर्दै आएकी थिइन्। पक्राउ पर्नेमा आफूलाई माता बताउने कविता श्रेष्ठ रहेकी छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको हो। उनीमाथि प्रहरीले बोक्सी भनेको अभियोगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरेहको छ। पीडित महिलाले […]
काठमाडौँ । पाकिस्तानी सेनाले आफूले पक्राउ गरेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्तमानलाई आज रिहा गर्दैछ । बिहीबार पाकिस्तानी संसदको बैठकमा प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई शुक्रबार भारतलाई सुम्पिने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणा लगत्ते पाकिस्तानी सेनाले पाइलट अभिनन्दनका छोरालाई सम्बोधन गर्दै एक पत्र लेखेको छ । यो पत्र अभिनन्दन, उनकी पत्नी र उनका छोराको पारिवारिक […]
गुल्मी । अपांगताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको एक संस्थलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको आशा अपांग केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेले ४ लाख रुपैयाँ सहयोग गरेको हो । आशा अपांग केन्द्रको कार्यालयमा बिहिवार एक कार्यक्रमका बिच समाजका बिभिन्न प्रतिनिधीले सो रकम हस्तातरण गरेका थिए । गुल्मी जिल्ला समाज […]
काठमाडौं । नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने भएको छ । ०७२ चैतमा नै नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता अध्ययन भएपनि कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन । बिहीबार बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । नेपालबाट गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दूर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर राजकीय सम्मान अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । दुई दिन अघि ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दूर्घटनामा सबैजनाको […]
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक भारतीय कैदीको मृत्यु भएको छ। भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुंगाका ३५ वर्षीय सन्दीप साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रूपमा रहेका उनलाई हिजो बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा साहको मृत्यु […]
मेचीनगर । नेवा समाज समिति मेचीनगरको ३०औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । मेचीनगर ६ स्थित भिमसेन मन्दिर परिसरमा सम्पन्न साधारण सभाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए । साधारणसभा उद्घाटन पछि नगरप्रमुख आचार्यले हरेक जातजाति, वर्ग र समुदायले एकर्काको रितीरिवाज, कला र संस्कृतिको सम्मान गर्दै अघि बढनुपर्ने बताए । कसैले पनि […]
हल्दिबारी । समृद्धिका पालक, हल्दिबारीका बालक अभियान अन्तरगत हल्दिबारी गाउँपालिका वडा नं. १ गोलधापमा आजदेखि बालबालिकाको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सुरु गरिएको छ । सो वडाका ९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी रहेको उज्यालो गोलधाप बालक्लबको आयोजनामा ३ दिने भित्तेपत्रिका तयारी, समाचार लेखन तथा प्रकाशन सम्बन्धी तालिम शुरु भएको हो । बालबालिकाको मनोविज्ञान […]