सुरुङ्गा । कनकाई सामुदायिक वन उपभोक्ता समुह वन डढेलो नियन्त्रण, संरक्षण तथा वन व्यवस्थपनमा उत्कृष्ट कार्य गरे वापत जिल्लामै उत्कृष्ट भई प्रथम पुरस्कार सहित सम्मानित भएको छ । डिभिजन वन कार्यालय झापावाट चन्द्रगढीको मुना सामुदायिक भवनमा आयोजित सम्मान तथा राहत वितरण कार्यक्रमका विच कनकाई सामुदायिक वन उपभोक्ता समुहलाई नगद दश हजार सहित सम्मान पत्रका साथ […]
काठमाडौँ । नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान रचेका छन् । विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट सम्म बोल्दै केसीले विहिवार मध्य रात नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । यसअघि यो कीर्तिमान भारतका केपी […]
काँकरभिट्टा । रोटरी र रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको पदस्थापन समारोहमा शिक्षासेवी बुद्धिनाथ पौडेल सम्मानित भएका छन् । काँकरभिट्टामा आयोजित पदस्थापना कार्यक्रममा विगत लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै “रोटरी भोकेसनल” अवार्डले पौडेललाई सम्मानित गरिएको हो । सामाजिक ब्यक्तित्व पौडेललाई पदस्थापन समारोहका प्रमुख अतिथि एजी किशोर पराजुलीले अवार्ड प्रदान गरेका हुन् । […]
काठमाडौं । बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा आज अधिकारकर्मीले कपाल मुण्डन गरेका छन् । संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले सामुहिक कपाल मुण्डन गरेका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका थिए । यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, […]
हत्या, दुर्घटना, रोगको कारण विश्वमा कति मानिस मर्छन् ? यसको मोटामोटी तथ्यांक होलान् । मृत्यु त हरेक क्षण भइरहेकै हुन्छन् । कति काल पुगेर त कति अकालमा । निश्चित उमेर पार गरेपछि हामीले देहत्याग गर्छौं । तर, अब हामीले आफ्नो पुरा आयु पनि बाँच्न पाउँछौं वा पाउँदिनौं भनेर संशय गर्नुपर्ने बेला छ । हामी हत्या, […]
फिदिम । पाँचथर जिल्लामा निर्माणधिन तथा संचालनमा रहेका कुनै पनि जलबिद्युत आयोजनाहरुले स्थानिय सरकारलाई बुझाउनु पर्ने ढुंगा गिटी र बालुवाको लाखौं रुपैया कर अझै सम्म नतिरेको पाइएको छ । जिल्लामा निर्माण सम्पुर्ण निर्माणधिन आयोजनाहरुले पटक पटक तारताकेता गर्दा समेत जिल्ला समन्वय समितिले लगाएको ढुंगा, गिटी तथा बालुवाको कर नतिरेको जिल्ला समन्वय समितिले जनाएको छ । […]
विराटनगर । शनिवार राति झापाको चन्द्रगढीका दिवेश पुरी आमासँग नोबेल अस्पतालको आईसीयू अगाडि कुरुवाको रुपमा सुतिरहेका थिए । नजिकै अर्की महिला पनि थिइन् । उनी सुतेको ठाउँमा आएर शुरूमा एक अपरिचित व्यक्तिले ‘पैसा आवश्यक परे भन्नुहोला’ भन्यो । अनि त्यही नजिकै एउटा कपडा ओछ्याएर त्यो व्यक्ति सुत्यो । त्यो अपरिचितले दिवेशको सुतेको बेलामा छातीमा राखेर […]
काठमाडौँ।सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो । व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जसमेत […]
पाँचथर । फिदिम नगरपालिका ४ को हेवाखोलामा नुहाएर जनै फेर्न गएका एक बालकलाई खोलाले बगाएको छ । हिलिहाङ गाउँपालिका ५ सुभाङ घर भएका राजन उप्रेतीका ८ वर्षका छोरा डेनिस उप्रेती खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । खोलामा नुहाएर जनै फेर्न खोला किनारमा निस्किएका बालक चिप्लिएर पुनः खोलामा पसेपछि वेपत्ता भएको प्रतक्ष्यदर्शीलाई उधृत गर्दै […]
काठमाडौं। “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु पर्ने । विशिष्ट व्यक्तिले सेवा लिन जानु पर्ने । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन्।” “विदेश उपचार गर्न जानुपरे उनीहरुको निजी खर्च होस् । प्रस्तुत विधेयकमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन हुनु आवश्यक छ।” प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षका […]