भद्रपुर। झापा भद्रपुर नगरपालिका ५ स्थित मेची किनारका बाढी पीडित सुकुम्बासी वस्तीका वासिन्दा विस्थापित भएका छन्। मेची पुल निर्माण कम्पनी सूर्य एण्ड सन्स जेभीले मेची नदीको तटबन्धन निर्माण कार्यलाई बीचमै अधुरो बनाई छाडिदिएपछि मेची नदीले जमिन कटानका कारण सुकुम्बासी वस्तीका १५ घरपरिवार विस्थापति भएका हुन्। केही दिनदेखिको अविरल वर्षापछि मेची नदीमा पानीको सतह ह्वतै बढेको […]
दमक । यहाँको सरस्वती माद्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुले अमेरिकाको वासिङ्टन स्टेट्स स्कूल फर ब्लाइन्डका शिक्षकहरुसँग अन्तरक्रिया गर्ने अवसर पाएका छन् । रोट्याक्ट क्लब अफ दमकका संस्थापक अध्यक्ष बिरोध सुबेदीले दिएको जानकारी अनुसार अन्तरक्रिया कार्यक्रममा यहाँका विद्यार्थीहरुले अमेरिकामा दृष्टिबिहीन विद्यार्थीहरुले सिक्ने शैलीको बारेमा चासो राखेका थिए । शिक्षिका स्टेफेनी फेस र शिक्षिका पाम पार्करले आफूहरुले […]
काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंका आयोजित र्यालीका सहभागीले सरकार स्वेच्छाचारी हुँदै गएको आरोप लगाएका छन् । चिकित्सक, विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मीलगायतले काठमाडौंको माइतीघर मण्डलाबाट निकालेको र्यालीमा सहभागीले सरकारले नागरिकको आवाज थुन्न खोजेको आरोप लगाउँदै डा.केसीको जीवन रक्षा गर्न नचाहेको आरोपसमेत लगाए । “दुरदराजका गरिब जनताले निशुल्क उपचार पाउनुपर्छ भन्दै समाजबादको […]
स्थानीय सरकारले प्रहरीहरुलाई उपेक्षा गरेको भन्दै झापा एसपीले असन्तुष्टी जनाएका छन् । सहारा नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै एसपी विष्णुबहादुर केसीले स्थानीय तहले प्रहरीप्रति अनुदार व्यवहार देखाएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले शान्ति सुरक्षा जस्तो गहन विषयलाई झापाका स्थानीय तहले प्राथमिकता सुचीमा समेत नराखेकोे बताए । स्थानीय सरकार आइसकेपछि स्थानीय तहले सुरक्षाका निमित्त […]
काठमाडौं । पाकेटमारी, चोरी तथा लागू पदार्थको बिक्री–वितरणमा ‘किशोर’हरु बढी संलग्न हुने गरेको पाइएको छ । प्रहरीले केही दिनको अन्तरालमा राजधानी काठमाडौंबाट चोरी तथा लुटपाटमा संलग्न झण्डै आधा दर्जन किशोर पक्रेपछि यस्तो तथ्य बाहिरिएको हो । महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म अभियान सञ्चालन गरेको थियो । […]
धनगढी। फेसबुक र म्यासेन्जर ‘ह्याक’ गरेर रकम असुल्ने गिरोह सक्रिय हुन थालेको छ। स्थानीय उसु प्रशिक्षक रतन खातीले अाफ्नो फेसबुक ह्याक गरी एक लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड मागेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन्। । ‘मलाई थाहा नै छैन, मेरो फेसबुकबाट कसैले एकहजार दुई हजार र पाँच हजारका रिचार्ज कार्ड माग्दो रहेछ’,खातीले भने, ‘एकजना साथीले रिचार्जको […]
काठमाडौं । वन तथा वातावरण क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले मनोमानी गर्दै आएका छन् । सम्बन्धित मन्त्रालयलाई समेत कुनै जानकारी नदिई आइएनजिओहरूले मानोमानी गरिरहेको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । वन वातावरण क्षेत्रमा काम गरे पनि आइएनजिओले कति बजेट कहाँ खर्च गर्दै छन् भन्ने […]
काठमाडौं । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ। स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीसहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो। ‘ओपी मेगा–३’ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६हजार ६ सय ७८ […]
कमल । कमल गाउँपालिकाको आर्थिक सहयोगमा उद्यमशिल महिला जागरण केन्द्रले आज सामुहिक रुपमा धान रोपाइँ गरेको छ । चक्ला बन्दी भन्दा सामुहिक खेती प्रणालीलाई प्रोत्साहान गर्ने उद्देश्यले सामुहिक रुपमा धान खेती गरिएकोे उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शाान्ता दाहालले बताइन । केन्द्रमा आवद्ध महिलाले सामुहिक रुपमा दश कट्ठा खेतमा धान रोपाइँ गरिएको कारितास नेपालका कृषि […]
सुनसरी । सुनसरी जिल्लालाई मंगलबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । यो नेपालको ५६औं खुल्ला दिसामुक्त जिल्ला हो । एक लाख ४४ हजार ३४७ घरधुरी रहेको सुनसरीमा वि.सं. २०५९ देखि नै खुल्ला दिसामुक्त अभियानको थालनी गरिएको थियो । संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्दै […]