Sajhamanch Archive

बावुको दशगात्र कर्ममा तीन छोरीहरु, परिवर्तनको सुरुवात आफैंबाट गरौं

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on बावुको दशगात्र कर्ममा तीन छोरीहरु, परिवर्तनको सुरुवात आफैंबाट गरौं.

झापा । नेपालको राजनीतिक परिवर्तनका लागि जीवन आहुती दिने नेत्र घिमिरेको परिवार यतिबेला सांस्कृतिक परिवर्तनका लागि पनि अग्रसर देखिएको छ । शहीद नेत्र घिमिरेका सहोदर भाइ देवी घिमिरेको माघ १० गते ६२ वर्षको उमेरमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा असामयिक निधन भएपछि उनका तीनजना छोरीहरुले यतिबेला कोरो ढिकुरो गरेर दशगात्र कर्म गरिरहेको छन् । साविक गरामनी गाविसका […]

नेकपाका कार्यकर्ता पनि डोलेको घर बनाउन सहयोग लिएर आए

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेकपाका कार्यकर्ता पनि डोलेको घर बनाउन सहयोग लिएर आए.

गरामनी । झापाको बिर्तामोड नगरपालिका वडानम्बर ९ का अपाङ्ग डोलेश्वर राजवंशीको घर निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टीका नेता र व्यावसायीहरुले जस्तापाता सहयोग गरेका छन् । आवास निर्माण समितिका संयोजक प्रकाश बुढाथोकी, सचिव प्रदिप संग्रौला लगायतलाई निर्माण सहयोग स्वरुप तीन बण्डल जस्तापाता हस्तान्तरण गरिएको हो । घर निर्माणास्थलमा पुगेर जस्तापाता र नगद हस्तान्तरण गरेका हुन् । […]

कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित.

कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित भएको छ । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन भाडा प्रकरणविरुद्ध कञ्चनपुरका विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले सुरु गरेको आमहड्तालले जनजीवन निकै प्रभावित भएको हो । आमहड्तालको दोस्रो दिन आज पनि महेन्द्रनगरका अधिकांश व्यवसाय ठप्प भएका छन् । बन्दका कारण व्यापार व्यवसाय, शैक्षिक संस्था, यातायात […]

नहरमा बग्दै आयो १५ वर्षीय किशोरीको शव

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नहरमा बग्दै आयो १५ वर्षीय किशोरीको शव.

राजविराज – सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा एक किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ। उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक भावेश रिमालले […]

देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै.

आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाउने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा […]

प्रधानमन्त्री ओलीले सम्झिए शहीद

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीले सम्झिए शहीद.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको जिकिर गरेका छन् । राणा शासन विरुद्ध वि.सं. १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानीले नेपालको प्राजातान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको भनेका छन् । माघ १६ गते पर्ने […]

प्रधानमन्त्री ओली माघ १७ गते झापामा कहाँ कहाँ पुग्छन् ?

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री ओली माघ १७ गते झापामा कहाँ कहाँ पुग्छन् ?.

दमक । आगामी माघ १७ गतेदेखि दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता बढाइएको छ । प्रधानमन्त्री ओली आउने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्रसमेत परिचालित भएको जनाइएको छ । बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भएपछि यसप्रति सुरक्षा निकायले पनि चासो देखाएको हो […]

‘मानवीय सेवाका आधारमा रोगमुक्त गर्नु नै भद्रपुरका वैद्य राजवंशीको मुख्य आम्दानी !’

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘मानवीय सेवाका आधारमा रोगमुक्त गर्नु नै भद्रपुरका वैद्य राजवंशीको मुख्य आम्दानी !’.

भद्रपुर । दुई दशकदेखि झापा सदरमुकाम चन्द्रगढीमा रहेर जडीबुटी उपचारबाट गरीब र असहायको सेवक बनेका लक्ष्मी राजवंशी गुमनामजस्तै छन् । घरायसी जडीबुटीको प्रयोगबाट दीर्घ रोगलगायत हाड जोर्नीका समस्या निराकरण उपचार सेवा पुर्याउँदै आएका राजवंशीको परिचय खासै खुल्न सकेको छैन । विज्ञापन र तडक भडकका पछाडि उनको सेवा गौण बनेको छ । पैसा नहुनेले उपचार सेवा […]

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक.

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ । यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।

बिर्तामोड महोत्सवमा सहभागिता बढ्दै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड महोत्सवमा सहभागिता बढ्दै.

बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन गर्न आउने उपभोक्ताहरुको संख्या दिनहुँ बढिरहेको छ । शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सवको आज तेस्रो दिन उल्लेखनीय कारोबार भएको जनाइएको छ । २१० वटा स्टल रहेको महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेको संख्या बढ्दो रहेको अध्यक्ष कुमार भट्टराईले बताएका छन् […]