Sajhamanch Archive

सक्कली श्रीमतीको नाममा अर्कैलाई अमेरिका लान खोज्दा…

Published: in समाज by . Leave a Comment on सक्कली श्रीमतीको नाममा अर्कैलाई अमेरिका लान खोज्दा….

काठमाडौं।  रौतहटको गुजरा नगरपालिका–५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो विवाहको नाटक गरी एक युवतीलाई अमेरिका लैजान लागेको खुलासा भएको छ। रिपोर्टर्स क्लब नेपालमा रामकुमार गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफ्न्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार भएका रामकुमार र मधु साहलाई कारबाही गर्न माग गरेका छन् । रुपरेखाकी फुपू नाता लाग्ने रञ्जु साहले दोस्रो […]

छात्रावास निर्माणमा ढिलाई भएको भन्दै विद्यार्थी आन्दोलनमा

Published: (Updated: ) in समाज by . Leave a Comment on छात्रावास निर्माणमा ढिलाई भएको भन्दै विद्यार्थी आन्दोलनमा.

लमजुङ । छात्रावास निर्माणमा ढिलाई भएको भन्दै लमजुङको सुन्दरबजारस्थित लमजुङ कृषि क्यापसका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । छात्रावास छिटो निर्माण गर्नुपर्ने माग राख्दै क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरूले आन्दोलन सुरु गरेका हुन् । ९ वर्षअघि थालिएको ४२ कोठे छात्रावास निर्माणमा ढिलाई भएकाले आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थीहरुले बताएका छन् । २०६४ सालदेखि निर्माणाधिन छात्रावास हालसम्म पनि […]

फेसबुक बुहारी समूहले ट्युमर भएका चार दिने शिशुलाई आर्थिक सहयोग

Published: in समाज by . Leave a Comment on फेसबुक बुहारी समूहले ट्युमर भएका चार दिने शिशुलाई आर्थिक सहयोग.

झापा । बिबाहित महिलाहरुले संचालन गरेको बुहारी समूह म्यारिड ओमन सर्कल )नामक फेसबुक समूह झापाले चार दिनका एक शिशुलाई उपचारका लागि नगद ४९ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छ । नसामा पलाएको ट्युमरका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शिशुको सफल अप्रेशन भएपनि अस्पतालको शुल्क बुझाउन नसकी छटपटाइरहेका बाबु आमालाई फेसबुकको बुहारी समूहले आर्थिक सहयोग […]

प्रदेश १ को राजधानी गोठगाउँ उपयुक्त, नाम सगरमाथा

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on प्रदेश १ को राजधानी गोठगाउँ उपयुक्त, नाम सगरमाथा.

विर्तामोड । झापाका नागरिकहरुले प्रदेश नं. १ को राजधानी मोरङको गोठगाउँ राख्न उपयुक्त हुने बताएका छन् । विहीबार बिर्तामोडमा भएको छलफलमा सहभागी नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधी, ज्येष्ठ नागरिकहरुले मोरङको गोठगाउँलाई प्रदेशको राजधानी बनाउन उपयुक्त हुने बताएका हुन् । प्रदेशका १४ वटै जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को […]

पानीको अभाव हुँदा धनकुटामा ३० प्रतिशत मात्र रोपार्इ

Published: (Updated: ) in समाज by . Leave a Comment on पानीको अभाव हुँदा धनकुटामा ३० प्रतिशत मात्र रोपार्इ.

साउन । असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिशत मात्र रोपाइ भएको छ । आकाशे पानीको भरमा रोपाइ हुने क्षेत्रमा प्रसस्त पानी नहुँदा कृषकहरु मारमा परेका छन् । सिंचित तथा दुई बाली लाग्ने क्षेत्रमा साउनको पहिलो साताबाट रोपाइ हुने भएकाले असार महिनाको शुरुमा खासै रोपाइ हुन नसकेको जिल्ला कृषि कार्यालय प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिए […]

इलामका नगर तथा गाउँपालिकामा छैन,सार्वजनिक शौचालय

Published: (Updated: ) in समाज by . Leave a Comment on इलामका नगर तथा गाउँपालिकामा छैन,सार्वजनिक शौचालय.

इलाम । खुल्ला दिशा मुक्त घोषणा गरिएको २ वर्ष वितिसक्ता पनि इलामका अधिकांश सरकारी कार्यालयहरुमा शौचालय नहुँदा सेवा ग्राहीले सास्ती व्यहोर्नु परेको छ । धेरैजसो इलामका गाउँपालिका र नगरपालिकाको केन्द्रमा अहिले सार्वजनिक शौचालयको अभाव देखिएको छ । इलामको देउमाई नगरपालिकाको केन्द्र रहेको मंगलबारे बजारमा सार्वजनिक शौचालय छैन । बजार भन्दा केही तल रहेको प्राथमिक स्वास्थ्य […]

थाइल्याण्डको गुफाबाट सकुशल बाहिर निकालिएका सबैजना बौद्ध साधु बन्ने,

Published: (Updated: ) in समाज by . Leave a Comment on थाइल्याण्डको गुफाबाट सकुशल बाहिर निकालिएका सबैजना बौद्ध साधु बन्ने,.

बीबीसी ‘यो एउटा चमत्कार हो…. म निकै भयभित थिएँ… जब मलाई कस्तो छौ भनेर सोधियो तब मैले सोच्नु पर्यो र मैले भनें म ठिक छु । तर म अत्यन्तै भयभित थिएँ । ’ १४ वर्षका अदुल स्याम–अनले मिडियासँग दुई हप्तासम्म बाढी पसेको गुफामा फस्दाको अनुभव साझा गरे । बुधबार बिहान यी बालकहरुले अस्पतालबाट छुट्टी पाए […]

इनाको जीवन रक्षार्थ संगीतकार राईको अपील

Published: in समाज by . Leave a Comment on इनाको जीवन रक्षार्थ संगीतकार राईको अपील.

दमक । दुवै मिर्गौला फेल भएर थलिएकी मिक्लाजुङ ७ पाँचथरकी इना राई (सविता) ले आफ्नो जीवनरक्षाका लागि धन र मन हुने मानव समुदायसँग अपील गरेकी छन् । सोमबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरी राई परिवारले इनाको जीवनरक्षाका लागि सार्वजनिक अपील गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै मिर्गौला पिडीत राइले आफ्ना दुवै मिर्गौला फेल […]

पहिरोमा पुरिएर ३ को मृत्यु, पर्वतमा १५ घर पहिरोको जोखिममा

Published: (Updated: ) in समाज by . Leave a Comment on पहिरोमा पुरिएर ३ को मृत्यु, पर्वतमा १५ घर पहिरोको जोखिममा.

गोरखा । गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले  भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए । रातीदेखि परेको अबिरल […]

ताप्लेजुङमा सडक आतंक, सडक खनेपछि छ परिवारले गाउँ छाडे

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on ताप्लेजुङमा सडक आतंक, सडक खनेपछि छ परिवारले गाउँ छाडे.

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका ७ खेवाङका बस्तीमाथि सडक खनिएपछि स्थानीय दलित परिवार बसाईँ सरेका छन् । बस्ती माथि सडक खनेपछि जमिन भिरालो भएर पहिरोको जोखिम परेको भन्दै स्थानीय छ घर दलित परिवारले गाउँ छोडेका हुन् । तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसेका छन्। जेठ लाग्दै घर छाडेकाहरू अहिले […]